Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेवारहरुले राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 01 December 2010 23:38

काठमाडौं- नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समितिले मङ्सिर १७ र १८ गते राष्ट्रिय राजनीतिक सम्मेलन गर्न लागेको छ ।

समितिद्वारा मंसिर १५ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा देशभर छरिएर रहेका नेवारहरु एकै स्थानमा भेला भएर एकै ठाउँमा बस्न सकिने आधार तयार पार्नकालागि राष्ट्रिय राजनीतिक सम्मेलन गर्न लागेको बताइएको छ ।

नेवार समुदाय विभिन्न पार्टी विभाजित हुँदा आफ्नै समुदायकालागि केहि गर्न नसक्ने भएपछि एकजुट हुन लागेको आयोजकले जनाएको छ । नेवाः राज्यभित्रका नेवारहरु मात्र नभइ अन्य भागहरुमा पनि उनीहरु बस्दै आएकाले सङ्घीय राज्यभित्र सम्पूर्ण नेवारहरुको हक अधिकार संरक्षण गर्न नयाँ संविधानमा राखिने आफ्ना सामूहिक एजेन्डाहरु भेलाले चयन गर्ने भएको छ । समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले नेवारहरु आफ्नो हक अधिकारकालागि एकजुट भएर संविधानमा आफ्ना एजेण्डाहरु तय गर्न गरिने उल्लेख गरे ।

आयोजककाअनुसार सम्मेलनमा ५० जिल्लाका ५०० जना प्रतिनिधिको सहभागिता रहनेछ । बालकुमारी, भक्तपुर ठिमीमा हुन लागेको सम्मेलनले खासगरी राजनीतिक अधिकार सम्बोधन गर्ने समितिका अध्यक्ष हाडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?