Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजाति महासंघको बन्दका कारण नेपाल ठप्प PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 13 May 2011 14:28

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीलगायत मुलकभरको जनजीवन प्रभावित भएको छ ।

राजधानीमा बन्दको प्रतिकारसमेत भएको छ । नयाँ सम्बिधानमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको ग्यारेन्टी माग गर्दै बन्दको आयोजना गरिएपनि बन्द धेरै भएको भन्दै बन्दको अवज्ञा भएको हो । महासंघको बन्दप्रति अन्तरराष्ट्रिय समुदायले असन्तुष्टि जनाएका छन् ।

आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको सम्विधानको प्रारम्भिक मस्यौदा जारी गर्नु पर्ने माग गर्दै भएको बन्दका कारण शिक्षण संस्था, बजार-पसल र कलकारखाना ठप्प छन् । बिहान गाडीहरु सडकमा बाक्लै देखिएपनि दिउसो भने यातायातका साधन ठप्प भएका थिए । सन्चारकर्मी, एम्बुलेन्स, पर्यटक बस आदिलाई भने अवरोध थिएन ।

महासंघ अध्यक्ष राजकुमार लेखीकाअनुसार, दिउसोसम्म देशभरि सरकारले करिव हजार जनालाई गिरफ्तार गरेको थियो । आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष डोजाङ शेर्पा, जनजाति महासंघका सचिव अर्जुन याखा, कोषाध्यक्ष डिकेन्द्र राईलगायत ७३ जना कार्यकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको उनले बताए ।

महासंघको बन्दप्रति अन्तरराष्ट्रिय समुदायले चाहिँ आपत्ति जनाएका छन् । बेलायत, अमेरिका, जर्मनी, अष्ट्रेलिया, डेनमार्क, स्विटजरल्याडले संयुक्त विज्ञप्ती जारी गरी अरुको हिँडडुलको स्वतन्त्रता, शिक्षा, फरक मत राख्ने जस्ता अधिकारलाई बन्चित गरेको बताउँदै नेपाल बन्दजस्ता कार्यक्रममा कुनै समर्थन नरहने जनाएका हुन् ।

विचार अभिव्यक्तिकालागि प्रजातान्त्रिक र हिँसारहित तरिकाबाट गरिने विरोधको सम्मान गरिने बताउँदै उनीहरुले हिँसा मच्चाउने, सामान्य जीवनयापनमा अवरोध खडा गर्ने तथा स्वतन्त्र आवतजावतको अधिकारलाई कुण्ठित गर्ने गरी गरेको विरोध प्रदर्शनीमा असमर्थन रहने उनीहरुले जारी गरेको बिज्ञप्तिमा बताइएको छ ।

विभिन्न बहानामा विभिन्न समूहले लगातार बन्द आव्हान गरेर सर्वसाधारणलाई सास्ती दिएको भन्दै राजधानीको ठमेल क्षेत्रमा चाहिँ बन्दको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनमा पर्यटन व्यवसायी, नागरिक अगुवा र सर्वसाधारण सहभागी थिए । उनीहरुले 'जनताले बन्द नभई संविधान चाहेका छन्' भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?