Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासी जनजाति महासंघका ५६ जातिय, ६८ जिल्ला र ३५०० गाउँ समन्वय परिषदहरुको वृहत् राष्ट्रिय सम्मेलन हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NEFIN Press release   
Tuesday, 01 February 2011 17:20

काठमाडौं- "संविधान निर्माणमा दवाबकारी भूमिका निर्वाह गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघले ५६ जातिय, ७ संम्बन्धन, ६८ जिल्ला समन्वय परिषद र ३५०० गाउँ समन्वय परिषदहरुको प्रतिनिधिहरुकासाथै ईच्छुक आदिवासी जनजातिहको सहभागीतामा फागुन ९ र १० गते काठमाडौंको राष्ट्रिय सभागृहमा दुई दिने वृहत् राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।"

नेपाल आदिवासी जनजाति महासंघको अपिल

संविधान सभाको कार्यकाल सकिन अब केही साता मात्र बाँकी छ तर नयाँ संविधान लेखनमा ठोस प्रगति र सहमति हुन सकेको छैन। नेपालका आदिवासी जनजाति समुदायहरुले नयाँ संविधानबाट आफ्नो अधिकार सुनिश्चित हुने अपेक्षा गरेका छन्। नयाँ संविधान नै बनेन भने आदिवासी जनजातिका अधिकार कसरी सुनिश्चित हुन्छ नयाँ संविधान निर्माणको सुनिश्चितताकालागि दवाबकारी भूमिका निर्वाह गर्न नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार लेखाउन नेपाल आदिवासी जनजाति महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। महासंघले 'कुर्चीको खेल बन्द गर ! समयमै संविधान जारी गर' भन्दै अभियान चलाउँदै आएको छ। यस क्रममा प्रधानमन्त्री पदकालागि निर्वाचन हने दिन महासंघले काठमाडौंको संसद भवन अगाडि प्रतिकात्मक कुर्ची प्रदर्शन पनि गर्ने गरेको छ।

संविधान निर्माणकालागि घट्दो समय बढ्दो चिन्ताका बीचमा आदिवासी जनजाति समुदायहरुले अझ आन्दोलित हुन तथा अझ दवाबकारी भूमिका निर्वाह गर्न आवश्यक भएको छ। आदिवासी जनजाति समुदायको आन्दोलनलाई नयाँ उचाईमा उठाउनु परेको छ। संविधान निर्माणका लागि दवाबकारी भूमिका निर्वाह गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघले संविधानसभाको कार्यकाल थप्न निरन्तर पाँचदिनसम्म चौबीसै घण्टा संविधान सभा अगाडि धर्ना दिएको पनि स्मरणीय छ । संविधान निर्माणकालागि दवाबमूलक अभियानको क्रममा महासंघले आदिवासी जनजाति समुदायहरुकोतर्फबाट मात्र होइन सम्पूर्ण नेपाली जनताकोतर्फबाट अगुवाई गर्ने काम गरिरहेको छ।

संविधान निर्माणमा दवाबकारी भूमिका निर्वाह गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघले ५६ जातिय, ७ संम्बन्धन, ६८ जिल्ला समन्वय परिषद र ३५०० गाउँ समन्वय परिषदहरुको प्रतिनिधिहरुकासाथै ईच्छुक आदिवासी जनजातिहको सहभागीतामा फागुन ९ र १० गते काठमाडौंको राष्ट्रिय सभागृहमा दुई दिने वृहत् राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।

सम्मेलनमा सहभागी भई आदिवासी जनजाति आन्दोलनलाई नयाँ उचाईमा उठाउने अभियानमा - सहभागी होऔ !!
संविधान निर्माणमा आदिवासी जनजातिका अधिकार लेखाउन - एकजुट बनौं !!
आदिवासी जनजातिको अधिकारयुक्त संविधानका लागि - दवाव दिऔ !!!

कार्यक्रम:
१ झाँकीसहितको र्याली जुलुस
स्थान: भद्रकाली मन्दिर सहिदगेट छेउ काठमाडौं
मिति: २०६७ फागुन ९ गते
समय: बिहान ११ बजे

पुनुश्च: सम्पूर्ण जातिय सम्बन्धन प्राप्त संगठन, जिल्ला समन्वय परिषदहरु, गाउँ समन्वय परिषदहरु र आदिवासी जनजातिसंग संम्बन्धित संघसंस्थाहरुले आ-आफ्नो व्यानर, झण्डा, नारा अंकित प्लेकार्डसहित जातिय पोशाकमा कम्तिमा १०० जना सहभागितासहित उपस्थितिकालागि निमन्त्रणा गर्दछौ।

२ राष्ट्रिय: सम्मेलन
स्थान: राष्ट्रिय सभागृह
समय: विहान ११ बजेदेखि २ दिन


राजकुमार लेखी थारु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद सचिवालय
फोन नम्वरः ५००१७५४

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?