NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको राष्ट्रिय भेला शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 07 July 2010 09:18

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको राष्ट्रिय भेला शुरु भएको छ ।

चितवनको सौराहामा असार २३ गते सुरु भएको भेला तीन दिनसम्म चल्ने छ ।

भेला जनजाति महासंघले गरेका कामहरुको समिक्षा तथा भावी योजना निर्धारण,  संविधिन सभाका विषयगत समितिले तयार पारेका मस्यौदासम्बन्धमा छलफल, आमसंचार माध्यममा जनजातिको पहँच बढाउने विषयमा छलफल, आइएलओ १६९, जलवायु परिवर्तनबाट आदिवासी जनजातिमा पर्ने प्रभाव लगायतका विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभासद् इन्द्रबहादुर गुरुङले संसद्मा आदिवासीको हकहितकालागि चर्को आवाज उठिरहेको र अधिकार सुनिश्चित गर्नका लागि आफूले सक्दो पहल गर्ने बताए । महासङ्घका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिको हकअधिकार संविधानमा सुनिश्चित गर्नकालागि भेलाले विभिन्न दबाबमूलक कार्यक्रमसहितको सौराहा घोषणापत्र जारी गर्ने जानकारी दिए ।

भेलामा जिल्ला समन्वय परिषदका अध्यक्ष, महासचिव र एक महिला सदस्य तथा जनजाति अधिकारकर्मी गरी झण्डै दुई सयको सहभागिता रहेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?