Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ संविधानमा दलित, जनजाति आदिवासी र अल्पसंख्यकको अधिकारको माग गर्दै नेपाल बन्दको घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 20 April 2011 17:33

बैशाख १३ गते मुलुकभर मसाल जुलुश, बैशाख १४ गते नेपाल बन्द
काठमाडौँ- व्यवस्थापिका संसद र संबैधानिक समितिको बैठक अवरुद्ध पार्दै आएका साना दलहरुले संयूक्त मोर्चा निर्माण गर्दै नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

दलित, जनजाति आदिवासी र अल्पसंख्यकको अधिकारलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नु पर्ने माग राख्दै उनीहरुले आन्दोलनको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

दलित जनजाती पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेपाः राष्ट्रिय पार्टी, थरुहट स्वायत्त राज्य परिषद र स्वतन्त्र सभासदले राजधानीमा एक कार्यक्रमको आयोजनामार्फत मोर्चा निर्माणको घोषणा गर्दै आन्दोलनको शंखघोष गरे । घोषित आन्दोलनको कार्यक्रममा बैशाख १३ गते मुलुकभर मसाल जुलुश, बैशाख १४ गते नेपाल बन्द र बैशाख १५ गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने लगायत छन् ।

थारु, दलित, मुस्लिमलगायतसँग गरेको सम्झौता कार्यान्वयन, समावेशी विधेयकलाई संसोधन गरी सबै क्षेत्रमा आरक्षणलाई ९० प्रतिसत पुर्याउनुपर्ने, मुलबासीलाई ५१ प्रतिसत राजनीतिक अग्राधिकार दिनुपर्ने, सुनकोशी र नारायणी प्रदेश खारेज हुनु पर्ने, मुस्लिम आयोग, मदरशा बोर्ड, स्थायी हज कमिटी गठन, उर्दु भाषीलाई मान्यता दिनु पर्ने जस्ता माग उनीहरुले अगाडि सारेका छन् ।

आन्दोलनको घोषणा कार्यक्रममा बोल्दै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, नेपा पार्टीका अध्यक्ष केशवमान शाक्य र सभासद बुद्धरत्न मानन्धर, सभासद रुक्मिणी चौधरी, स्वतन्त्र सभासद सदरुल मियाहकले आफूहरुको मागमा बेवास्ता गरिए सुरु हुने आन्दोलनले सरकारलाई बढार्ने चेतावनी दिए ।


-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?