Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आदिवासीहरुको पूर्व सुसूचित स्वतन्त्र सहमतिकोलागि गठबन्धन गठन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Sunday, 20 March 2011 10:54

काठमाडौं- आदिवासी जनजातिहरुले पूर्व सुसूचित स्वतन्त्र सहमतिकोलागि आदिवासीहरुको गठबन्धन  (Peoples’ Alliance for Free Prior Informed Consent) बनाएका छन् ।



सरकार, मानव अधिकारबादी र नेपालको पचहत्तरै जिल्लाका आदिवासीहरुको जिल्ला प्रतिनीधिबीच भएको कार्यशाला गोष्ठीबाट यस्तो गठबन्धन बनाएको हो । राजधानीमा चैत ३ देखि ६ गतेसम्म चलेको गोष्ठीपछि २० जिल्लामा गठबन्धन निर्माण भएको छ । जिल्ला गठबन्धनका संयोजकहरु इलाममा किरण सुनुवार, फुलमाया लिम्वू र हर्क रेशमी मगर, झापामा जय मोक्तान, सुनसरीमा गोपाल देवान, मोरङमा देवराज चौधरी र शान्ति मोदी, सुनसरीमा सुजेन्द्र तामाङ, चितवनमा महेन्द्र दुरा, सिन्धुलीमा काजीमान थिङ र सुमित्रा हायु, खोटाङमा केशव राई, बर्दियामा तुलसी थापा मगर, कन्चपुरमा सुशिल रानामगर र खड्गबहादुर आले मगर, कैलालीमा सुरक्षा थापा मगर र आइटि राई, ओखलढुङगामा उत्तम सुनुवार र दाङमा तिलबहादुर पुन मगर रहेका छन् ।

आदिवासी जनजाति मानवअधिकारवादी वकिलहरुको समूह (लाहुर्निप)का उपाध्यक्ष दिनेशकुमार घलेद्वारा चैत ६ गते जारी विज्ञप्तीमा कार्यशाला गोष्ठीपश्चात् आदिवासीहरुको भूमि, प्राकृतिक स्रोतसाधनमाथि अग्रिम सुसूचित स्वतन्त्र सहमति कायम नगरी संचालन गरिएको विकास निमार्णका आयोजनाहरुले आदिवासी जनजातिलगायत अन्य स्थानीय समुदायहरुमाथि पारेको नकारात्मक असरका विषयमा अग्रिम सुसूचित स्वतन्त्र सहमति कायम गर्नकोलागि आदिवासीहरुको गठबन्धन गरेको जनाइएको छ ।

गठबन्धनका जिल्ला संयोजकहरुले नेपाल सरकार पक्ष राष्ट्र भएको आदिवासी जनजातिहरुसँग सम्बन्धित अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र लगायतका महासन्धि कार्यान्वयमा दवाव दिनेछ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?