Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

युनेस्कोद्वारा सुचित अति लोपोन्मुख राजी भाषा थप संकटमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Sunday, 05 April 2009 06:29
बीरेन्द्रनगर सुर्खेत २२ चैत्र । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोद्वारा सुचित अति लोपोन्मुख राजी भाषाको भार्षिक पहिचान हराउदै गएको सुर्खेतका राजीहरुले बताएका छन्‌ । कुनै बेला साना ठुला सवैले बोल्ने र बुझने राजीभाषा अहिले ठुलामा मात्रै सिमित हुन थालेको उनीहरुको भनाई छ । राजी र अरु समुदायबीच बिहेवारी गर्ने चलन बढदै गएको र छरछिमेकीसग नेपाली भाषामा कुराकानी गर्नु पर्ने भएपछि आफनो भाषा पत्ताउदै गएको उनीहरुले बताएका छन्‌। नयाँ बन्ने संविधानमा लोपोन्मुख भाषा बोल्नेलाई प्रोत्साहन दिने व्यवस्था गनु पर्ने उत्तरगंगाका कृष्णबहादुर राजीले बताउनु भयो । राजी बस्तीहरुमा बिद्यालयको स्थापना गरी राजी भाषाको पठन पाठन गर्न सके राजीभाषा लोप हुनबाट जोगिने सुझाव उत्तरगंगाका बिर्खलाल राजीले दिनु भएको छ। सरकारले राजी भाषाको लिपी खोज्न कुनै प्रयास नगरेको गुनासो पनि बिर्खबहादुरले गर्नु भयो । सुर्खेतको उत्तरगंगा लाटिकोइली, लगाम, घाटगाउँ, तातापानी, छिन्चु, हरिहरपुर, कल्यान लगाएतका गाउ बिकास समितिमा राजीहरुको बसोबास रहेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन 'युनेस्को'ले गत फागुन महिनामा सार्बजनिक गरेको प्रतिबेदन अनुसार राजी भाषा अति लोपोन्मुख मातृभाषाको श्रेणीमा रहेको छ । -Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?