Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
"न राउटेका घर हुँदो हो, न रोटीका टाउको हुँदो हो, न आइमाइको जात हुँदो हो" PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Geban Mijhar   
Tuesday, 13 July 2010 07:40

वीरेन्द्रनगर, सुर्खेत- लोपोन्मुख, घुमन्ते जीवनमा रमाउने राउटेको एक हुल एक विहान वीरेन्द्रनगर बहुमुखी क्याम्पसको चौरमा एक आपसमा खास खुस गर्दै बसेका थिए ।

Raute Tribal Chieftain Mahinbahadur Raute. Photo: Geban

पहिलेको तुलनामा निकै चलाख रुपमा प्रस्तुत भएका राउटे मुखिया महिनबहादुर शाहीले माइक अगाडि भन्दै थिए- "न राउटेका घर हुँदो हो, न रोटीका टाउको हुँदो हो, न आइमाइको जात हुँदो हो" भन्दै सबै सहभागिहरुलाइ आश्चर्य चकित पार्दै निकै हस्यौलि तरिकाले आफुहरुलाई नेपाल सरकारले भत्ता ३ हजार बनाउनु पर्ने बताउनु भएको छ ।



अर्का सहायक मुखिया दिलबहादुर शाहीका अनुसार आफुहरुलाई जंगलका काठ निवार्द रुपमा प्रयोग पाउनु पर्ने नैसर्गिक अधिकारलाई हनन गर्न नहुने बताउनु भयो ।

उहाँले पत्रकार महोदयहरुले हाम्रो कुरालाई सम्बधित निकायसम्म पुर्याइदिन आग्रह गरिरहदाँ पत्रकार महोदयहरु भने मुसुमुसु हासि रहेको थिए ।

राउटेको सस्कृति प्रदर्शन कार्यक्रममा नेपाली चर्चित लोकदोहरी गीतमा नाचेका राउटे युवाहरु लालुपाते नुङयो भुईतिर भन्ने गितमा निकै हौसिएर नाचेका थिए ।

परम्परागतभन्दा आधुनिकतालाई ध्यान दिएका राउटे समुदायका युवाहरु आफुहरुलाई आधुनिकता सँगसँगै शहर बजारमा घुम्न मन लागेको प्रकाश शाही नाम बताउने राउटेले भने उमेर खुलेरै बताउनु चाहनु भएन ।



मुखिया महिनबहादुर शाहीकाअनुसार परम्परागत सिपलाईसमेत जोगाउन हम्मे हम्मे परेको बताउदै यसलाई बचाउनका लागि कोशी, मधुश सन्धुकलगायत निर्माण सामाग्री विक्रि हुन छाडेपछि आफुहरुलाई बालबालिकाहरु पाल्नसमेत गाह्रो भएको बताउनु भयो ।

शाहीकाअनुसार अब आफुहरुले खानकालागि भए पनि २/४ महिना भए पनि बाख्रा पाल्ने गरेकोमा अब कसैले सहयोग गरेमा निरन्तरता पाल्न सकिनेसमेत बताउनु भयो ।

कार्यक्रम बीरेन्द्रनगर बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय गुरु गौतम र शेरबहादुर रायमाझीले राउटेको जीवन पद्दति र सस्कृतिको बारेमा अध्ययन गर्ने शिलशिलामा उक्त कार्यक्रममा उनीहरुले प्रकाश र दिलबहादुर राउटेसँग मितसमेत लगाएका थिए । उक्त समारोह्मा नेपाली भादगाउले टोपी र टीकाटालोसमेत गरेका थिए ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama