Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राउटे समुदाय जङ्गलबाट भोकै सरकारको गुहारमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Friday, 31 July 2009 02:41
सुर्खेत- जंगलमा फिरन्ते जीवन बिताउदै आएका अति लोपोन्मुख राउटे समुदाय पनि भोकमरीको चपेटामा परेका छन् ।

Raute tribal members in Surkhet. Photos: Geban

हाल दैलेख जिल्लाको कुसापानी गाउ विकास समिति वडा नं. ४ स्थित खम्बागाडेमा एक महिना अघि मात्र बस्ती सरेर आएको राउटे समुदाय भोकमरीको चपेटामा परेका हुन् ।
राउटे समुदायमा भोकमरी परेपछि दुई दिन लगाएर सुर्खेतमा खाद्यान्य माग्न बुधबार सुर्खेतको जिल्ला प्रशासन कार्यालयमा आइपुगेका छन् ।

चार जनाको समुहको राउटे टोलीको नेतृत्व गर्नुभएका शिवराम शाहीले गाउमा भोकमरी लागेपछि राउटेहरुले खान लाउन नपाएको दुखेसो पोखेका छन् ।

धान, गहुँ छैन, मकै पाक्ने समय नभएपछि, गाउमा भनेको समान विक्रि नभएपछि उनीहरुले यस्तो समस्या राखेका छन् । काठबाट बनेका सामानहरुपनि आज भोली पैसामा नै कारोबार हुने तर उचित ज्याला पाउन नसकेपछि भनेको समयमा उनीहरुले खाद्यान्य आपूर्ति गर्न नसकेको शिवराम शाहीले बताउनु भएको छ ।
 
 
Raute tribal members at LDO office in Surkhet. Photos: Geban
 
काठबाट बनेको सामानको मुल्य सयदेखि दुइ सय हुने गरेता पनि चामल किन्दा ५ किलोभन्दा बढी किन्न नसकिने बताउदै आएका छन् । जंगलमा भनेजस्तो काठको अभावले गर्दा समान बनाउन नै धेरै दिन लाग्ने बताउदै विक्रि गर्दा पनि समय लाग्ने भए पछि झन् मारमा परेका राउटेका मुखिया महिन बहादुर शाहीले बताउनु भएको छ ।

राउटे समुदायमा भोकमरी परेपछि स्थानीय जंगलमा पाइने निहुँरो, जलुकी, धाप्ब्रा जस्ता कन्दमूल पकाएर खाएको राउटेका अन्दाजी १७ वषिर्य प्रकाश शाहीले बताउनु भएको छ ।

सरकारले यसभन्दा अगाडी एक हजार भत्ता दिने भनिता पनि अहिलेसम्म मासिक पाच सयका दरले १० महिनाको मात्र भत्ता पाएको मुखिया महिनबहादुर शाहीले बताउनु भएको छ ।
 
 
Raute tribal member handing over wooden box made by them to LDO Yagyaprasad Bhattarai in Surkhet. Photos: Geban
 
स्थानीय विकास अधिकारी सुर्खेतका यज्ञप्रसाद भट्टर्राईले सामाजिक मामिलाको रुपैया भनि रु. पाच हजार दिए पनि उनीहरुले खानाको जोहो गरिदिन आग्रह गरेका छन् ।

मासिक हजार रुपैया दिए पनि आफुहरुलाई केहि सजिलो हुने कुरामा विश्वास राख्छन् कृष्ण बहादुर रास्कोटी । उनी थप्छन् यसरी हामी टाढा गएको बेलामा उनीहरुले खान त पाउछन् ।
यस्तो बर्खाको समयमा पनि ओढ्ने ओछ्याउने त परै जाओस खानसम्म पनि पुर्‍याउन नसक्ने भएपछि आफुहरुले यसरी कामै छोडेर सहयोग माग्न हिडेको जयबहादुर शाहीले बताउनु भएको छ ।

विगत ४ वर्षदेखि राउटे समुदायमा अध्ययन अनुसन्धान गर्दै आउनु भएका कन्टेम्प्रोरी भिजनका ओमकृष्ण थापाका अनुसार सरकारले दिएको भत्ताले केहि समय भएपनि राउटेहरुले जंगल नफाँडेको बताउनु भएको छ ।

मासिक भत्ता दिएर भएपनि सरकारले बनको संरक्षण गर्नु तथा राउटे समुदायलाई बस्ती बसाल्नु नै आफ्नो दायित्व लिनु पर्ने थापाको भनाई रहेको छ । राउटे समुदायमा अहिले ५२ घर धुरीमा १५० जना मात्र जनसंख्या रहेको छ ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?