Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राउटेहरुलाई सरकारले एकैपटक ६ महिनाको भत्ता सरकारले ९ लाख रुपैयाँ बुझायो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Sunday, 08 August 2010 11:41

Exclusive, 4 photos: बीरेन्द्रनगर, सुर्खेत- सुर्खेतको कल्याण गाउँ किास समितिको खोल्टेपारीमा बस्दै आएका १ सय ४९ जना राउटेले सुक्रबार एकमुष्ट ६ महिनाको भत्ता बुझेका छन् ।



Raute receiving allowance from government representative. Photos: Geban Mijhar

स्थानीय विकास मन्त्रालय अर्न्तगत सामाजिक सुरुक्षा भत्ता अर्न्तगत जिल्ला बिकास समिति सुर्खेतले उनीहरुलाई जनही ६ हजारको दरले भत्ता प्रदान गरेको हो ।

सरकारले सामाजिक सुरक्षा अर्न्तगत उनीहरुले हरेक मासिक १ हजार रुपैयाको दरले भत्ता गत वर्ष दैलेख भएका कारणले केहि ढिलो हुन गएको आदिवासी जनजाति समन्वय समितिका सदस्य सचिब टंकप्रसाद लामिछाने बताउनु भयो ।


Temporary hut of Raute. Photos: Geban Mijhar

यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको पहलमा छैठौ जीत स्मृति व्रि्रेड दशरथपुरमा कार्यरत डाक्टर विपिन नेपालको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गर्नु भयो ।

राउटे समुदायमा अधिकास घाउ, चोट तथा सामान्य झाडापखालासमेत देखिएको डा. नेपालले बताउनु भएको छ ।

महिलाहरुलाई औषधि गरे देउता रिसाउछन् भन्ने राउटेहरु पैसा नपाइने डरका कारण विना रोकतोक औषधि गर्न दिएको राउटे समुदायको अनुसन्धान गर्नुभएका गुरु गौतमले बताउनु भयो ।




कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति सुर्खेतका उपाध्यक्ष मानबहादुर बुढामगरले राउटे समुदायलाई आधुनिकरणसंगसंगै लैजान सकेमा राज्यको लगानीको सदुपयोग हुने बताउदै राउटे समुदाय पनि भौतिक सुविधाप्रति आर्कषित भएको बताउनु भयो ।

कार्यक्रममा राउटेका मुखिया महिनबहादुर शाहीले आफुहरुले पाउदै आएको भत्ता मासिक रुपमा नपाएकाले खानमा दुःख भएको भन्दै अबका दिनमा मासिक रुपमै भत्ता दिन आग्रह गर्नु भयो ।

-Geban Mijhar in Surkhet



Raute women. Photos: Geban Mijhar

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?