Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लोपोन्मुख राउटेहरुलाई दिने रकम आधा मात्रा प्रदान, राउटेको नाममा पनि भ्रस्टाचार ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Friday, 10 July 2009 00:09
डडेल्धुरा- डडेल्धुरामा बस्ती बसेका राउटेहरुले पहिलोपल्ट सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

डडेल्धुरा जिल्लाको भित्रि मधेसमा बसेका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता अर्न्तर्गत पहिलो चरणमा मासिक रु.५०० का दरले छ महिनाको भत्ता बुधबार हस्तान्तरण गरिएको छ।

लोप उन्मुख राउटेलाई मासिक प्रतिव्यक्ति एक हजारका दरले दिने सामाजिक सुरक्षा भत्ता पैसाको अभावले मासिक ५०० का दरले दिएको जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ ।
 
३५० जनालाइ मासिक पाँच सयका दरले छ महिनाको भत्ता प्रदान गरिएको जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ ।

स्थानीय विकास मन्त्रालय अर्न्तर्गत लोप उन्मुख राउटेलाई मासिक प्रतिव्यक्ति एक हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको भए पनि अनावश्यक विल फर्छौट गरि रकम तान्ने काम भए पनि राउटे समुदायलाई भने पैसा नदिएको गुनासो गरेका छन् ।
 
डडेल्धुराको भित्रि मधेस क्षेत्रअर्न्तर्गत जोगबुढा गाविसको आम्पानी र शिर्ष गाविसको रज्यौडामा करिब ९० परिवार राउटे बस्दै आएका छन् ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?