Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

रोल्पामा आदिवासी जनजाति पत्रकार सङ्घ शाखा गठन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 23 August 2010 03:42

काठमाडौं- रोल्पा जिल्लामा कि्रयाशिल आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिज रोल्पा जिल्ला शाखा गठन गरेको छ ।

भदौ ६ गते सदरमुकाम लिबाङमा भएको भेलाले मौसम रोका मगरको अध्यक्षतामा ९ सदस्यीय जिल्ला शाखा गठन गरेको अनिजका केन्द्रिय सदस्य मनोज घर्ती मगरले युएसनेपाल अनलाईनलाई जानकारी दिएका छन् ।

समितिको उपाध्यक्षमा हर्क घर्ती मगर, सचिवमा अमरजीत पुन मगर, सह-सचिवमा खेमराज थापा मगर र कोषाध्यक्षमा देवी गुरुङ रहेका छन् भने सदस्यहरुमा मनिषा श्रेष्ठ, स्मृति रोका मगर, विनोद श्रेष्ठ र शान्ति रोका मगर चयन भएका छन् ।

अनिजका केन्द्रीय सदस्य मनोज घर्ती मगर र नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाका अध्यक्ष खेम बुढा मगरको उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले खेम बुढा मगर, गङ्गामुक्ति पुन मगर, हिराबहादुर घर्ती मगर र डिबी घर्ती मगरलाई शाखाको सल्लाहाकारमा चयन गरेको छ ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मौसम रोका मगरले वक्तव्य जारी गरी पत्रकारीता क्षेत्रमा आदिवासी जनजातिहरुको सकि्रय सहभागीतालाई प्रभावकारी बनाउन अनिजको रोल्पा जिल्ला शाखाको महत्वपूर्ण भूमिका खेल्ने बताए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?