Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

शेर्पा जातिलाई अपमान गर्ने कक्षा १२ को पाठ्यक्रमको बिरोध PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 17 August 2010 13:35

काठमाडौं- शेर्पा समुदायका अगुवाहरुले दश जोड दुईको पाठ्यक्रममा शेर्पा समुदायलाई होच्याउने र अपमान गर्ने खालका सामाग्री राखेको भन्दै आपत्ति जनाएका छन् ।

यस्ता सामाग्रीका लेखकले माफी माग्नुपर्ने र त्यस्तो पाठ्यक्रम खारेज गर्नुपर्ने मागपनि उनीहरुले गरेका छन् ।

समाजशास्त्र तथा मावनशास्त्र विषयको कक्षा १२ र क्याम्पसस्तरहरुमा पठन-पाठन हुँदै आएको शेर्पा जातिको विवाह संस्कारमा बहुपति प्रथा, बहुपत्नी प्रथा, मामा-चेला, फुपु-चेलीकै बीच विवाह गरिने प्रथा, हाट बजारमा गएकी चेलीलाई जबरजस्ती घिस्याएर पत्नी बनाउने जस्ता विशेष संस्कृति भएको कुराप्रति आपत्ति प्रकट गरिएको छ ।

पाठ्यक्रममा उल्लेख भएका यी कुराहरु शतप्रतिशत भ्रामक भएको भन्दै नेपाल शेर्पा विद्यार्थी मच केन्द्रीय कार्य समितिलेपनि घोर आपत्ति प्रकट गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा लामा धर्म गुरुहरु खेम्पो ङ्वाङ वशेर लामा शेर्पा, आचार्य नुरबु शेर्पा, इतिहासविद् प्राध्यापक श्यामसुन्दर शेर्पा र नेपाल शेर्पा संघ अध्यक्ष पेमाछिरी शेर्पा, नेपाल शेर्पा संघका पूर्वअध्यक्ष कृपासुर शेर्पा, पूर्वमन्त्री आङछिरिङ शेर्पाले सो प्रथा शेर्पा समुदायमा परापूर्वकालदेखि नभएको स्पष्ट पार्दै कडा आपत्ति जनाएका हुन् ।

आयोजित कार्यक्रममा वक्ताहरुले सो भ्रामक पाठ्य सामाग्रीप्रति लेखकहरुले माफी माग्दै यथाशीघ्र परिमार्जन गर्नुपर्ने माग गरेका थिए । भ्रामक सन्देश दिने पाठ्यसामाग्रीहरु परिमार्जन गरी शेर्पा समुदायसँग् माफी नमागेसम्म अझ एकजुट भई सशक्त कि्रयाकलापहरु अगाडि सार्न बाध्य हुने चेतावनी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा नेपाल शेर्पा विद्यार्थी मचका अध्यक्ष किशोर शेर्पाले शेर्पा समुदायको मानप्रतिष्ठा र इज्जतमा गम्भीर आघात पुर्याएको भन्दै दुख प्रकट गरे ।

-Sitaram Baral in Kathmandu

Comments

avatar anil rai
0
 
 
baahunbaad ko arko rup school ,college ,university ma rakhiyekaa pathya saamgari bhani aruko maan haani garne khaale ,bina anusandhan rakhnu ho jun ,aru jaat jaati bishesh gari aadi baasi janjaati maathi naitik ,maanasik ruple hochaune, apaman garnu rahke chha . yas prati turuntai sampurna janajaati ekjut bhai kada andolan garnu pardahchha
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?