Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तामाङ संचार समूह' को नौ सदस्यीय नयाँ कार्यसमितिको चयन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 04 January 2011 08:06

काठमाडौँ- तामाङ संचारकर्मीहरुको साझा संगठन 'तामाङ संचार समूह' को वार्षिक  साधारण सभाले रेडियो पत्रकार जगतमान लामाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सचु ब्लोन, महासचिवमा दीपेन्द्र दोङ, सचिवमा विष्णु मोक्तान, कोषाध्यक्षमा मुकेश लामा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा रामकुमार जिम्बा, शान्ति दोङ, मोहन दोङ, लक्ष्मी रुम्बालाई चयन गरिएको छ ।

२०५९ सालमा रविन्द्र तामाङको अध्यक्षतामा गठन भएपनि समूहको विधिवत रुपमा २०६१ सालमा आएर जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको थियो ।

२०५६ सालपछि एफएम रेडियोमा तामाङ भाषाको कार्यक्रमको प्रसारण प्रारभ्म भएपछि तामाङ समुदाय पनि संचार क्षेत्रमा निकै अगाडि देखिन्छ । हाल उपत्यकालगायत नेपालभरिमा झन्नै दुइ दर्जन रेडियोमा तामाङ भाषाको कार्यक्रम र समाचार प्रसारणमा छन् । त्यस्तै, आधादर्जन जति अखबार र एकवटा टेलिभिजन कार्यकमसँगै दैनिक समाचारसमेत प्रसारणमा रहेका छन् ।

रेडियो, छापा र श्रव्यदृश्य माध्यममा गरी २ सयको संख्यामा तामाङ संचारकर्मीहरु संलग्न रहेको समूहका नवनिर्वाचित अध्यक्ष लामाले बताउनु भयो । केहि समयअघि काभ्रे जिल्लामासमेत शाखा विस्तार भएको समूहको अब चाँडै मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोकलगायत ताम्सालिङ क्षेत्रमा शाखा विस्तार गरिने लामाले बताए ।

समूहमा आवद्ध नभएका विभिन्न संचारकर्मीहरुलाई सदस्यता वितरण गर्ने र तामाङ संचारकर्मीको हकअधिकारकालागि विभिन्न कार्यक्रम गर्नुकासाथै नयाँ संविधान र ताम्सालिङको मुद्धालाई संचारमाध्यममा अभियानकै रुपमा कार्यक्रम संचालन गर्न समूहले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष लामाले उल्लेख गरे ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?