Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तमु ल्होसारका अबसरमा तमुवान राज्य र समावेशी संबिधानको माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 30 December 2010 09:41

काठमाडौं- 'सम्पूर्ण तमूहरुको साझा धारणा तमुवान राज्यसहितको शान्ति र समावेशी संविधान हाम्रो चाहना' भन्ने मूल नाराका साथ गुरुङ तमू समुदायले आफ्नो महान पर्व तमू ल्होछार विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

गुरुङ तमू समुदायले आफ्नो महान् सांस्कृतिक पर्व वाघ वर्गलाई विदाई गर्दै ल्होछार हि ल्हो बिरालो वर्गको स्व्गत गर्दै पुस १५ गते यो पर्व मनाएको हो ।

सबै तमू समुदायले समयमा संविधान निर्माण गरी जातीय, भाषा, भूगोलको आधारमा आत्मनिर्णयको अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा जोड दिनुपर्ने बताएका छन् ।

राजधानीको टुँडिखेलमा गुरुङ समुदायले पुस १३ गतेदेखि चार दिनसम्म भव्यरुपमा मनाईरहेका छन् । टुँडिखेलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै सविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो पुस २५ गते सुरु हुने अधिवेशनले मुलुकलाई नयाँ सरकार दिने बताएका छन् । दलहरुबीच चलिरहेका संवादले सार्थक परिणाम ल्याउने उनले आशा व्यक्त गरे । कार्यक्रममा अध्यक्ष नेम्वाङ्गले आइएलो महासन्धि १६९ ले प्रत्याभूत गरेको जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अग्राधिकार जस्ता विषयलाई संविधानमा समेट्नुपर्नेमा जोड दिए ।

आयोजक समितिका संयोजक देवी गुरुङले ल्होछार पर्व गुरुङहरुको प्राचीन चाड भएको भए पनि यसको वैज्ञानिक महत्वले गर्दा यो सम्पूर्ण जाति र समुदायको सँस्कृतिका रुपमा विकास हुँदै गएको दाबी गरे ।

यसैवीच, ल्होछार पर्वको अवसरमा सम्पूर्ण नेपालीको सुख शान्तिको कामना गर्दै पुस १५ गते वसन्तपुरबाट र्याली निकालिएको छ । तमू ल्होछार मूल आयोजक समिति २०६७ ले विभिन्न झाँकी बाजागाजासहित निकालिएको सो र्यालीमा गुरुङ जातिको प्राचीन भेषभूषा, संस्कृति पहिचान झल्कने विषयवस्तु समावेश गरिएका थिए । र्यालीमा गुरुङ राष्ट्रिय परिषद्लगायत अन्य गुरुङ जातिका सङ्घसंस्थाका साथै लामा धर्मगुरु विभिन्न राजनीतिक दलका नेतागण बुद्धिजीवी कलाकार संस्कृतिविद्को सहभागिता थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?