Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

थारु समुदायका संचारकर्मीहरुको पत्रकार संघ गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 27 April 2009 11:59
काठमाण्डौं, विभिन्न संचार माध्यममा कार्यरत थारु समुदायका संचारकर्मीहरुको भेलाले थारु पत्रकार संघ गठन गरेको छ ।

राजधानीमा वैशाख १२ गते भएको भेलाले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार जयप्रकाश जौधरीको अध्यक्षतामा ९ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष विनिता चौधरी, सचिव कृष्णराज सर्वहारी, सहसचिव रेखा चौधरी र कोषाध्यक्षमा रत्न चौधरी रहेका छन् । यसैगरी समितिका सदस्यहरुमा  संजीब सत्गैंया, तुला चौधरी, प्रदीप चौधरी तथा शत्रुघन चौधरी छन् । भेलाले यथाशीघ्र थरुहट जिल्लामा शाखा बिस्तार गरिने समितिका सचिव कृष्णराज सर्वहारीले युएस नेपाल अनलाइनलाई जानकारी दिए । थारु जाति ठूलो जनसंख्या भएको आदिवासी जनजाति अन्र्तगत परेपनि मूलधारको संचार माध्यममा थारु समुदायका पत्रकार औंलामा गन्न सकिने संख्यामा रहेको सचिव सर्वहारीले बताए ।

संघको विधान अनुसार आगामी ६ महिना भित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्नेछ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?