Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

थारुहरुद्वारा तराई बन्द गर्ने, तराईमा चार संघीय प्रदेश निर्माण गर्नु पर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 11 May 2011 17:25

काठमाडौँ- थारुहरुको प्रतिनिधिमूलक संस्था थारु कल्याणकारिणी सभाले तराईमा चार संघीय प्रदेश निर्माण गर्नु पर्नेलगायतका १० बुँदे माग पुरा गराउन भोलि एक दिने तराई बन्द गर्ने भएको छ ।

तराई बन्दको पूर्व सन्ध्यामा सभाले राजधानीलगायत तराईका जिल्लाहरुमा बुधबार मशाल जुलुश प्रदर्शन गरेको छ । थारु समुदायलाई तराईको प्रमुख आदिवासी जनजाति समूहको रुपमा लिइन्छ ।

नेपाल आदिवासी जनजाती महासंघको समर्थनमा आयोजित तराई बन्दको क्रममा एम्बुलेन्स, शबबाहन, पत्रकार, मानवअधिकारवादी, पर्यटक, कुटनीतिक नियोग र दुलाहा दुलहीको गाडिलाई भने अवरोध नगरिने पत्रकार सम्मेलनमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरी थारुले जानकारी दिएका छन् ।

समयमै संविधान जारी गर्नु पर्ने संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्ने, संक्षिप्त र अपुरो संविधान जारी गर्न नसकिए नयाँ संविधानको प्रारम्भिक मस्यौदा तत्काल जारी गर्नुपर्ने, जल-जंगल र जमिनमा आदिवासीको अधिकार सुनिश्चित गर्नु पर्ने, मुलुकमा मधेसीकरण र हिन्दुकरण गर्ने षडयन्त्रको अन्त्य गरिनु पर्ने, सरकारसँग भएको छ बुँदे सम्झौता कार्यान्वयन गर्नु पर्ने, जातीय समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने र कमैया कमलरीको बास, गास र कपासको ग्यारेन्टी गर्नु पर्ने माग सभाले अघि सारेको छ । यिनै मागलाई पुरा गराउनकालागि बन्दलगायतका आन्दोलनका कार्यक्रम गरिएको सभाले बताएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?