NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बेलायतमा मगरहरुले माघे सन्क्रान्ती हर्षोल्लासकासाथ मनाए PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Soaltee Magar   
Wednesday, 20 January 2010 18:25

युके- मगर संघ युकेको रिडिङ शाखाद्वारा १६ जनवरीमा मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती भव्य रुपमा मनाइएकोछ।


गत साल मात्र नेपालको गणतान्त्रिक सरकारद्वारा माघे संक्रान्तीलाई राष्ट्रिय पर्बको रुपमा घोषणा गरेको थियो फल्स्वरुप देश बिदेशमा रहेका मगर समुदायले यस पर्बलाई अझ ससक्त ढंगले मनाउदै आएका छन् ।

रिडिङमा सम्पन्न उक्त कार्यक्रमलाई संघका सचिव योग फगामी मगरले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष टिकाजी राना मगरले गर्नु भएको थियो । स्वागत मन्तब्यको क्रममा उपाध्यक्ष राना मगरले 'यस पर्वलाई सम्पूर्ण नेपालीले मनाउदै आएको पाइएतापनि मगर समुदायले अन्य समुदायले भन्दा प्रिथक तरिकाले मनाउने गरेकाले मगर समुदायमा बिशेष महत्व बोकेको पाइन्छ' भन्नु भयो। उहाँले माघे सन्क्रान्तिमा नातागोता र कुटुम्बहरुलाई निम्तो गरि बोलाउने चलन रहेको र बिदेशमा रहेकासमेत पित्री मान्न यस पर्वमा घर फर्किने मुल कारण रहेको बताउनुभयो।

Magars in UK celebrating Maghe Sankranti. Photos: Soaltee

त्यस्तै, माघे संक्रान्तीको धार्मिक, साँस्कृतिक, बैज्ञानिक महत्वबारे प्रकाश पर्दै मगर संघ रशमुर शाखाका उपाध्यक्ष ओम थापा मगरले 'मगरहरुले हरेक शुभ-अशुभ जे कार्य गर्दा पनि छोरी-ज्योई, चेला र भान्जा, भान्जी चाहिने र यस दिन ज्योई चेलालाई दान दक्षिणा दिदा शुभ हुने परम्परा रहेको प्रस्ट्याउनुभयो। यस पर्बमा स्वर्गिय बा-आमालाई पिन्ड दिने चलन रहेको र मसान्तीको दिन देखी उपवास बसेर संक्रान्तीको दिन बिहानै नदीको घाट वा खोला, पधेरामा गइ नुहाई एक मुठी चामल, मासको दाल, अदुवा पिन्डको रुपमा चढाउने कुरा बाताउनु भयो । त्यस्तै यो पर्वमा खाइने तरुल, गिथा, कन्दुमुल, बिरम्ला, खिचदी आदी खाँदा शरीरलाई अत्यन्त पौषटिक हुने र कन्दमुल यसै मौसममा पाइने जानकारी दिनु भयो ।



यस महिनामा सुर्य दक्षिणतिरबाट उत्तर लाग्दा दिन लामो हुँदै जाने हुनाले समयको सदुपयोग गरि बढी मिहेनत र परिश्रम गरि भविस्यमा चाहिने सामाग्रीको सन्चय गर्नु पर्ने सन्देश पनि यस पर्वले दिएको बताउनु हुँदै भने मगरहरु खानी खन्न सिपालु रहेको र उनीहरुले प्राचिन कालदेखि नै प्रक्रिती पुजक भएकोले भुमी पूजा गर्नु मगरहरुको प्रमुख बिशेशता रहेकोले पनि माघे सन्क्रान्तीलाई मगरहरुले मनाउने गरेको धारणा राख्नु भयो ।

उक्त कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमकासाथै मगर समुदायबाट बिभिन्न बिषयमा उच्च शिक्षा हासिल गर्नु भएकाहरुलाई सम्मान गरिएको थियो । अन्तमा एक अर्कामा शुभकामना आदान प्रदान गरी कार्यक्रमको समापन गरिएको थियो ।

युकेको अन्य भागहरु लण्डन, फर्न्बोरो, होउन्स्लो आदीका मगरहरुले पनि माघे सन्क्रान्ती पर्व भव्यताका साथ सम्पन्न गरेका छन् ।

-Soaltee Magar in UK








Photos: Soaltee

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?