Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्वभर विश्व आदिवासी दिवस यसरी मनाइयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar, Deepak Thapa & Chandrakanta Khanal   
Tuesday, 10 August 2010 14:08

न्यू योर्क/काठमाडौं- विश्वभर रहेका झन्डै साढे तीन करोड आदिबासी जनजातिहरुको सम्मानमा संयुक्त राष्ट्र संघद्वारा सन् १९९३ देखी मनाउँदै आएको विश्व आदिबासी दिवस अगस्ट ९ तारिखका दिन विश्वभरका आदिबासी जनजातिहरुले बिभिन्न कार्यक्रमहरु गरी मनाएका छन्।


यता न्यू योर्कमा संयुक्त राष्ट्र संघ मुख्यालयमा आदिबासी सम्बन्धी स्थाई समिती (UNPFII) द्वारा आयोअजना गरिएको कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिब बानकि मुनले विश्वभरका सरकार र गैर सरकारी निकायलाई आदिबासीहरुको हक अधिकार सुरक्षित गर्ने कुरामा लागि पर्न अपिल गर्नु भएको छ। महासचिब मुनको बक्तब्यको पूर्ण पाठ पढ्नुहोस्

उक्त अबसरमा आदिबासी सम्बन्धी चलचित्र निर्माताहरुले निर्माण गरेको ४ वटा चलचित्रहरुको प्रदर्सनी गरिएका थिए। ति आदिबासी सम्बन्धी चलचित्रहरु "Ivan and Ivan" को निर्देशन Philipp Abryutin (Chukchi) ले Curte-Nillas को निर्देशन Per-Josef Idivuoma (Sámi) ले, Taino Indians counted out of existence को निर्देशन Alex Zacarias (Taíno) ले Sikumi (On the ice) को निर्देशन Andrew Okpeaha MacLean (Inupiaq) ले गरेका हुन्।

त्यसैगरी, न्यू योर्क शहरको कुइन्सस्थित एक कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा अगस्ट ८ तारिख मनाएको आदिबासी दिवस कार्यक्रममा बक्ताहरुले आदिबासी जनजातिहरुको जल, जमिन र प्राकृतिक स्रोत साधनहरुमाथिको अधिकार सुनिस्चित हुनु पर्ने कुरामा जोड दिएका थिए भने सो अबसरमा सगरमाथा आरोही नेपालीहरुलाई सम्मान गरिएको थियो।

International Day of the World's Indigenous People - 9 August celebration by FIPNA in New York on August 8, 2010. Photo: Shyam Budha Magar

उता नेपालका बिभिन्न जिल्लाहरुमा सम्पन्न आदिबासी दिवस कार्यक्रममा आदिवासी जनजातिले प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जनजातिका अगुवाहरुले जोड दिएका छन् ।

नेपालका आदिवासी जनजातिहरुले विश्व आदिवासि दिवसलाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाएका छन् । जस अन्तर्गत साउन २६, २७, २८ र २९ गते नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यक्रमअनुसार जिल्ला समन्वय समितिको आयोजनामा मसाल जुलुस निकालिने र साउन ३० गते उपत्यका नाकावन्दीसहित देशभर चक्काजाम गर्ने महासंघले जनाएको छ।

त्यस्तै, रुपन्देहीमा सम्पन्न १६ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले आदिवासी जनतजातिहरुको एकताबाट मात्रै अधिकार संस्थागत हुने भन्दै त्यसका लागि आदिवासी दिवसलाई आन्दोलनका रुपमा मनाइएको बताएका छन् ।

उनीहरुले आदिवासीका मुद्दालाई समेटेर नयाँ संविधानको मस्यौदा तयार पार्न पनि दलहरुलाई आग्रह गरेका छन् ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै सभासद् एवं प्राकृतिक स्रोत साधन समितिका सभापति शान्ता चौधरीले नयाँ संविधानमा आदिवासी जनजातीहरुको अधिकार स्थापित गर्न आफूले भूमिका खेलिरहेको भन्दै त्यसका लागि खवरदारी गरिरहन जनजाति समुदायलाई आग्रह गर्नुभयो ।

होमबहादुर गलामीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका भोजप्रसाद श्रेष्ठ, उपभोक्ता हित संरक्षण मचका नर्बु लामा, समाजसेवी मनवीर गर्बुजा, लिला गुरुङ, कुमारी थापा लगायतले आदिबासी जनजातीको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अन्तरिम संविधानमा आदिवासीको मुद्दा नपरेको, नयाँ संविधानमा राज्य पुनसंरचना गर्दा जनजातिको पहिचानसहित स्पष्ट हुनुपर्ने, सरकारी कामकाजको भाषामा एउटा भाषा मात्र राख्न नहुने, अन्तर्राष्ट्रिय महासन्धी आईएलओ १६९ कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका थिए ।

यसअघि महासंघले बुटवलमा विभिन्न जनजातिहरुको संस्कृति झल्किने झाँकी बाजागाजा तथा अधिकारका विभिन्न प्लेकार्ड सहितको र्याली निकालेको थियो ।
बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

-Prathaa Magar in New York, Deepak Thapa in Kathmandu & Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?