Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालमा कराँते खेलका संस्था‍पक थानेश्‍वर राईसंग बिशेष भेटवार्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 08 January 2008 12:21

'पञ्‍चायती कालमा मलाई देशद्रोही पनि भनियो।
नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन। खेलाडी भनेको बेकार को हो भन्ने नकारात्मक भाबना जनतामा छ।'



Thaneswar Rai talking with Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.Com. Photo: Nagendra Ingnam 'Atharaili'

नेपालमा कराते खेलका संस्था‍पक, नेपाली खेल जगतका गबिंला हस्‍ती थानेश्‍वर राई नेपाली खेल र खेलादीको बिकासबारे के गर्दै छन्‌ र अहिले अमेरिकाको न्यूयोर्क शहरमा के गदैंछन्‌? प्रस्तुत छ उहासँगको यो साताको भेटबातां:

युएस नेपाल अनलाइन: खेलकूद जीवनको सुरुवात कसरी गर्नु भयो?


थानेश्‍वर राई: सन १९७२ मा म ब्रिटिश आर्मीको सिग्नल रेगिमेन्‍टमा मलेशियामा हुँदा करातेको प्रशिक्षण लिएको हूँ। सन्‌ १९७६ मा सिङापुरमा भएको सितोरियो कराते चम्पिओन्शिपमा स्वणं पदक जिते पछि यो पेशामा पूर्ण रुपमा होमिएको हूँ।

युएस नेपाल अनलाइन: नेपालमा तपाईंलाई कराते खेलको संस्थापक गुरु मानिन्छ, कसरी शुरु गनुं भयो?


थानेश्‍वर राई: मैले २०३५, ३६ सालमा नेपाल आएर यो खेलको तालिम दिन लाग्‍दा कसैलाई पनि यो खेलको जानकारी थिएन। तेती खेर पञ्‍चायती कालमा मलाई देशद्रोही पनि भनियो। लुकेर सिकाउनु पर्थ्यो। जगत गौचनहरु त २०३९ सालतिर जापान गएर सिकेर आएका हुन्‌।

युएस नेपाल अनलाइन: भनिन्छ, अहिले तपाईंले सिकाएका चेलाहरु ४, ५ लाख नाघी सके...


थानेश्‍वर राई: यो कुरा सही हो। आज लाखौं खेलाडी भई सके, यो खुशीको कुरो हो।

युएस नेपाल अनलाइन: तपाईंले सिकाएका कोही त मन्त्री पनि भए होइन त?


थानेश्‍वर राई: हो। मैले त बिर्सिसकेको थिएँ। देबीप्रशाद ओझा, केशब स्थापित, सरदचन्द्र भण्डारी सबैलाई मैले एक जमानामा सिकाएको रहेछु। उनिहरु नै म कहाँ आएर भन्छन्‌।

युएस नेपाल अनलाइन: एक ताका नेपालले खेल्कुदमा निक्कै नाम कमायो, अहिले के कस्तो छ?

थानेश्‍वर राई: हो। आठौं साफ गेममा नेपालले ३२ वटा स्वणं पदक जितेको थियो जस मध्ये कराते खेलाडीले १४ वटा स्वणं पदक जितेका थिए। म प्रमुख प्रशिक्षक भएको नाताले अत्‍यन्तै खुशी भएको थिएँ। तर अहिले नेपालको खेल सुन्यमा झर्दै छ। हाम्रो देशले खेललाई लगानी नै गरेको छैन। छिमेकी मुलुक भारतले ४०० करोड खेलमा खर्च गर्छ, हामी ४ लाख पनि गर्दैनौं, अनि कसरी खेलाडीको तालिम गर्ने? सिर्फ पशुपतीनाथ भगवानको भरोसामा खेल जित्‍न सकिदैन। हामी साउथ एसियामा पनि पछि परी सक्‍यौं, माल्दिव्‍स र भुटानको सरहमा झर्दैछौं। करातेमा हामी १ नम्बरमा थियौं तर अब पाकिस्तान आइ सक्यो। यस्तो भएको सरकारी उदासिनताले नै हो।

युएस नेपाल अनलाइन: राम्रा खेलाडीहरु बिदेश पलायन भएका छन्‌, किन होला?


थानेश्‍वर राई: खेलाडी मात्र हैन कलाकार, पत्रकार, लेखक सबै पलायन भएका छन्‌। यो पनि सरकारको खेल प्रतिको उदासिनताले नै हो। खेलाडीको कुनै प्रकारको सरसुबिधा, सुरक्षा छैन। नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन। खेलाडी भनेको बेकार को हो भन्ने नकारात्मक भाबना जनतामा छ। नेपालमा खेलबाट जिबिको पाल्न अझै पनि गाहारो छ। नेपालको दर्दनाक खेलाडी जीवन त हामी खेलाडीलाई मात्र थाहा छ।

युएस नेपाल अनलाइन: अब त बहुदल फेरी आयो, केही हुन्छ कि?


थानेश्‍वर राई: आशा त गर्नु पर्छ तर बिगतमा पनि बहुदलिय सरकार भएर पनि खेल्कुदको समस्या जिउँका त्‍यूँ रहेको सम्झिदा केही चमत्कार होला जस्तो लाग्‍दैन।

युएस नेपाल अनलाइन: अझै अमेरिकातिरै बरालिँदै हुनुहुन्छ नी ?


थानेश्‍वर राई: गत बषंको अप्रिलमा लस भेगासमा भएको कराते प्रतियोगितामा भाग लिए पछि मलाई साथीहरुले नेपाल जानु अघी यहाँको ग्रीन कार्ड लिएर जाने सल्लाह दिएकोले निबेदन दिनेक्रममा अहिलेसम्म यतै छु तर अब छिट्टै नेपाल जाँदैछु। स्वदेश र बिदेसमा नेपालको साख बढाउने काम गर्ने योजना छ। निकट भबिश्यमा नयाँ दिल्ली र लस भेगासमा हुने खेलमा नेपाली खेलाडीहरुलाई सहभागी गराउदै छु।
अमेरिकामा नेपाली खेलको प्रसार गर्ने काम पनि भएको छ। गत सेप्टेम्बरमा अमेरिकास्थित नर्थ क्यरोलिनाको सार्लोट शहरमा संचालन भएको ३ तीन दिने मास्टर कुमिते अन्तराष्ट्रिय कराते प्रतियोगितामा बिभिन्न राष्ट्रका करिब ५०० खेलाडिहरूको सहभागिता रहेको प्रतिश्पर्धामा नेपालका खेलाडि चेतबहादुर सुब्बाले सफलतापुर्बक कांस्य पदक प्राप्त गरी देशको प्रतिष्ठा उच्च राखन सफल हुनु भएको छ ।


Thaneswar Rai (center) in New York with AjakoAwaj.Com members.

युएस नेपाल अनलाइन: किन ग्रीन कार्ड चहियो तपाईंलाई?


थानेश्‍वर राई: मैले अमेरिकाले दिएको अबसरलाई पुरस्कारको रुपमा लिएको छु। यहाँ बिदेसी खेलाडीहरुको ग्रीन कार्ड दिएर तुरुन्त स्वागत गरिन्छ। उ अब अमेरिकामा आउन, बस्न सक्छ, भिसाको जरुरी हुँदैन। तर खोइ नेपालले सम्मान गरेको, सुरक्षा गरेको राम्रा खेलाडीहरुलाई? म खेलाडी र ब्रिटिश आर्मीको लाहुरे हो। तर पनि नेपालको जागिरले परिवारको भबिस्य सुरक्षित गर्न सकिदैन, यो सत्य कुरो हो।

युएस नेपाल अनलाइन: बिदेशमा रहेका नेपाली खेलाडीहरुको तर्फबाट के भन्नु हुन्छ?


थानेश्‍वर राई: जो पनि नेपाली बिदेशमा बसेको हुन्छ, उस्को तन मात्र यहाँ हुन्छ, मन त नेपाल मै हुन्छ। हाम्रा सबै नेपाली खेलाडीहरु बिदेशमा बसेर नेपालको नाम राख्ने प्रयास जारी राखेका छन्‌। मैले ति सबैलाई एकताको सुत्रमा बाध्ने प्रयास गर्दैछु।

युएस नेपाल अनलाइन: तपाईंको भबिश्यको योजना के छ?


थानेश्‍वर राई: म खेल्कुद परिषदबाट अबकास लिदैछु। तर नेपाली खेल र खेलाडीको उत्थानको लागि परी रहने छु। भबिश्यमा समाज सेवा गर्ने इच्छा पनि छ।

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?