Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 07 December 2007 12:10

एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ

Exclusive interview: 5 photos: न्यू योर्क- सन् २००७ को बहुचर्चित ईण्डियन आडल गिती प्रतियोगितामा विश्व भरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङले उक्त उपाधी जित्नुभएको हो । ज्‍याकोभ जवित्स सेन्‍टरमा आयोजित "ईण्डियन आडल प्रशान्‍त तामाङ सांगितिक साँझ" को सुरुवातअघि युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले ईण्डियन आडल तामाङसंग लिएको बिशेष अन्तरवार्ता:

 


Indian Idol Prashant Tamang during the interview with USNepalOnline.Com. Photos: Pemba G. Sherpa


युएस नेपाल अनलाइन: ईण्डियन आडल जिते पछि कस्तो अनुभब गर्नु भयो?

 


प्रशान्‍त तामाङ: मलाइ यो जित्‍नु अघी नै राम्रो लागिरहेको थियो। हाम्रो मान्छेहरुबाट धेरै सहयोग र हौशला पाएको थिएँ। जिते पछि त सोच्नै नसक्ने, एक दमै राम्रो भयो।

युएस नेपाल अनलाइन: भबिश्यमा गायन र पुलिस पेशामा कुन चाँही अप्नाउनु हुन्छ?


प्रशान्‍त तामाङ: पुलिस अफिसरहरुले धेरै सहयोग गरे र गर्दै छन्‌ र म पुलिस सेवा गरी रहने छु।

युएस नेपाल अनलाइन: यो जित पछि पुलिस सर्भिसमा प्रोमोसन हुन्छकी?


प्रशान्‍त तामाङ: मेरो पद सिपाही हो। मैले सोंचेको पनि छैन कि मेरो प्रोमोसन हुन्छ कि भन्ने।


Indian Idol Prashant Tamang & USNepalOnline.com's Editor-in-Chief Pradeep Thapa Magar in pre-concert interview. Photos: Pemba G. Sherpa

युएस नेपाल अनलाइन: तपाईं भारतीय कि भारतीय नेपाली?


प्रशान्‍त तामाङ: म एउटा सिम्पल मान्छे हो। एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ। ईन्डिया मै जन्में तर आज यो जित पछि सारा नेपाली एक भएको देख्दा एक्दमै गर्ब लागेको छ।

युएस नेपाल अनलाइन: तपाईंको पुर्ख्यौली नेपालमा कता हो?


प्रशान्‍त तामाङ: पुर्खाको त मलाई थाहा भएन तर नेपालमा हाम्रो घरको मान्छेहरु छन्‌। भोटेभहालमा सुनिता नानाहरु हुनुहुन्छ। हामी उहाँलाई कान्छी बडी भनेर बोलाउँछौं।

युएस नेपाल अनलाइन: तपाईंको तामाङ थर के हो?


प्रशान्‍त तामाङ: म सिङ्‍गर तामाङ हो।

युएस नेपाल अनलाइन: विश्व भ्रमणको क्रममा नेपालीहरुबाट कस्तो स्वागत पाउनु भयो?


प्रशान्‍त तामाङ: नेपाल, हङकङ, अमेरिका म जहाँ गये पनि सबै नेपालीहरुले धेरै माया गरे, खुशी छन्‌ र हौशला दिइ रहेका छन्‌।

युएस नेपाल अनलाइन: भारतीय राष्ट्र गानका संगीतकार नेपाली नै थिए, अरु पनि नेपालीहरुको योग्दान भारतीय भुमीमा ठुलो छ। यो बिषयमा जानकारी छ कि?


प्रशान्‍त तामाङ: मलाई यो बिषयमा केही पनि जानकारी थिएन अहिलेसम्म।


Indian Idol Prashant Tamang & USNepalOnline.com's Editor-in-Chief Pradeep Thapa Magar in pre-concert interview. Photos: Pemba G. Sherpa

युएस नेपाल अनलाइन: नेपालीहरुले गरेको भौतिक र नैतीक सहयोगको बदलामा आफ्नो तर्फबाट के गर्ने बिचार छ?


प्रशान्‍त तामाङ: अहिले म वहाँहरुलाई धन्यवाद शब्द बाहेक केही दिन सक्दिन। सबैले सहयोग गरे। म अहिले रिणमा डुबेको जस्तो भएको छु। कसरी "रिपे" गर्ने भई राखेको छ। तर तेसै भएर मेरो एल्बम को नाम मैले "धन्यबाद" राखेको छु। म नेपालीको नाम अझै माथि जावोस भन्ने चाहन्छु।

युएस नेपाल अनलाइन: नेपालीमा गीत गाउनु हुन्छ होला नि?


प्रशान्‍त तामाङ: अब नेपालीको छोरो नेपालीको गीत गाएन भने त भएन नि, नेपाली गीत गाउनै पर्‍यो।


Administrative Director & Photographer Pemba G. Sherpa with Prashant

युएस नेपाल अनलाइन: विश्व भरका नेपालीहरुलाई के भन्न चाहनु हुन्छ?


प्रशान्‍त तामाङ: म यति मात्रै भन्न चाहन्छु कि संसार भरी छरिएर बसेका नेपालीहरुले जसरी मलाई सहयोग र माया दिनु भयो एसरी नै हामी सबै जना मिलेर सबैले माया बाटौं। यसरी नै हामी अगाडि बढ्‍नु पर्छ। मान्छेहरुले हामीलाई चिन्दै छन्‌, हामी अगाडि बढ्‍दैछौं। यसरी नै एकता भयो भने माथि जान सकिन्छ। तपाईंहरुले मलाई एकता र माया जसरी गर्नु भयो त्यो एकता कायमै राखौं। म त एक सुरुवात मात्र हो, सिंढी मात्रै हो। अझ हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरु कति अगाडि आउनु हुन्छ, उहाँहरुको लागि एउटा यसरी नै एकता देखायौं भने अझ सफलता हाँसिल गर्न सकिन्छ।


Senior Copy Editor Margaret Carne Thapa, Editor-in-Chief Pradeep Thapa Magar with Prashant Tamang after the interview. Photos: Pemba G. Sherpa

 

भारतीय ईतिहास मा नेपालीहरुको योग्दानको चर्चा:

Indian Idol Prashant Tamang &
Other Nepalese Indian Heroes Who Made us Proud

Prashant Tamang, an Indian of Nepalese origin, once again gave Nepalese around the world reason to be proud of our glorious past. By profession a policeman and singer, Prashant is the first contestant of Nepalese-Indian origin to win the coveted title "Indian Idol 2007".

Native of Tungsung, Darjeeling in West Bengal, Prashant Tamang is the only son of Rupa Tamang and her late husband, police officer Madan Tamang. He has one sister.

India's modern history is not complete without calling up the names of many brave and talented Indians of Nepalese origin. Many of us are unaware that the composer of India's national anthem and the song 'Jana Gana Mana', was the late Capt. Ram Singh Thakur, also of Nepalese origin.

"Ma Bhakta Chhu Afno Jaati (Nepali) ko, Mero Binti Faalaafaal Nagar
Chot laagera Dukheko Yo Dil Lai, Nun chhari Ajha Behal Nagar
Jaati Dharma Bujhen Jahiledekhi, Jaati Premamaa Jogi Bhayeko Chhu
Ma Alakha Jagaudai Duldaichhu, Malai Bhickhu bhani Apagaal Nagar"
-Mitrasen


Above quoted song's "we Nepalese" message is a witness of 19th century's most memorable Nepalese folk song composer and singer Master Mitrasen Thapa Magar (1895-1946) of Bhagsu, Dharamshala, Himachal Pradesh, India, is another Indian of Nepalese origin who, at the very first time, successfully united the Nepalese of Nepal, India, Burma and beyond.


During the Indian Independence Movement, thousands of Nepalese and Indians of Nepalese origin fought the colonial British Raj and sacrified their lives for the freedom of India. Nepalese Indian martyrs Major Durga Malla (executed in Old Delhi Jail, near Delhi Gate-August 24, 1944) and Capt. Dalbahadur Thapa (executed at Central jail, near Lal Killa, Delhi-May 3, 1945) were among the Indians who were executed by British Raj.

77 years ago (1930) when Mahatma Gandhi launched his famous Salt Satyagraha (Salt March), the most inspiring event in the history of the freedom movement of India, there were two Nepalese (Mahavir Giri and Kharag Bahadur Singh Giri) among 78 other satyagrahha marchers.

2500 years ago, Gautam Buddha, who is known as 'Light of Asia', was born in Lumbini, Nepal but his enlightenment was attained in Bodh Gaya, India. Most of his life-long preaching took place in Northern India and thus enriched the ancient Indian philosophy by spreading the message
of love and peace.

Last but not least, we should not forget to salute the bravery, martyrdom, honesty and loyalty of hundreds of thousands Gorkhali (Nepalese) who have been serving in Indian army and fought many wars in Kargil to Kohima to protect Indian sovereignty and its independence.


Be proud to be a Nepalese (Nepali). Celebrate the success of Prashant and spread the news of the glorious present and past of Indians of Nepalese origin.


-Pradeep Thapa Magar
Editor-in-Chief
www.USNepalOnline.com

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?