| "मैले चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै छु" -कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ |
|
|
|
| Written by Administrator | |
| Saturday, 26 January 2008 10:47 | |
|
यो साता युएस नेपाल अनलाइन डट कमले उनको न्यूयोर्क शहरको निवासस्थानमा गएर भेट गर्यो । त्यतिखेर उनका आँखा भरी नेपालप्रतिको माया र उनका बिचारमा नयाँ नेपाल निर्माणको रुपरेखा झल्किएको देखिन्थ्यो। यसपाली हामीले उनीसँगको झन्डै सवा घण्टा लामो कुराकानीको मुख्य भाग प्रस्तुत गरेकाछौं, पढ्नुहोस्:
गौतम: यतिका बर्षसम्म दिन रात काम गरेर अहिले एक महिना भयो काम गर्न छोडेको। अहिले मेरो जिउ हलुङ्गो भएको छ। आनन्द लागेको छ। अब म मेरो जिबनको नयाँ अध्याय शुरु गर्न नेपाल जाँदै छु। र, म यस कुराले निक्कै उत्साहित र प्रेरित भएको छु। गौतम: दुइटै तवरले हो। हुन त मैले चाहेको भए अरु केही बर्ष काम गर्न सक्थें। युएनमा यो तहमा उमेरको हद बन्दी हुँदैन। तर मैले यसो बिचार गर्दा त नेपाल छाडेको ४० बर्ष भएछ। तेसैले मेरो उमेर, स्वास्थ्य राम्रो हुँदै देशमा फर्केर देशको निम्ती पनि त केही गरौं भन्ने उत्साहले अहिले सेवा छोड्नु ठीक समय लागेर यो निर्णयमा पुगेको हुँ। गौतम: त्यो त धेरै लामो कहानी छ, तर छोटकरीमा भन्दा सन् १९७३ को जूनमा मैले शुरु गरेको थिएँ। र, मलाई क्याम्बोडियामा गएर काम गर्ने अबसर दिइयो। उतिखेर म अमेरिकामा पढ्न आएको थिएँ-१९६८-७१ सम्म। अमेरिकामा भियतानामको लडाईंको बिरुद्धमा ठुलठुलो आन्दोलन भई रहेको थियो। तेसमा म सकृय थिएँ। तेतिखेर मलाई के लागेको थियो भने यती सानो मुलुक भियतनामले कसरी शक्तिशाली अमेरिकालाई परास्त गर्न सक्यो। तेसै समयमा सन् १९७३ मा पेरिस सम्झौता भयो र भियतनाममा शान्ती आउने कुरा भयो। यता युएनले उद्धार र पुनर्सम्रचना (Relief and Reconstruction) गर्ने कार्यक्रम बनायो। मैले भियतानाम जाने सोचले युनिशेफमा निबेदन दिएको थिएँ तर अन्तर्वातामा चुनिए पछि मलाई भियतनामको सट्टा क्याम्बोडिया पठाइयो। गौतम: यो एउटा संयोग नै हो। यो ३५ बर्षमा मैले धेरै युद्ध पीडित देशहरुमा काम गर्ने मौका पाएँ र त्योबाट धेरै शिक्षा लिन सकिन्छ। कति देशमा लडाईं पछि शान्ती आउँछ तर शान्ती पछि पुनर्निर्माण र प्रजातन्त्र बिकास गर्ने कुरामा गल्ती हुन जान्छन् अनि शान्ती छाएको ४, ५ बर्ष पछि फेरी लडाईं शुरु हुन्छ। यसो भएको बिगतबाट हामीले शिक्षा लिन नसिकेको हुनाले हो। गौतम: सबैभन्दा महत्वपूर्ण चाँही सन् १९९० मा जतिखेर म युनिशेफको कार्यकम निती निर्देशक थिएँ, विश्वमा पहिलो पटक बालबालिकाकालागि विश्व शिखर सम्मेलन (World Summit for Children) न्यू योर्कमा सम्पन्न भएको थियो, जसमा संसार भरका राष्ट्रपति, राजा, प्रधानमन्त्री जस्ता राजनेताहरु भेला भएका थिए। त्यो सम्मेलनको बाल घोषणा पत्र निर्माण गर्न मलाई जिम्मेवारी दिइएको थियो। त्यो घोषणा पत्र विश्व भरका राजनेताहरुबाट पारित हुनुलाई म ऐतिहासिक ठान्दछु। गौतम: मेरो बिचारमा अली अली गर्दै प्रगतीहरु हुँदै छ। कुनै देशमा राम्रो हुँदै छ भने कुनै देशमा राम्रो भएर पनि लडाईंको कारण, एड्सको कारणले नकारात्मक परिणाम आइ रहेका छन्। मैले सेवा शुरु गर्दा पाँच बर्ष मुनिका एक करोड साठी लाख बच्चा बर्सेनी मर्दथे भने आज ९७ लाख मात्र मर्ने स्थितिमा झरेको छ। १९९० देखी १९५० को यो सहश्राब्दी बिकास बर्षको लक्षअनुसार बाल मृत्यु दर दुई तिहाइले घटाऊने र आमाको मृत्यु दर तीन चौथाइले घटाऊने भन्ने छ। तेसै गरी गरीबिको उन्मुलन आधा घटाऊने भन्ने छ। कतिपय लक्ष पुरा नहुने पनि सम्भाबना किन छ भने उदाहरणकोलागि अफ्रिकामा बाल मृत्यु दर बढेर गएको छ । त्यहाँ एड्स रोगको प्रकोपको करणले यस्तो भएको हो। गौतम: नेपालीहरु संसार भरका संघसस्थाहरुमा रामो काम गर्दै आएका छन्। त्यस्मा म निक्कै खुशी छु। अहिलेलाई माथिल्लो तहमा नभए पनि जुनियर र मध्यम तहमा धेरै नेपालीहरु छन्। गौतम: मलाई त अबश्य पुग्छन् भन्ने पूर्ण विश्वाश छ। र मभन्दा पनि माथि जानु पर्छ। नेपालीहरुले अबसर पाएमा ति पद सम्हाल्न सक्दछन् । मेरो कामना र विश्वाश यही छ। गौतम: अब म नेपाल फर्किदै छु। मेरो मुख्य कर्मस्थल पनि अब नेपाल नै हुनेछ। मैले मेरो जतिसक्दो समय नेपालको बिकासको लागि दिन चाहन्छु। तर म राजनीतिमा लाग्ने र सरकारमा सामेल हुने छैन। त्यो मेरो रुचीको कुरो होइन। म मेरो विश्वको अनुभबलाई लिएर स्थानिय स्तरमा गएर त्यहाँ भईरहेका रचनात्मक कार्यहरुलाई सहयोग र प्रोत्साहन दिने योजना छ। देश बिकास गर्न महिला उत्थानको ठुलो आबश्यक्ता भएकोले महिला शसक्तिकरणका कार्यक्रममा सहयोग गर्ने र बालिकाहरुको शिक्षामा जोड दिनलागि पर्ने छु। तेसै गरी, यो गएको १०, १२ बर्षमा जुन क्षति भयो त्यो घाऊलाई निको पार्न बिकास र पुनर्निर्माणकोलागि अन्तरराष्ट्रिय सहयोग जुटाउन प्रयास गर्ने छु। गौतम: त्यो त अली हचुवाको (hypothetical) कुरो भयो तर त्यस्तो मप्रति विश्वाश र सद्भाब राखेर मेरो सहयोगको प्रस्ताब आयो भने म त्यस प्रस्ताबलाई सोच्ने छु। Certainly, I will entertain the proposal. तर मलाई अझै पनि देसको बिकास गर्न सरकार मै जानु पर्छ भन्ने लाग्दैन। सरकार बाहिर बसेर पनि काम गर्न सकिन्छ। गौतम: मेरो आफ्नो अनुभब बिकास र पुनर्सम्रचना सम्बन्धी भएकोले यो बिषयमा सल्लाह र सहयोग दिन म तयार छु। मेरो अनुभब र रुची राजनीतिभन्दा आर्थिक र सामाजिक बिकास भएकोले तेसैमा आफ्नो समय लगानी गर्ने छु। गौतम: यो पेपर मैले नेपालका सबै दलका नेताहरुसँग परामर्श गरेर तयार गरिएको नीति र कार्यक्रमपत्र हो। यसमा अझै छलफल होस् भन्ने चाहन्छु।
गौतम: हाम्रो देशको ईतिहासमा के भएको छ भने जो पक्षपात, जातीय, लैगिक, भेद्भाब थिए तिनीलाई ढाक छोप गरेर राखिएका थिए अहिलेसम्म। यो कुराहरु बाहिर प्रकाशमा आउनु र पिछडिएका, शोषित बर्गहरुले आफ्नो अधिकारहरुको माग गर्न थाल्नु सकारात्मक कुरा हो तर यि माग पुरा गर्न हातहतियार बोकेर जानु, हिंसातिर जानु अबान्छनीय हो। तर माग चाँही जायज छन्। त्यस्ता बिषयहरुमा छलफल हुनु पर्छ, शान्तीपूर्ण किसिमले समाधानका बाटाहरु पहिल्याउनु पर्छ। युएस नेपाल अनलाइन: तपाईंका ब्यक्तिगत रुचिका कुराहरु के के छन्? गौतम: म बचपनमा साहित्यमा निक्कै चाख राख्थें। कबिता लेख्थें, पढ्थें। म हाइ स्कुल छँदा खेरी नै नेपाली साहित्यमा लेखिएका उत्कृष्ट रचनाहरु, जस्तो लक्ष्मीप्रसाद देबकोटाका जम्मै ग्रन्थहरु, भिमनिधी तिवारी, वालकृष्ण सम, लेखनाथ पौडेललगायतका रचनाहरु पढेको थिएँ। यो बिषयमा अझै पनि चाख छ तर म धेरै बर्ष बाहिर मुलुकमा भएको हुनाले नेपाली साहित्यबाट धेरै पर भएको छु। नेपाल फर्केपछि फेरी नेपाली साहित्य, संगीत र कलामा के कति प्रगति भईरहेको छ, त्यस बिषयमा मैले आफुलाई अप-टु-डेट गराउन चाहन्छु। गौतम: पहिले पहिले कलम चलाऊथें अब हेरौं कस्तो हुन्छ। मलाई अहिले ठूलो समस्या के भा'छ भन्दा ४० बर्ष देश बाहिर भएको हुनाले मेरो नेपाली लेखाइ नै बिग्रेर गएको छ। अभ्यास गर्न मौका पाएको छैन। तेसै भएर स्वदेश फर्के पछि मैले देशलाई पुनराबिश्कार गर्नु छ। नेपाल धेरै बदलिइ सकेको छ। नेपालका गाउँ गाउँमा गएर, त्यहाँको बस्तुस्थिती बुझेर अनुभब बटुल्नु छ। त्यसपछि मलाई प्रेरणा आयो भने लेखुँला पनि। गौतम: हो। तेसै गर्ने बिचार छ। गौतम: त्यो बेला त अनकन्टार गाउँ नै भन्नु पर्यो। त्यहाँ स्कुल, हुलाक, खानेपानी, मोटार बाटो केही पनि थिएन, त्यस्तो ठाउँमा हुर्किएँ म। अहिले म जति सुकै सफल भएर जति ठुलो मान्छे भए पनि त्यो गाउँको, त्यो बचपनमा खेलेका ठाउँहरु, आफुले खेलाएका साना साना खेलौनाहरुको याद आउँछ-मेरो हृदयमा ति कुराहरु अहिलेसम्मै अति प्रिय छन्। Those moments continue to be dear to my heart. गौतम: मेरो बसोबास त काठमाडौं मै हुन्छ होला। तर अहिले संसार धेरै बदली सक्यो। अहिले भुमन्डलीकरण (Globalization) भई सक्यो जस्ले गर्दा पहिले जस्तो गाउँमा जान त्यती गाहारो छैन। म काठमाडौं बसे पनि गाउँ ठाउँमा गैरहने छु। गाउँको बस्तुस्थिती बुझेर, गाउँको बिकासमा बिशेष प्राथमिकता दिनेछु। र विश्वसँग सम्पर्कित पनि भई रहने छु। अहिले गाउँको सेवा गर्न गाउँ मै बस्नु पर्छ भन्ने छैन। वास्तवमा, नेपालको सेवा गर्न नेपाल मै बस्नु पर्छ भन्ने पनि छैन। प्रबासमा बसेर पनि नेपालीहरुले नेपाललाई ठूलो सेवा गर्न सक्छन्। गौतम: हाम्रो देश नेपालको भबिश्य धेरै राम्रो छ, हामी भाग्यशाली हौं। हाम्रो एकातिर चीन र अर्कोतिर भारत, संसारका ठूला र सबैभन्दा छिटो छिटो बिकास भईरहेका मुलुक जो भबिश्यका अर्थतन्त्रका सुपर पावर (Economic super powers of the future) हुन् । त्यस हिसाबले पनि नेपाललाई बिकास गर्न सजिलो हुनेछ। हामीलाई उत्तर र दक्खिनमा एक-एक अर्ब जनताको बजार छ। नेपाली युबाहरु र बिशेष गरी हाम्रा नेताहरुलाई म के भन्न चाहन्छु भने देशको बिकास र भबिश्यकोलागि बालबालिकामा लगानी गरौं (Let's invest in children)। उनिहरुको शिक्षा, स्वाथ्य, खानेपानी, बाल अधिकारलाई मुख्य प्राथमिकता दिनु पर्छ। तेसो गरेमा हाम्रा भाबी पिंढि नेपालकालागि एक सम्पन्न साधन स्रोत हुने छन्। हामी कहाँ बिजुली, पर्यटनको पनि ठाउँ छ। नेपालले सही बाटो अपनायो भने हामी कहाँ असीमित अबसरहरु (unlimited opportunities) छन्। गौतम: हामी बिदेशमा रहेर पनि नेपालको सेवा गर्न सकिन्छ। तपाईंहरु हीनत्व भावना नलिनुहोस्। यहाँ बसेर पनि तपाईंले सक्दो सहयोग गर्न सक्नु हुन्छ। जुनसुकै काम गरे पनि त्यो काममा उत्कृष्टता हाँसिल गरेर उदाहरण बन्नुहोस्। देशलाई सम्झी रहनुहोस्, माया नमार्नुहोस्, नेपालमा लगानी गर्नुहोस् तर जुन देशमा बस्नुभएको छ त्यस देशमा भिज्ने, तेस देशमा पनि प्रभाब पार्न सक्ने बन्नुहोस्। हामी नेपाली जति बाहिर सफल हुन सछौं उति नेपालको बिकासमा योगदान दिन सकिन्छ। गौतम: म बाँकी जीवन नेपालमै बिताउन चाहन्छु, तेसै भएर नेपाल जान लागेको हो। मैले चाहेको भए यतै अमेरिका मै बस्न सक्थें। अरु ठाउँबाट पनि मलाई कामको अफरहरु आइरहेका छन्। तर म आफुलाई अत्यन्तै भाग्यमानी ठान्दछु किनभने मैले त्यति सानो पिछडिएको गाउँको मान्छे भएर पनि अन्तरराष्ट्रियस्तरमा यसरी काम गर्न पाएँ। अब मैले नेपालको रिण तिर्नु छ। किनभने म जति सफल भएँ तेसमा त्यही गाउँ ठाउँको हावापानी खाएर हुर्केको, त्यहिका जनताको माया, ममताले प्रेरणा पाएर म सफल हुन सकेको हुँ र मैले त्यो रिणलाई तिर्नु पर्छ। तेसैले मैले ब्यक्तिगत रुपमा आफुले पढेको स्कुललाई केही सहयोग दिएर पुनर्निर्माण गर्दैछु, गाउँको सामाजिक बिकासमा पनि केही गर्दैछु। यस्तै प्रकारले सिङ्गो देशलाई नै सहयोग गर्न चाहन्छु। र मेरा अन्तिम दिनहरु, क्षणहरु नेपाल मै बितून्। नेपाल हरा भरा भएको, प्रगति भएको हेर्न पाऊँ, तेसैमा नै मलाई सबैभन्दा ठूलो सन्तोष हुनेछ। Read our exclusive reporting on: संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India Not enough of reading us? Visit our multi-media channels:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली





















Comments