Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानी विद्यार्थी आन्दोलनका प्रथम शहीद मनिल तामाङको परिवारलाई क्षतिपूर्ति दिने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Friday, 02 April 2010 15:04

काठमाडौं- नेपाल सरकार मन्त्री परिषदको २०६६ चैत्र १७ गते बसेको बैठकले गत २०६५ चैत्र ६ गते लिम्बुवानी विद्यार्थी आन्दोलनको क्रममा धुलाबारी, झापा, लिम्बुवानमा सशस्त्र प्रहरीद्वारा गोली हानी हत्या गरिएका संघीयवादी लिम्बुवानी विद्यार्थी आन्दोलनका प्रथम शहीद मनिल तामाङको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. दशलाख प्रदान गर्ने निर्णय गरेको छ ।

Late martyr Manil Tamang. Photo courtesy: DB

सङ्गठनको माग अनुसार गत २०६६ जेष्ठ १२ मै सरकारद्वारा शहीद घोषणा गरिएका शहीद मनिल तामाङको परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदअन्तर्गतको भातृसङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको विशेष पहल र आन्दोलनको बलमा बल्ल रु. दशलाख क्षतिपूर्ति दिने निर्णय भएको हो ।

संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदका सदस्य मनिल तामाङलाई विद्यार्थी आन्दोलनको क्रममा हत्या गरी राष्ट्रिय शहीदसमेत घोषणा गरिएको करिब वर्षदिन बितिसक्दा पनि परम्पराअनुसार दिँइदै आएको क्षतिपूर्ति नदिइएका पछि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र यसको भातृ सङ्गठन संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदले विभिन्न चरणमा सरकारलाई ज्ञापन पत्र दिएर आन्दोलन गर्दै आएको थियो । यही सिलशिलामा निर्णायकआन्दोलनको घोषणा गर्दै गत चैत्र ६ गते लिम्बुवान बन्द गरेर पनि माग पूरा नभए ८ गतेबाट अनिश्चितकालीन लिम्बुवान आम हड्तालको कार्यक्रम तय गरेको थियो । तर, चैत्र ६ गतेको लिम्बुवान बन्दपछि सरकारसँग बैठक बसी माग पूरा गर्ने मौखिक आश्वासन भएपछि चैत्र ८ गतेदेखि गर्ने भनिएको आमहड्तालको आन्दोलन स्थगन गरिएको थियो ।

शहीद मनिल तामाङ पृथ्वीनगर ४ झापा लिम्बुवान निवासी हुन् र उनको जन्म २०४९ मङ्सिर २ गते भएको हो ।

-DB Angbung Limbu in Kathmandu

Comments

avatar Prem Tamang
0
 
 
Yo chhetipurti ko laagi bhandaima sarkaar duwara goli thokdai Nepali janta haruko jyan nai linu bhaneko ramro bichaar ta hoina jasto laagchhu.Yesta chheti purti bhaneko kasaiko goji bata dieko nabhaera yinai Nepali janta haru bata nai uthaeko raajasowko paisa nai ho bhanne Nepali raajnitik netta jyu harule bujhnu awashynai jaruri chhan.Yadi yestai goli thokdai 10 laakh paisa chheti purtiko naam ma dindai janchhan bhane Nepalko shaanti ra sushasan ma kahile pani sudhaar audaina ra yeska sattama jhan badhi jagjagi nahola bhanna sakdaina.Life is life,the money is not the life bhanne bujhau mitra raajnitichhya jyu harule.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?