Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस चलाउने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Friday, 05 March 2010 18:59

धरान, लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको बैठकद्वारा अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस चलाउने निर्णय गरेकोछ।
परिषदको दोस्रो ऐतिहासिक विस्तारित बैठक २०६६ फागुन १६, १७ र १८ गते सुनसरीको धरान, लिम्बुवानमा सङ्गठनका अध्यक्ष कुमार लिङदेन 'मिराक' को अध्यक्षतामा सम्पन्न भयो ।

तीन दिनसम्म चलेको उक्त बैठकमा लिम्बुवानका ९ वटै जिल्ला, उपत्यका र सबै भातृसंगठनहरुको समेत प्रतिनिधित्व र सहभागिता रहेको थियो । सो विस्तारित बैठकले हालसम्मको लिम्बुवान आन्दोलनको समीक्षा गर्दै विभिन्न सुझाव र आगामी कार्यक्रमसहितको प्रतिवेदनहरु प्रस्तुत गरेर सोउपर गम्भीर छलफल र बहस गरी तपशीलका निर्णयहरु गरेको कुरा धरानमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ:

१. विस्तारित बैठकमा केन्द्रीयराज्य समितिको तर्फबाट अध्यक्ष कुमार लिङदेन 'मिराक'बाट प्रस्तुत राजनीतिक प्रतिवेदन, जिल्ला समिति र सबै जनसङ्गठनबाट प्रस्तुत प्रतिवेदनहरु विस्तारित बैठकले थप सुझावसहित पारित गरेको छ ।
२. लिम्बुवानको ऐतिहासिक भूमि नौ जिल्लासहितको सिमाङ्कन सबैभन्दा टड्कारो विषय बनेर हाम्रोसामु उभिएको छ । मोरङ, झापा, सुनसरी, धनकुटा र सङ्खुवासभाका जनताहरुको घर-घर, टोल-टोल, स्कूल/कलेजहरुमा विभिन्न गन्यमान्य बुद्धिजिवीहरुमा विभिन्न राजनीतिक पार्टी एवम् सामाजिक-सांस्कृतिक-खेलकुद संगठनहरुमा गएर अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस/छलफल चलाउने र लिम्बुवानको पक्षमा जनमत सृजना गर्न झापा, मोरङ, सुनसरीलाई 'मिशन जे.एम.एस.' र धनकुटा सङ्खुवासभालाई 'मिशन डी. एस.' नामकरण गरी आन्दोलनको अभियान सञ्चालन गर्ने। सो अभियान सञ्चालन गर्न 'मिशन जे. एम. एस.' का लागि ९ वटा टोली र 'मिशन डी. एस्.' का लागि ४ वटा टोलीहरु निर्माण गरी यो मिशनमा पठाउने निर्णय गरियो । यो अभियानहरु लिम्बुवान प्राप्तिको निर्णायक आन्दोलनको तयारीहरु हुनेछन् ।
३. २०६६ चैत्र २५ गते धनकुटाको पाख्रीबास र चैत्र २७ गते सङ्खुवासभाको खाँदबारीमा 'विशाल लिम्बुवानी आमसभा' को आयोजना गर्ने ।
४. यही फागुन २१ र २२ गते उर्लाबारीमा सम्पन्न हुने संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउने। त्यसका लागि परिषदले सबै खाले सहयोग गर्ने। साथै, विद्यार्थी संगठनका सबै जिल्ला कार्य समितिहरुको नियमित सम्मेलनहरु गर्ने । ५. लिम्बुवानका पक्षमा अभिमत जाहेर गर्न संविधानसभा अध्यक्ष र संवैधानिक समितिहरुमा लिम्बुवानका विभिन्न आदिवासी तथा सम्पूर्ण लिम्बुवानवासी जातिहरुको प्रतिनिधिमुलक डेलिगेशन तत्कालै लैजाने ।
६. लिम्बुवानको साजुहाङ पालुङवाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदसँग सहकार्य गर्न एक हप्ताभित्रमा वार्ता छलफल शुरु गर्ने । जसका लागि उपाध्यक्ष ज्ञानबहादुर इम्बुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
७. प्रतिक्रान्ति भयो भने लिम्बुवान दिइएन भने र लिम्बुवानलाई टुक्र्याइयो भने लिम्बुवान आन्दोलनको रक्षाको लागि हुने निर्णायक आन्दोलनको तयारी गर्ने ।
८. जेठ १४ मा संविधान घोषणा गरिएन भने वा संविधान नै नलेख्ने षडयन्त्र भए लिम्बुवानले आफ्नै सरकार सञ्चालन गर्न लिम्बुवानको छायाँ सरकार निर्माण गर्ने ।
९. लिम्बुवानको आन्दोलनलाई नै बिकृत पार्ने गरी भइरहेको चन्दा आतङ्कलाई कडाइका साथ रोक्ने ।
१०. लिम्बुवानका सबै स्कूल कलेज/क्याम्पस र कार्यालयहरुमा फूलबारी र शौचालयहरु एकदेखि दुई महिनाभित्रमा अनिवार्यरुपमा निर्माण गर्न र तन्दुरुस्त राख्न आग्रह र सहयोग गर्ने । यदि नगरिएमा तालाबन्दी गर्ने । यो लिम्बुवान निर्माणको प्रारम्भिक अभियानहरुमध्ये एक हुनेछ ।
११. लिम्बुवानमा अनाधीकृत रुपमा रुख कटानी गर्न रोक्ने । व्यवशायिक रुपमा जति पनि रुखहरु कटानी भइरहेका छन् यसमा एक रुख कटानी गरे बराबर दश रुख रोप्ने र हुर्काउने खर्च भरपर्दो संस्थामार्फत् जम्मा गर्नुपर्ने तब मात्र काठहरु निकासी गर्न पाउने गरी सम्बन्धित् पक्षसँग परामर्श गरेर सो अभियान साचालन गर्ने ।
१२. लिम्बुवानको उब्जनशील भूमिमा प्लटिङको नामले भइरहेको मरुभूमिकरण र व्यापारीकारणलाई रोक्न आई.एल.ओ. महासन्धि १६९ अनुसार सम्बन्धित् स्थानीय आदिवासीहरुसंग परामर्श गर्न लगाउने र भूमाफियाकरणलाई रोक्ने ।
१३. लिम्बुवानका आदिवासी दलित महिलाहरुलाई रोजगारीलगायत राज्यको हरेक निकाय र क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको अवसर प्रदान गरिनुपर्ने आन्दोलनलाई निरन्तरता दिने ।
१४. २०६५ चैत्र ६ गते शहीद भएका विद्यार्थी मनिल तामाङको परिवारलाई रु. १० लाख क्षतिपूर्ति गराउन कडा आन्दोलन गर्ने ।
१५. वैकल्पिक केन्द्रीय सदस्यहरु धनराज सुब्बा, देउकुमार लिङलेकू, चौकीदार तामाङ र महनप्रसाद थलङलाई यसै विस्तारित बैठकबाट केन्द्रीय सदस्यमा पदोन्नति गरिएको छ । साथै, निम्नानुसारका थप राष्ट्रिय पार्षदहरु निर्वाचित गरिएका छन्-
तेह्रथुमबाट प्रेमबहादुर तुम्बाहाङफे, डिल्लीश्वर तुम्खेवा, दिपक सम्बाहाङफे र खेलप्रसाद सम्बाहाङ्फे; धनकुटाबाट रसफुल लुङ्बा, फौदसिङ चोङबाङ, कमलसिङ तिगेला, हरिबहादुर इवा, गुरुप्रसाद लिम्बू र गंगाहाङ तिगेला; सुनसरीबाट कृष्णमान थेबे, रणहाङ एभेङ, धनपति चोङबाङक्याक् र स्वर्णिमहाङ फोम्बो; झापाबाट पुष्पा लिङदेन, दिलकेशर थापा क्षेत्री, ओम वनेम, लाजित नेम्बाङ र दुर्गा तिमिल्सिना; इलामबाट प्रेम राई, गंगा सावादेन, रिन्छेनकाजी हेल्मो र डिकीलमू काजी लेप्चा; र उपत्यकाबाट दुर्गा ओख्राबो, पदम तुम्बाहाङफे, केदार धिमाल र मोरङबाट अजित धिमाल रहेका छन् ।
१६. यसै विस्तारित बैठकले संघीय लिम्बुवान कलाकार परिषदका संयोजकमा परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङ, संघीय लिम्बुवान मजदुर परिषदको संयोजकमा पारुहाङ खम्बू र संघीय युवा माचको संयोजकमा नगेन्द्र राईलाई जिम्मेवारी तोकिएको छ ।
१७. परिषदका केन्द्रीय सदस्य कृतिमान मादेनलाई ताप्लिजोङ जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।
१८. संगठनको मुखपत्र 'साझा लिम्बुवान' लाई नियमित रुपमा प्रकाशन गर्न संघीय लिम्बुवान पत्रकार परिषदलाई जिम्मेवारी तोकिएको छ ।
१९. संघीय लिम्बुवान राज्य परिषदका महासचिव झन्त पालुङ्वा 'लासिम' सचिवालय सदस्य मुक्कुम नेम्बाङ, केन्द्रीय सदस्यहरु मित्र लिङदेन, डिल्ली मिभक 'तेन्धङहाङ' र प्रकाश राईलाई अर्कै संगठनमा प्रवेश गरेकोले परिषदको विधानको धारा ४५ अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

विस्तारित बैठकको उद्घाटन सत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पनि अध्यक्षको रुपमा भर्खरै निर्वाचित भएका लिम्बुवानका अध्यक्ष कुमार लिङदेन 'मिराक' लाई खादा ओडाई स्वागत गर्दै बधाई दिइएको थियो । यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तामाङसालीङका कार्यवाहक अध्यक्ष सिङमान तामाङलाई पनि खादा ओडाई सम्मान र स्वागत गरिएको थियो । साथै भर्खरै साजुहाङ समूहको लिम्बुवानबाट जिल्लास्तरमा एकीकरण गरेका तेह्रथुमका अध्यक्ष प्रेम तुम्बाहाङफेलाई पनि फूलको गुच्छाले स्वागत गरिएको थियो ।

बैठकमा लिम्बुवानका अभिन्न भूभाग धनकुटाको 'पाख्रीवास' र संखुवासभाको 'खाँदबारी'मा ऐतिहासिक विशाल लिम्बुवानी आभसभा गर्ने निर्णय भएपछि सो कार्यक्रमको सहयोगका लागि तामाङसालीङका कार्यवाहक अध्यक्ष तथा बैठकका विशिष्ट अतिथि सिङमान तामाङबाट रु. २५,००० आर्थिक सहयोग गरिएको थियो ।

त्यसैगरी, लिम्बुवानका केन्द्रीय सदस्य दिलकुमार फोम्बोबाट लिम्बुवानको कार्यायलमा सञ्चारको साधन व्यवस्थापनका लागि रु. ६,००० सहयोग भएको थियो । लिम्बुवानवकै कार्यक्रमअन्तर्गत फागुन २१ र २२ मा लिम्बुवानको उर्लावारी मोरङमा संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको प्रथम राज्य सम्मेलन हुने कार्यक्रम रहेको छ ।

-DB Angbung Limbu in Dharan

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?