Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अरुण नदीको आय श्रोतलाई लिम्बुवान र खन्बुवानले बाँडीचुडी गर्ने प्रस्ताब PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Friday, 09 April 2010 18:29

Exclusive: धनकुटा, लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सङ्खुवाखोला - अरुण - सप्तकोशी पूर्वको नौ जिल्लाहरुलाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने उद्देश्यले 'मिशन डीएस्' नामकरण गरी सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो दिन चैत्र २५ गते पाख्रीवास धनकुटामा आयोजना गरिएको विशाल लिम्बुवानी आमसभा भव्यतापूर्वका सम्पन्न भएको छ ।



Kumar Lingden speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

कार्यक्रममा सभाका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सभालाई सम्बोधन गर्दै संघीयतामा जानु भनेको नै सहमति र सम्झौता रहनु हो त्यसका लागि लिम्बुवानलाई मिचेर किरात वा अन्य राज्य बनाउन खोज्नेहरुलाई मिल्न वा सहमतिका लागि ४ वटा प्रस्तावहरु राख्नुभयो ।




पहिलो प्रस्तावमा, अरुणपूर्व लिम्बुवान राज्य कायम भएपछि अरुण नदीबाट उत्पादन हुने सम्पूर्ण विद्युत र पानी आदिको आयस्रोत खम्बुवान/किरात र लिम्बुवान राज्यले आधाआधा उपभोग गर्ने, दोस्रो खम्बुवान/किरात राज्यमा लिम्बुवान भएर जाने लोकमार्गमा लिम्बुवानले कुनै पनि हालतमा कहिले पनि बन्द वा हड्ताल नगर्ने, तेस्रो लिम्बुवानमा रहने अरुण आसपासका आदिवासीलाई विशेष सुविधा र ग्राहयता दिने र चौथोमा लिम्बुवानमै रहने अन्य किरातमूलका जाति तथा सम्पूर्ण आदिवासीहरुलाई अधिकारसम्पन्न स्वायत्तताको व्यवस्था हुने बताउनुभयो । लिङदेनले थप हुनु भयो 'हामी सहमति र सहकार्यका लागि यति सहमतिमा आउन तयार छौं । किरात र लिम्बुवानको मुद्दा राजनीतिक भएकोले हामी राजनीतिक रुरपै यसको समाधान गर्न चाहन्छौं । हामीले यो सिमानाको विवादमा अरु एकात्मकवादीहरुलाई खेल्ने वा रजाइँ गर्ने मौका दिनु हुन्न ।'


Dev Naerayang Lawati speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

आमसभाको शुभाराम्भ हुनुअघि पाख्रीवास बजारलाई नाराजुलुसहित परिक्रमा गरिएको थियो । पाख्रीवासको मुल बजारबाट शुरु गरिएको जुलुशमा 'अरुणपूर्व नौ जिल्ला लिम्बुवान कायम गर; संघीयता विरोधीहरु होसियार; अपूरो लिम्बुवान चाहिँदैन, लिम्बुवानलाई टुक्र्याउन पाइँदैन; मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् जिन्दावाद; लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो' लगायतका नाराहरु लगाइएको थियो ।


Khagendra Makhim speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीद्वारा स्वागत गरिएको कार्यक्रमको उद्घाटन आमसभाका प्रमुख अतिथि संघीय मञ्च तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिष्दका अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

आमसभालाई सम्बोधन गर्नेक्रममा परिषदमका राष्ट्रिय पार्षद तथा संघीय आठपरिया स्वायत्त परिषदका संयोजक अष्टबहादुर आठपरियाले आठपरिया जातिहरु 'राई' नभएकोले आठपरिया जातिकै रुपमा आदिवासी जनजातिमा सूचीकृत गरिनु पर्ने तर त्यसमा राई तथा किरात राई यायोख्खाले अवरोध गरिरहेको बताउनु भयो । र, आठपरिया जातिहरुको आदिभूमि धनकुटा लिम्बुवान राज्यमै पर्नुपर्ने माग राख्नुभयो ।


Shanta Yonghang speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य संगम खनाल, मञ्चसम्बद्ध लिम्बुवानअन्तर्गत संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङगाई धिमाल, संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ र महासचिव अमृत थेबेले पनि सम्बोधन गर्नुभएको थियो ।

मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका द्वितीय महासचिव फक्ताङलुङ योङहाङले अरुणपूर्व ९ जिल्ला लिम्बुवान कायम गरिनु पर्ने त्यसमा पनि धनकुटाका सम्पूर्ण भूभागहरु लिम्बुवानमै पर्नुपर्ने र त्यसको लागि सम्पूर्ण धनकुटावासी जनताहरु जुर्मुराएर उठ्नुपर्ने विचार राख्नुभयो ।


Amrita Thebe speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

त्यसैगरी, परिषदकै महासचिव सूर्य माखिमले सभालाई सम्बोधन गर्नेक्रम्मा संविधानसभामा राज्यको पुनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको अपूर्ण लिम्बुवानप्रति असहमति जाहेर गदै् तत्कालै संविधानसभामार्फत नै अरुणपूर्व लिम्बुवानका सम्पूर्ण भूभागलाई लिम्बुवानमै समेटेर संविधान जारी गर्न आग्रह गर्नुभयो । साथै, त्यसो नगरिएको सोका लागि हजारौ वर्षसम्म पनि लिम्बुवानी जनताहरु लडाइँ गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

यसैगरी, परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर इम्बुङले लिम्बुवानको भूमिलाई अतिक्रमण गर्ने अधिकार कसैलाई नभएको नेपालकै इतिहासमा विशिष्ट इतिहास बोकेको लिम्बुवानको सिमानालाई अतिक्रण नगरी नौ जिल्ला सबैलाई समेटेर लिम्बुवान स्वायत्त राज्यको घोषणँ गर्नुपर्ने विचार र माग राख्नुभयो ।


Surya Makhim speaking at the Limbuwan rally in Dahnkuta. Photos: DB

सभालाई सम्बोधन गर्ने क्रममै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिमले हालको सुनसरी, धनकुटा र सङखुवासभालाई यहाँको जनताको आकाङ्क्षा र पीडालाई बुझेरभन्दा पनि कथित किरात राज्यमा आवतजावत गर्ने मार्गको रुपमा कायम गर्न मात्र धनकुटाका लोकमार्गले छोएका गाविसहरुलाई लिम्बुवानबाट जबर्जस्त टुक्राएर किरात राज्यमा गाभ्न खोजिएकाले हरहालतमा त्यो गलत प्रस्तावलाई सच्याएर धनकुटाका सम्पूर्ण भूभागलाई लिम्बुवानमै राख्नु पर्ने विचार राख्नुभयो ।

यही मिशनकै शिलशिलामा २६ गते सबेरै सङ्खुवासभातर्फ जाने र बाटोमा पर्ने अरुणनदीको किनारमा रहेको पृथ्वीनारायण शाहको एकात्मकवादी सेनासँग लड्दालड्दै सहादत प्राप्त गरेका लिम्बुवानी सेनापति काङसोरेको युद्ध तथा समाधिस्थलमा एका श्रद्धाजलि सभा गर्ने र २७ गते खाँदवारी सङ्खुवासभामा विशाल लिम्बुवानी आमसभा गर्ने कार्यक्रम रहेको छ ।

-DB Angbung Limbu in Dhankuta



Photos: DB

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?