Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्वाञ्चलका जिल्लाहरुमा लिम्वुवान विद्यार्थी युनियनको आमहडतालबाट जनजीवन प्रभावित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & DB Angbung Limbu   
Friday, 19 March 2010 15:23

प्रहरीबाट मारिएका विद्यार्थी मनिल तामाङको परिवारलाई क्षतीपुर्तीको माग
काठमाडौं- प्रहरी गोली हानेर हत्या गरेको विद्यार्थी मनिल तामाङको परिवारलाई क्षतीपुर्तीको माग गर्दै संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद्ले आह्वान गरेकॊ आमहड्तालका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित वनेको छ ।


 

Manil Tamang. Photo courtesy: DB Angbung


गत वर्ष स्ववियुको चुनावहुँदा झापाको धुलाबारी लिम्बुवानमा हत्या गरिएका संघीय लिम्बुवानी विद्यार्थी शहीद मनिल तामाङलाई राष्ट्रिय शहीद घोषणा गरी नीजका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग पूरा नभएपछि लिम्बुवानको हड्तालदेखि अनिश्चितकालनीन आम्हड्तालसम्म आह्वान गरिएको हो ।

मृतक तामाङलाई शहिद घोषणा गरिनुपर्ने, उनको परिवारलाई १० लाख क्षेतीपुर्ती दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कार्वाही गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलित वनेको युनियनले लिम्वुवान क्षेत्र अन्तर्गतगका पूर्वाञ्चलको जिल्लाहरुमा चैत ६ गते आमहडताल गर्दा जनजीवन प्रभावित वनेको हो ।

वन्दका कारण धरान, ईटहरी, विराटनगर, झापा, धनकुटा, तेह्थुम लगायतका जिल्लाहरुमा सवारी आवागमण ठप्प रहेको छ भने वजारपसल सामान्य रुपमा मात्र खुलेका छन् ।

चेतावनी स्वरुप गरिएको आम हड्ताललाई पनि सरकारले बेवास्था गरे चैत्र १२ गतेदेखि हुने एलएलसी परिक्षा समेत प्रभावित पार्ने गरी १० गतेदेखि अचिश्चितकालिन लिम्बुवान ब्यापि आम हड्ताल गर्ने विद्यार्थी युनियनको लिम्बूवान राज्य परिषदले चेतावनि दिएको छ ।

गत हप्तादेखि युनियनले लिम्वुवान क्षेत्रमा गराउदै आएको अनिश्चितकालिन शैक्षिक संस्थान वन्द पनि अझै जारी छ । जातीय समानुपातिक प्रतिनिधत्विको माग गरेको भन्दै गतवर्ष सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा तामाङ्गलाई प्रहरीले गोली हानेर मारेको थियो ।

युनियनले समानुपातिक आधारमा स्ववियुको चुनाव हुनुपर्छ भनी आन्दोलन अघि बढाउँदा २०६५ चैत्र ५ गते झापाको धुलाबारी क्याम्पसमा एकात्मक सत्ताको गोलीले शहीद बनाइएका संघीय विद्यार्थी मनिल तामाङलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रु. १० लाख क्षतिपूर्ति प्रदान गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र हत्यारालाई कारवाही गर्नुपर्ने भनी संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदले सरकारलाई पटक-पटक ज्ञापन-पत्र दिँदा पनि आजसम्म कुनै सुनुवाई नभएकोले उक्त विद्यार्थी संगठनले चैत्र ६ गते लिम्बुवान आम्हड्ताल र चैत्र ८ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आम्हड्तालको आह्वान गरेको छ ।

संघीय विद्यार्थी शहीद मनिल तामाङ र उनको परिवारलाई न्याय दिनको लागि हुने यी आन्दोलनहरुमा समर्थन एवम् सहभागिताको लागि सम्पूर्ण लिम्बुवानवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा आव्हान गरिएको छ ।

-Santa Bagam & DB Angbubg Limbuin Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?