Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

निर्वाचन आयोगद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (अध्यक्ष लिङ्देनको पक्षमा) आधिकारिकता प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Wednesday, 25 January 2012 23:47

काठमाडौं- निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन 'मिराक' अध्यक्ष रहेको पक्षलाई मञ्चको आधिकारिकता प्रदान गरेको छ ।

आधिकारिक मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा मिति २०६८ माघ ११ मा जारी गरिएको एक प्रेस विज्ञप्तिअनुसार सम्मानित निर्वाचन आयोगबाट सम्पूर्ण प्रक्रिया पूरा भई लिङ्देन पक्षलाई मञ्चको आधिकारिकता प्रदान भएबाट पुनः संघीय गणतन्त्रात्मक धर्मनिरपेक्षतावादी लिम्बुवान, खम्बुवान, तामाङसालीङ, तमुवान, मगरात, मैथिल, नेवाः, थारुवान, खसानवादी संविधानको सभाको चुनावमा भाग लिएका पक्षधरहरूको विजय भएको छ । यो विजयले नेपालको संघीय गणतान्त्रिक आन्दोलनलाई थप उचाइमा लैजानेछ ।

विज्ञप्तिमा थप भनिएको छ- ''मञ्चलाई कब्जा गर्न केही स्वार्थी, अति महत्वाकाङ्क्षी तत्वहरूले खेलेको षडयन्त्रको विरुद्धमा दृढ अठोटकासाथ लागिपर्ने सम्पूर्ण सचिवालय सदस्य तथा संघीय सदस्यहरू, राज्य परिषदहरू, हजारौं नेता, कार्यकर्ता एवम् शुभेच्छुक महानुभावहरूलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।''

सोही विज्ञप्तिमा अब तत्कालै मुलकभरका सम्पूर्ण संघीय गणतन्त्रवादीहरूलाई गोलवद्ध गर्ने कार्यक्रम संघीय मञ्चले ल्याउनेसमेत जनाइएको छ ।

साथै, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अध्यक्षसमेत रहेका कुमार लिङ्देन 'मिराक' अध्यक्ष रहेको पक्षले मञ्चको आधिकारिकता प्राप्त गरेकोमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गौरवान्वित भएको जनाउँदै वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङबाटसमेत एक विज्ञप्ति जाहेर गरिएको छ ।

सोही विज्ञप्तिमा जनाएअनुसार आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा लाद्न जबरजस्ती विवाद सिर्जना गरी मिति २०६८ कात्तिक १६ गते पार्टीले आधिकारिकताकोलागि निर्वाचन आयोगमा निवेदन पेश गर्न प्रमुख भूमिका खेलेको, २०६८।१०।११ गते भएको मतदानमा मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद (स.लि.रा.प.) को पक्षमा मतदान नगरेको, मञ्च र मञ्चसम्बद्ध स. लि. रा. प. लाई ध्वस्त गर्न षडयन्त्र गरेको कारणले तत्कालीन परिषदका महासचिव सूर्य माखिम र संघीय प्रतिनिधि सदस्य विष्णु तुम्बाहाम्फे राईलाई सोही मितिबाट मञ्च सम्बद्ध स. लि. रा. प. को साधारण सदस्यसमेतबाट निष्काशन गरिएको छ ।

यसै विज्ञप्तिमार्फत मञ्च सम्बद्ध स. लि. रा. प. का सम्पूर्ण नेता तथा कार्यकर्ता र तमाम् संघीय गणतन्त्रवादी लिम्बुवानी जनताहरूलाई कुनै भ्रममा नपरी आफ्नो घोषित लक्ष्यहरूमा निर्धक्कताकासाथ निरन्तर अघि बढिरहनसमेत आह्वान गरिएको छ ।

-DB Angbung Limbu in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?