Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्वमा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बू चयन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Monday, 18 April 2011 23:12

काठमाडौं- पार्टी संरचनामै संघीय संरचनाको अभ्यास गरिरहेको राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विधानअनुसार  लिम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को एकवर्षो कार्यकाल सफलतापूर्वक पूरा भई खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बू एक वर्षकालागि मञ्चको कार्यकारी अध्यक्षमा चयन भएका छन् ।

Newly elected President of Federal Democratic National Forum (FDNF), Indrahang Khambu. Photos: DB


गत २०६७ चैत्र २७, २८ र २९ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय कार्यालय अनामनगर नेवाः काठमाडौंमा बसेको मञ्चको २३ औं पूर्ण बैठकले पार्टीले विधानअनुसार लिम्बुवानबाट नेतृत्व गरिरहेका निबर्तमान मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न भएको निर्णय गर्दै आगामी एक बर्षकालागि
मञ्च सम्बद्ध खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूलाई मञ्चको कार्यकारी अध्यक्षमा चयन गरेको हो ।

संघीय मञ्चसम्बद्ध सबै राज्य परिषदहरूबाट संघीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको मञ्चको बैठकले कार्यकारी अध्यक्षको चयनसँगै महासचिव र सचिवालय सदस्यहरूको जिम्मेवारीमासमेत थप गरेको छ ।

एकात्मक निर्वाचन आयोगद्वारा कुबेलामा एकात्मक शैलीमा गरिरहेको औंठा छाप र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको विरोध लिम्बुवान, खम्बुवान र तामाङसालीङमासमेत सशक्त रुपमा विरोध गर्ने निर्णय लिँदै समयमै सार्थक संविधान निर्माण गर्नकोलागि सडक र सदनबाट दबाब दिने निर्णयसमेत लिएको छ ।

बैठकको समापनपछि आयोजना गरिएको अध्यक्षको पद हस्तान्तरण र बधाई तथा शुभकामना कार्यक्रममा निबर्तमान अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले नयाँ अध्यक्ष इन्द्रहाङ खम्बूलाई पार्टीले कार्यकारी अध्यक्ष पद पुष्पगुच्छा र शुभकामनासहित हस्तान्तरण गरेका थिए ।

Outgoing President of FDNF Kumar Lingden 'Mirak' (right) greets incoming President Indrahang Khambu. Photos: DB

मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्ट तामाङको अध्यक्षमा सम्पन्न सो पद हस्तान्तरण र बधाई तथा शुभकामना समारोहमा लिम्बुवान, खम्बुवान र तामाङसालीङलगायतका राज्य परिषदका नेता तथा कार्यकर्ताहरूले पुराना अध्यक्षलाई धन्यवाद र नयाँ अध्यक्षलाई फूलमालासहित खादा ओढाएर सफल कार्यकालकालागि बधाई तथा शुभकामना दिएका थिए ।

मञ्चको कार्यकारी अध्यक्ष्को पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीयताकोलागि आन्दोलनरत् शक्तिहरूलाई एकतावद्ध बनाइराख्नकोलागि मञ्चले चक्रिय अध्यक्ष प्रणालीको विकास गरेको बताउनु भयो । लिङ्देनले थपे- ''मञ्चको सुन्दरता भनेकै एक/एक वर्ष विधानसम्मत र सहजताका साथ नेतृत्व परिवर्तन हुनु हो ।" सोही अनुरुप आफूले पनि खुशीसाथ अध्यक्ष पद हस्तान्तरण गरेको र नयाँ अध्यक्षलाई आफ्नो निरन्तर सहयोग हुने प्रतिवद्धतासमेत जनाउनु भयो ।

मञ्चका नयाँ अध्यक्ष इन्द्रहाङ खम्बूले संविधान बन्न ४० दिन मात्र बाँकिरहेको जटिल समयमा आफूले मञ्चको अध्यक्ष बन्ने मौका पाएको र मञ्चका सबै नेताहरूको सहयोगमा यो चुनौतीलाई पार गरेरै छोड्ने तथा जस्तोसुकै परिस्थितिमा पनि मञ्च र संघीय आन्दोलनलाई कहिल्यै धोका नदिने प्रतिवद्धता जनाउनु भयो ।

नवनिर्वाचित अध्यक्षलाई मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीका अध्यक्ष डीके बुद्धिष्ट तामाङ र अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफेले पनि शुभकामना दिएका दिए ।

मञ्चका महासचिव खगेन्द्र माखिमद्वारा सञ्चालन गरिएको उक्त पद हस्तान्तरण र बधाई तथा शुभकामना समारोहमा लिम्बुवान, खम्बुवान, तामाङसालीङका नेता/कार्यकर्ताहरूबाट नयाँ अध्यक्षलाई पुष्प गुच्छाले शुभकामना दिँदै चियापानसमेत गरिएको थियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय कार्यसमितिको अध्यक्षमा इन्द्रहाङ खम्बू तथा अध्यक्ष मण्डल सदस्यहरू कुमार लिङदेन "मिराक", डी.के. बुद्धिष्ट  तामाङ र विष्णु (तुम्बाहाम्फे) राई रहेका छन् भने महासचिवमा खगेन्द्र माखिम, अर्थ सचिव सिङमान तामाङ, संगठन सचिव सूर्य  माखिम, सूचना तथा विदेश सचिव डी.बी. लिम्बू, सचिव किरणकुमार (खम्बू) राई, जनसंगठन सचिव ज्ञानबहादुर गुरुङ, कानुन तथा न्याय सचिव अमृता थेबे, व्यापार/बाणिज्य सचिव विश्वराज (खम्बू) राई, साँस्कृतिक सचिव बुद्धश्री लामा र जनसर्म्पर्क सचिवमा मेमबहादुर वाईवा रहेका छन् ।

त्यसैगरी, मञ्चका संघीय सदस्यहरूमा विवश हेल्लोक, देवेन्द्र चाम्लिङ, खेमकर्मा लामा, ज्ञानबहादुर. लिम्बू, सुरेन्द्र निङलेकू, सञ्जयकुमार स्याङबो, मनजित (खम्बू) राई, देउकुमार निङलेकू, रामप्रसाद धिमाल "बाङगई", पूर्णदेवी (खम्बू) र्राई, र यशोदा (खम्बू) राई रहेका छन् ।

-DB Angbung Limbu in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?