Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवान माग गर्ने गोर्खा भू.पू. सैनिक तथा सिंगापुर प्रहरी परिषद हङकङको गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Shyam Ingnam & DB Angbung Limbu   
Friday, 26 February 2010 17:27

हङकङ- अब बन्ने नेपालको संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान एक विशिष्ट स्वायत्त राज्य हुनुपर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला-अरुण-सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनुपर्छ भन्ने दृढ संकल्पका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद संलिराप हङकङ, प्रवास कार्य समितिको भातृ संगठन संघीय लिम्बुवान गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषदको गठन भएको छ ।


Photo courtesy: Shyam

२१ फेब्रुअरी २०१० आइतबारका दिन जोर्डन काउलूनस्थित् हङकङ नेपाली महासंघको कार्यालयमा अधिवेशन गरी गठन गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथि संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष नवराज काम्वाङ लिम्बू अतिथि नवप्रवेशी भू.पू. गोर्खा मेजर शरण कुमार पालुङ्वा कार्यक्रम साचालन संलिराप हङकङ प्रवास समितिका जनसंगठन सचिव श्री गजबहादुर काम्बाङबाट भएको थियो भने गोर्खा भू. पू. सैनिक तथा सिंगापुर प्रहरी परिषदका संयोजक तथा प्रमुख मनप्रसाद आङ्देम्बेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रमबाट भूपू गोर्खा डब्लूओटु मनप्रसाद लिम्बु आङ्देम्बेलाई निर्विरोध अध्यक्षमा चुनिएको छ त्यस्तै उपाध्यक्षमा मनवहादुर चोङबाङ, सचिवमा देउवहादुर लिम्बू, अर्थ सचिवमा तर्नबहादुर लिङ्देन, सल्लाहकारहरु भूपू गोर्खा मेजर शरणकुमार पालुङ्वा, गोर्खा भू.पू. सैनिक लगत साम्सोहाङ चिनाहाङ पन्धाक र सदस्यहरु कृष्णप्रसाद मादेन के. बी. मादेम्बा, प्रसाद योङहाङ, एल. बी. काम्बाङ, गौरीप्रसाद राई, ज्ञानबहादुर खेवा लिम्बू र जी. एन. हुक्पा चोङबाङहरुलाई चुनिएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई परिषदका अध्यक्ष नवराज काम्बाङद्वारा संलिरापको विधान २०६२ अनुसार पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम पनि सम्पन्न गरिएको छ । त्यसै दिन अन्य पार्टी छाडी संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुहुने यामबहादुर सैम्बू, डम्बर वनेमलाई परिषदको साधारण सदस्यता प्रदान गरिएको छ ।

-Shyam Ingnam in Hong Kong and DB Angbung in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?