Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयताबारे घोत्लिदा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Wednesday, 13 April 2011 03:02

काठमाडौं- 'लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयता' विषयक एक अन्तरक्रियात्मक कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद उपत्यका संपर्क समिति, काठमाडौंको आयोजनामा २०६७ चैत्र २५ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।

 


Anthropologist Dambar Chemjong, Dr. Mahendra Lawati and Dr. Krishnabahadur Bhattachan. Photos: DB


त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग काठमाडौंका सहप्राध्याक मानवशास्त्री डम्बर चेम्जोङको कार्यपत्र प्रस्तुती र त्रि. वि. समाजशस्त्र तथा मानवशास्त्र केन्द्रीय विभागकै डा. कृष्ण भट्टचन; पत्रकार भवानी बराल र राजनीतिशास्त्री डा. महेन्द्र लावतीले टिप्पणी गर्नुभएको सो कार्यक्रमका प्रमुख अतिथि संघीय मञ्च तथा मञ्च सम्बद्ध लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक' रहनुभएको थियो ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका संपर्क समिति काठमाडौंका अध्यक्ष शिवकुमार पाङ्गेनहाङको अध्यक्षतामा सम्पन्न्न उक्त लिम्बुवानी अन्तरक्रिया कार्यत्रममा समितिका उपाध्यक्ष विष्णु यक्सोले स्वागत मन्तव्य र सचिव पदम तुम्बाहाङफेले उद्घोषण गर्नुभएको थियो ।


अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तोता डम्बर चेम्जोङले प्रस्तुत गर्नुभएको ''लिम्बुवानको राजनीतिक ऐतिहासिक पृष्ठभूमि र संघीयता'' विषयक कार्यपत्रमा 'लडाइँको इतिहास नै समाजको पहिचान र इतिहास हो', लिम्बुवानको राजनीतिक पृष्ठभूमि, आदिवासी राजनीति र कथित् मूलधारे राजनीतिबीच फरक'; सिरिजङ्गा, इमानसिंह चेम्जोङ र फाल्गुनन्दः लिम्बू राष्ट्रियता र राजनीतिका खम्बाहरू'; सफलताकालागि गठबन्धन र मोर्चाको अपरिहार्यतालगायतका उप-शिर्सकहरू रहेका छन् ।



कार्यपत्रप्रति टिप्पणी गर्नेक्रममा टिप्पणीकार पत्रकार भवानी बरालले कार्यपत्र टिप्पणी नै गर्नुपर्नै खास कुरा नभएको भन्दै त्यसमा थप गर्नुपर्ने विषयहरू उपर सुझावहरू दिनुभएको थियो । त्यसैगरी टिप्पणीकार डा. भट्टचनले कार्यपत्रका शीर्षक र उपशीर्षक तथा विषयवस्तुहरूमा थप प्रष्ट पार्न व्याख्या-विश्लेषण गरी सुझावहरू प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि आफ्नो धारणा राख्ने क्रममा डा. महेन्द्र लावतीले लिम्बुवानका विषयमा राजनीतिक सुझावहरू दिनुभएको थियो ।

कार्यक्रमका सहभागीहरूबाट देवीबहादुर कन्दङवा, अनन्तहाङ यक्सो, भिम तावा, तेज यक्सो, नन्दकुमार प्रसाइँ, येहाङ लाओती, कृष्ण हेम्ब्या र कुमार फुदोङले आफ्नो जिज्ञासा र धारण राखेका थिए ।

The guests at the event.

कार्यक्रमको अन्तमा बोल्दै प्रमुख अतिथि कुमार लिङ्देन 'मिराक'ले सो अन्तक्रिर्यात्मक कार्यक्रममा प्रस्तुत कार्यपत्र र त्यसमाथि भएको टिप्पणी, बहस र छलफलले लिम्बुवान र संघीयताको आन्दोलनलाई थप उर्जा र प्रेरणा मिलेको बताउँदै बौद्धिक वर्गहरूलाई यसरी नै बौद्धिक खुराकहरू दिएर सहयोग गरिरहन आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बूले लिम्बुवान र संघीयताको आन्दोलनमा थप टेवा पुर्‍याउन लिम्बुवान उपत्यका समितिले यस्ता कार्यक्रमहरू गर्दै आएको र आउँदा दिनमा पनि यस्तो कार्यक्रम गरिरहने बताउँदै सबै सहभागी तथा कार्यपत्र प्रस्तोता, टिप्पणीकार र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो ।

-DB Angbung Limbu in Lalitpur

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?