Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवान राज्य सुनिश्चितताका लागि लिम्बू सभासद्हरुको समन्वय समितिको गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung   
Friday, 08 May 2009 16:19
ललितपुर- संयुक्त लिम्बुवान मोर्चा, नेपालको आयोजनामा सम्पन्न संविधान सभा तथा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने लिम्बू सभासद्हरुसँगको अन्तर्कृयात्मक कार्यक्रम वैशाख २१ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।

Limbu CA Mmebrs at the program. Photos courtesy: DB
मोर्चाको कार्यक्रममा लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताका लागि लिम्बू सभासद्हरुको समन्वय समिति निर्माण गर्ने योजनाअनुसार सो भेलाले माननीय सभासद् पूर्णकुमार सेर्माको संयोजकत्वमा समन्वय समितिको गठन गरेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत जातीय एतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको सङ्खुवा-अरुण्-सप्तकोशी पूर्वको भूभागलार्इ लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न संविधान सभा र संविधान निर्माण प्रकृयामा सामूहिक रुपमा ससक्त भूमिका निर्वाह गर्न सो समन्वय समितिको निर्माण गरिएको बताइएको छ ।
लिम्बुवानका लिम्बू सभासद्हरुमध्ये ज्येष्ठ सभासद्माननीय पूर्णकुमार सेर्माको संयोजकत्वमा गठन गरिएको सो समन्वय समितिको सह-संयोजकमा मा. रण्ध्वज कन्दङ्वा (नेकपा एमोले), सचिव मा. हरिराज लिम्बू खेवा (नेकपा माओवादी), र सदस्यहरुमा मा. तुल्सी सुब्बा ( नेपाली कांग्रेस), मा. लीला सुब्बा (नेपाली कांग्रेस), मा. डम्बरसिङ सम्बाहाम्फे (नेकपा एमाले), मा. डम्बरध्वज तुम्बाहाम्फे (नेकपा एमाले), मा. सञ्चपाल मादेन (नेकपा माओवादी), मा. सुशिला कन्दङ्वा (नेकपा माओवादी), मा. ध्रुव आङ्देम्बे (नेकपा माओवादी), मा. विश्वदीप लिङ्देन (नेकपा माओवादी), मा. बबिना मोक्तान लावती (राप्रपा, नेपाल), र मा. राजकुमार लिम्बू नाल्बो (संघीय लोकतान्त्रिक राष्टि्य मञ्च) रहेका छन्।
-DB Angbung in Lalitpur

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?