Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानको थप सीमा माग गर्दै पुर्बी नेपालमा राँकेजुलुसपछि चक्काजाम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Sunday, 31 January 2010 18:40

लिम्बुवान- संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको विर्तामोड, दमक झापा; धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते साँझ राँके जुलुश गरेको छ ।

राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले संविधानको मस्यौदास्वरुप प्रस्ताव गरेको खाकामा संघीय गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनेछ भनी लिम्बुवानको नामाङ्कन हुनु सकारात्मक कदम हुँदाहुँदै पनि झापा, मोरङ, सुनसरी, धनकुटा र सङ्खुवासभालाई अन्य राज्यमा प्रस्ताव गरी योजनावद्ध रुपले ऐतिहासिक लिम्बुवान भूमिलाई टुक्राउने षडयन्त्र गरेकोमा त्यसप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले घोर आपत्ति जनाउँदै सोको विरोध गरेको हो ।

सम्पूर्ण नेपाल एकात्मक संरचनामा रहँदा पनि वि.सं. १८३१ देखि २०२१ सालसम्म अरुणपूर्वको लिम्बुवान स्वायत्त रहेको गोरखालीहरुसँग वि. सं. १८३१ को सन्धि हुँदा अरुणपूर्व राज्यको रुपमा लिम्बुवानसँग मात्र सम्झैता भएको र पछिल्लो पटक अन्तरिम संविधान जारी हुँदा संविधानमा 'संघीय' शब्द नपरेको विषयमा सबैभन्दा पहिले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६३ मङ्सिर २६ गते लिम्बुवान बन्दको आह्वान गरी नेपालमा आधुनिककालको संघीय आन्दोलन शुरु गरेको र संघीय आन्दोलनलाई जातीय द्वन्द्वमा फस्न नदिई राजनीतिक आन्दोलनमा रुपान्तर गर्न अथक प्रयास गरेको दावी राँकेजुलुशलाई सम्बोधनगर्ने क्रममा लिम्बुवानका नेताहरुले बताए ।

नेपाललाई संघीयतामा लानको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको त्यही लिम्बुवानलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेको तर लिम्बुवान विरोधीहरुको यो षडयन्त्रको विरुद्धमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तिम अवस्थासम्म सङ्घर्ष गरिरहने कुरा नेताहरुले बताए । साथै, परिषद अरुण-सङ्खुवा-सप्तकोशीपूर्वको नौ जिल्लासहितको अधिकार सम्पन्न पूर्ण लिम्बुवानको पक्षमा रहेको कुरा पनि दोहोर्याइयो ।

परिषदले २०६४ फागुन १८ गतेको पाँच बुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने र हालै संविधान सभामा प्रस्ताव गरिएको ऐतिहासिक लिम्बुवान भूमिको सिमाङ्कनलाई टुक्राउने गलत निर्णय तुरुन्त सच्याउनु पर्ने माग गरेको छ ।

यसका साथै राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले बुझाएको उक्त मस्यौदाउपर संविधान सभामा छलपल भइरहेको बेला लिम्बुवनको सवालमा ध्यानाकर्षण गराउन माघ १७ गतेबाट नियमित दिनको २ घण्टा लिम्बुवानको विभिन्न ठाउँमा चक्काजाम गर्ने कार्यक्रमसमेत रहेको छ ।

-DB Angbung in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?