Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादीद्वारा लिम्बुवान र कोचिला स्वायत्त गणराज्य घोषणा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Friday, 11 December 2009 06:19

Updated: काठमाण्डौ- एकात्मक शासनको अन्त्य भएको घोषणा गर्दै संविधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी ले देशव्यापी रुपमा स्वायत्त गणराज्यहरुको घोषणा कार्यक्रम सुरु गरेको छ । एकिकृत नेकपा माओवादीले कोचिला र लिम्बुवान स्वायत्त गणराज्य घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर २६ गते झापाको बिर्तामोडस्थित मुक्ति चौकमा एक सभाको आयोजना गरेर कोचिला राज्य घोषणा गरिएको हो ।

यसैगरी, आजै तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारबाट लिम्बुवान स्वायत्त गणराज्य समेत घोषणा गरिएको छ ।

कोचिला राज्य प्रमुख पूर्णसिँ राजवंशी रहेका छन् भने लिम्बुवान राज्य प्रमुख श्रीप्रसाद जवेगु रहेका छन् । राजवंशी संविधान सभा निर्वाचनमा तत्कालिन गृहमन्त्री रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लज्जास्पद तरिकाले पराजित गरेर सभासद बनेका थिए । गणराज्य घोषणा कार्यक्रममा माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले ब्यानर तथा जातीय मोर्चाका अगुवाहरुले मैनबती बालेर संयुक्त रुपमा कोचिला गणराज्यको घोषणा गरेका थिए ।

करिब दस हजारको उपस्थितिमा एकातिर कोचिला गणराज्यको घोषणा गरिएको समयमा सभास्थलबाट चार सय मीटर पश्चिमस्थित अग्रसेन भवन अगाडी पूर्वमा आन्दोलनरत संघीय लिम्बूवान राज्य परिषद्ले अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य नभए सशक्त आन्दोलन चर्काउने चेतावनी दिएको छ । माओवादी नेता चन्दले स्वायत्त गणराज्य घोषणा गरेर आफूहरुले संघीयता विरोधी कुतत्वहरुलाई दह्रो झापड दिएको भनाई राखे ।

उता परिषद्ले बिहीबार आयोजना गरेको लिम्बूवानी बृहत सभामा परिषद्का अध्यक्ष कुमार िलंगदेनले परिषद्को प्रस्तावित राज्यको अवधारणाबारे सुनुवाई नभए जस्तो सुकै बलिदानी दिने चेतावनी दिएका थिए । माओवादी जबरजस्ती गणराज्य घोषणा कार्य मान्य नहुने अध्यक्ष िलंगदेनको दाबी छ ।

तेह्रथुममा माओवादीले लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेपनि अर्को लिम्बुवादी संगठनले झापामा घोषणा गरिएको स्वायत्त कोचिला गणराज्यको विरोध गरेको छ । ऐतिहासिकताको आधारमा झापा, मोरङ्ग र सुनसरीलाई मिलाएर झापामा गणराज्य घोषणा गरिएपनि यो भूमि लिम्बुवान भएको बताउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध लिम्बुवान स्वायत्त परिषदले माओवादी घोषणाको विरोध गरेको हो ।

झापाको विर्तामोडमा आयोजित कार्यक्रममा माओवादी स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द बिप्लव ले कोचिला स्वायत्त गणराज्यको घोषणा गरेका थिए । गणराज्य घोषणा गर्दै उनले नेपालको इतिहासमा मंसीर २६ गते एकात्मक राज्यलाई साँच्चिकै अन्त्य गरी उत्पीडित जनताको अधिकारसहितको संघीय राज्य स्थापना दिवसको रुपमा स्थापित हुने दावी गरे । कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलपनि उपस्थित थिए । गजुरेल माओवादीको कोचिला राज्य समितिका इन्चार्ज हुन् ।

पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्ने संविधान सभा सदस्य पूर्णसिँह राजवंशी सो गणराज्यको संयोजक तोकिएका छन् । पूर्वी तराईमा बसोबास गर्ने आदिवासी राजबंशीहरुको हक अधिकार सुरक्षित गर्न भन्दै माओवादीले ऐतिहासिकताको आधारमा कोचिला स्वायत्त गणराज्य स्थापना गरेको हो । बसाई सराइँका कारण राजबंशीहरु अल्पमतमा परेपनि सुनसरी, झापा र मोरङ्गको तराई क्षेत्र राजबंशीहरुको आदिभूमि रहेको दावी कोचिला राष्ट्रिय मुक्ति मोर्चाले गर्दै आएको छ ।

तर माओवादी घोषणाको लिम्बुवान राज्य परिषदले विरोध गरेको छ । माओवादीको गणराज्य घोषणा कार्यक्रम सार्वजनिक भएपछि माओवादीको कार्यक्रम स्थल बिर्तामोडमै अर्काे सभाको आयोजना गरी परिषदले कार्यक्रम आयोजना गरेको थियो । सो संगठनको नेतृत्व कुमार लिङ्गदेनले गरेका छन् । परिषदले माओवादीले कोचिला गणराज्य घोषणा गरेको तीन वटै जिल्ला लिम्बुवानभित्र पर्ने दावी गरेको छ । परिषद संविधान सभामा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध पार्टी हो ।

माओवादीद्धारा घोषित कोचिला स्वायत्त गणराज्यको विरोध लिम्बुवान परिषदले गरेपनि माओवादीले भने सुदुरपूर्वका पाँच जिल्लालाई मिलाएर शुक्रबार नै लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेको छ । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्गमा कार्यक्रम गरी लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरिएको हो । लिम्बुवान राज्य परिषदले तराईमा पर्ने झापा मोरङ्ग र सुनसरीपनि लिम्बुवानभित्र पर्ने दावी गरिरहेका बेला माओवादीले संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, इलामलाई समावेश गरी लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेको हो ।

लिम्बुवान गणराज्यको घोषणा माओवादी सचिव पोष्टबहादुर बोगटी (दिवाकर) र पोलिटब्यूरो सदस्य जनार्दन शर्मा (प्रभाकर) बाट गर्ने भनिएपनि अन्तिम समयमा कार्यक्रममा केन्द्रीय सदस्य तथा जनजाति नेता प्रा. सुरेश आले मगर पुगेका थिए । आले मगरले जनयुद्धदेखि नै पार्टीभित्र आत्म निर्णयको अधिकार सहितको स्वायत्त राज्यको वकालत गर्दै आएका थिए । माओवादीले लिम्बुवान गणराज्यको संयोजक श्रीप्रसाद जवेगुलाई तोकेको छ । उनी लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका निवर्तमान अध्यक्षसमेत हुन् ।

माओवादीले स्वायत्त गणराज्य घोषणा गरेकै दिन राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्री माधबकुमार नेपाललाई आफ्नो निवासमा बोलाएर यसप्रति चासो ब्यक्त गरेका छन् । माओवादीले स्वायत्त गणराज्य घोषणाको कार्यक्रम सार्वजनिक गरेपछिपनि उनले प्रधानमन्त्रीलाई आफ्नो निवासमा बोलाएर यस्तो स्थिति आउन नदिन प्रधानमन्त्रीलाई सचेत गराएका थिए । माओवादीले राष्ट्रपतिको कदम विरुद्ध तेश्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गणराज्य घोषणा कार्यक्रम गरेको हो ।

माओवादीले पुस ४ गते भित्र देशभरी स्वायत्त गणराज्य घोषणा गरिसक्ने जनाएको छ ।

-Sitaram Baral & Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?