Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानसम्बन्धी राजनीतिक प्रशिक्षण तीब्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Sunday, 20 November 2011 07:20

विर्तामोड, झापा- लिम्बुवानी आन्दोलनलाई सैद्धान्तिक, वैचारिक तथा दार्शनिक उचाई दिन नेपालको पूर्बी भेकमा संघीय लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भएको छ।

Limbuwan awareness workshop in Jhapa. Photo: DB

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (FDNF) सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गाउँ, शहर र देश-विदेशमा सङ्गठन निर्माण र विस्तारपश्चात् लिम्बुवानी राजनीतिक प्रशिक्षणहरु सञ्चालन गर्नेक्रममा मञ्चसम्बद्ध लिम्बुवान झापा जिल्ला कार्य समितिको आयोजनामा एक दिने लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

प्रशिक्षणमा प्रमुख प्रशिक्षकपरिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले लिम्बुवानले लिएको वा लिनुपर्ने राजनीतिक, वैचारिक, सैद्धान्तिक तथा दार्शनिक सवाल र आर्थिक नीतिआदिबारे प्रशिक्षण दिएका थिए।

लिम्बुवान झापा जिल्ला कार्य समितिको आयोजनामा विर्तामोडको अग्रसेन भवनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा दुईसय जना नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । लिम्बुवान झापा जिल्ला अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा सम्पन्न सो लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रममा परिषद केन्द्रका उपाध्यक्ष ज्ञानु इम्बुङले पनि प्रशिक्षण दिएका थिए। झापा जिल्ला उपाध्यक्ष भक्त मेन्याङ्बोकोले स्वागत मन्तव्य र झापा जिल्ला सचिव सुवास राईको सञ्चालन रहेको थियो।

-DB Angbung Limbu in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?