Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अरुणपूर्व लिम्बुवानको राजधानी तेह्रथुममा हुनुपर्ने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 11 February 2010 10:31

मेयङलुङ, फेदापथुम, लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमको प्रथम ऐतिहासिक सम्मेलन २०६६ माघ २२ २३ र २४ मा लिम्बुवानको ऐतिहासिक स्थल फेदापको मेयङलुङमा विभिन्न निर्णय र नयाँ कार्य समितिसमेत चयन गर्दै सम्पन्न भएको छ ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'को प्रमुख आतिथ्यमा माघ २२ गते जिल्ला सम्मेलनको उद्घाटन समारोह र २३ गते बन्द-सत्र सम्पन्न भयो । सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य डी. बी. आङबुङ, मञ्चका सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषदका महासचिव अमृता थेबे मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्यहरु विसेन्द्र चेम्जोङ प्रेम थाम्सुहाङ र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य तथा संघीय महिला परिषदका अध्यक्ष शान्ता योङहाङलगायत केन्द्रीय सदस्य र जनसंगठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनले निम्नानुसारको ऐतिहासिक निर्णयहरु गर्दै देवनारायण सम्बाहाङफेको अध्यक्षतामा तपशील बमोजिमको २२ सदस्सीय जिल्ला कार्य समितिसमेत चयन गरेको छ ।

निर्णयहरुः

१. राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले हालै संविधानसभामा प्रस्ताव गरेको १४ प्रदेशको खाकामा लिम्बुवान पनि समेटिकोलाई सकारात्मक रुपमा लिँदै ऐतिहासिक लिम्बुवान राज्यको सिमानालाई अतिक्रमण गरी लिम्बुवानका अभिन्न अङग झापा, मोरङ, सुनसरीको पूरै भूभाग र धनकुटा तथा सङ्खुवासभाका केही भूभागलाई अन्य राज्यमा गाभिएकोप्रति गम्भीर आपत्ति एवम् असहमति जनाउँदै सो भूभागहरुलाई तुरुन्तै साविक लिम्बुवानमा कायम गरी प्रस्तावलाई सच्याउनुपर्ने निर्णय गरियो । साथै, सो प्रस्तावलाई सच्याएर लिम्बुवानलाई अतिक्रमण गर्ने षडयन्त्र नरोकिएमा जस्तोसुकै किसिमको संघर्ष र आन्दोलन पनि गर्ने निर्णयसमेत गरियो ।

२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित बन्ने सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको ९ जिल्ला लिम्बुवानको ऐतिहासिक राजधानी तेह्रथुम जिल्लाभित्रै हुनुपर्ने ।
३. नयाँ बन्ने संविधानमै आदिवासीहरुको आत्मनिर्णयको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था र आई एल ओ महासन्धि १६९ लाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।

नव निर्वाचित तेह्रथुम जिल्ला कार्य समिति:

०१. देवनारायण सम्बाहाङफे (अध्यक्ष)
०२. विशाल कुरुम्बाङ (उपाध्यक्ष)
०३. राजकुमार खापुङ (सचिव)
०४. मृगेन्द्र इङनामइवा (अर्थ सचिव)
०५. विवश निङलेकू (जनसंगठन सचिव)
०६. दिल प्रतिक्षा पाक्साँवा (स्रोतखोज तथा परिचालन)
०७. वन्दना साँवा (महिला सचिव)
०८. सेसेहाङ चोङबाङ (प्रचार-प्रसार सचिव)
०९. मनकुमार फोम्बो (कला तथा संस्कृति सचिव)
१०. विजय निङलेकू (सदस्य)
११. रोशा फोम्बो (सदस्य)
१२. तुलशा चोङबाङ (सदस्य)
१३. विनिता पाक्साँवा (सदस्य)
१४. पार्वता तेयुङ (सदस्य)
१५. रेनुका तुम्बाहाङफे (सदस्य)
१६. मणिशंकर कुरुम्बाङ (सदस्य)
१७. डम्बर इम्सङ (सदस्य)
१८. इन्द्रकुमार खापुङ (सदस्य)
१९. निर साँवा (सदस्य)
२०. दुर्गा इम्सङ (सदस्य)
२१. निरविन्दु थोक्लेन (सदस्य)
२२. सरिता कन्दङवा (सदस्य)

-DB Angbung, Meyanglung, Phedapthum, Limbuwan, Nepal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?