Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानमा अर्को राँको: संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र नयाँ संविधानकालागि खबरदारी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 20 May 2010 08:25

'अब यी एकात्मकवादी संघीयता विरोधीहरुले अरुण-सप्तकोशीलाई रोक्न सक्लान् तर लिम्बुवानलाई रोक्नसक्ने छैनन् ।'- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अध्यक्ष कुमार लिङदेन 'मिराक'
इटहरी, सुनसरी- 'संघीयता, स्वायत्तता, समावेशी अभियान; दिगो शान्ति, समृद्ध अरुणपूर्व लिम्बुवान' भन्ने नाराका साथ संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, शान्ति र संविधानका लागि खबरदारी स्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदको जनवर्गीय सङ्गठन लिम्बुवान भोल्युण्टियस्र 'एलभी' को आयोजनामा जेठ १ गते लिम्बुवानको इटहरी, सुनसरीमा विशाल लिम्बुवानी खबरदारी आमसभा सम्पन्न भएको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै जनमास जुटेको भनिएको उक्त आमसभा शुरुहुनुअघि हजारौंको जनमासले विभिन्न नाराहरु लगाउँदै चर्को घाममा पनि इटहरी बजार परिक्रमा गरेको थियो । जुलुश सभास्थलमा पुगेपछि अतिथिहरुको आसन ग्रहण गराउँदै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले शहीदहरु माङतोक र मनिलको तस्वीरमा माल्यार्पण गर्दै पानसमा द्वीप प्रज्वलन गरेर आमसभाको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले आमसभालाई सम्बोधन गर्दै भन्नुभयो- 'अब यी एकात्मकवादी संघीयता विरोधीहरुले अरुण-सप्तकोशीलाई रोक्न सक्लान् तर लिम्बुवानलाई रोक्नसक्ने छैनन् ।' अध्यक्ष मिराकले उक्त आमसभा आयोजना गर्नुको मुख्य उद्देश्य भनेको समयमै संविधान जारी होस् भन्ने रहेको बताउनु भयो । हामी कुनै बहानामा पनि संविधान सभा विघटन गर्ने पक्षमा छैनौं । त्यसैगरी 'यो नेपालको नयाँ संविधान बन्ने मौकामा आ-आफ्नो आवाजहरु बुलन्द गरी आफ्ना हक अधिकारहरु सुनिश्चित गर्ने बेलामा अढाइसय वर्षसम्म शोषण, दमन र उत्पीडनमा पारेर बल्ल फुकुवा भई आन्दोलन गर्ने बेलामा जुलुश गर्न नपाइने बन्द हड्ताल गर्न नपाइने रे यहाँ' भन्दै केको शान्ति जुलुश, क्रान्ति गर्ने बेलामा बरु हामी क्रान्ति जलुशमा उत्रन्छौ तर हाम्रो लागि यो शान्ति जुलुशको नाटक गरिहिँड्ने समय होइनु भन्नुभयो ।

त्यसैगरी, वहाँले इटहरीको मुटुबाट यो नालायक सरकारप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्बद्ध परिषदहरुको एक-दुई-तीन समर्थन नरहेको बताउनु भयो । वहाँले थप भन्नु भयो- 'काठमाडौंमा केही मिडिया हाउसहरुले संघीयताको विरुद्धमा अभियान चालेका छन् । संघीयतामा जाँदा देश टुकि्रन्छ रे अझै त्यसै भन्दै छन् । संघीय घोषण भइसक्यो, अझै पनि लिम्बुवानको खोलानाला र पहाडहरु बेचिदैँ छन्, लिम्बुवान स्थापना भएपछि ती सारा लाइसेन्सहरु खारेज गरिनेछ । एकात्मकवादीहरुले किनेर मधेश आन्दोलन र सङ्गठनलाई फुटाए । लिम्बुवानलाई ४ पटक फुटाई सके, षडयन्त्रकारी शत्रूहरुले तर जति फुटायो त्यति नै गुणा यो सङ्गठन बढिरहेको छ । त्यसको अर्थ लिम्बुवानप्रति लिम्बुवानी जनताको कति अगाथ आस्था र समर्पण रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । हामीले भर्खरै दश दलको मोर्चा बन्दी गरेको छौं, संघीयता, लोकतन्त्र, गणतन्त्र र संघीयताको अनि शान्ति र संविधानका लागि । पहिले पञ्चायत कालमा लिम्बू भाषा पढाउँदा वीर नेम्बाङलाई थुनियो । अहिले संघीयता र धर्मनिरपेक्षता हुने भनेर संविधानमै लेखिसकिएको छ, अब सुजाता र गच्छादारहरुलाई संविधान विपरीत कार्य गरेकोले उनीहरुलाई समातेर थुन्ने कि नथुन्ने ? अब अति भो हामी एक इञ्च पनि पछि पर्ने र सम्झौता गर्ने छैनौं, सम्पूर्ण जनता ढुक्क हुनुहोस् र साथ सहयोग गर्नुहोस' भन्नुभयो ।

अतिथि लिङदेनले इटहरीका सम्पूर्ण जनता तथा देश विदेशमा रहेर सहयोग गर्नुहुने शुभेच्छुकहरुलाई धन्यवाद दिदै भन्नुभयो- 'हामी हाम्रो बाटो संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, शान्ति र संविधान अनि लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थारुहट, मगरात, तमुवान, खसान, मैथिललगायत हो, हामी यो बाटोबाट कहिल्यै पछि हट्ने, विचलित हुने छैनौ सदैव अघि बढिरहने छौं ।'

एलभीका केन्द्रीय उपकमाण्डर प्रेम तुम्बाले स्वागत मन्तव्यको क्रममा बोल्दै 'सङगठनले के दिन्छ भन्दा पनि लिम्बुवान भूमिको लागि के दिन सकिन्छ' भन्ने निस्वार्थ भावनाले आन्दोलनमा लाग्न आह्वान गर्नुभयो । 'म भएर मासिने हो कि हामी लिम्बुवान भएर बाँच्ने हो' भन्दै सम्पूर्ण उपस्थितिलाई स्वागत गर्नुभयो ।

नौवटै जिल्लाका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै संघीय लिम्बुवान राज्य परिषद सुनसरी जिल्लाका अध्यक्ष प्रेम खजुमले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद स्थापनाकालदेखि नै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा रहेको जानकारी गराउनु भयो । वहाँले यहाँ बसोबास गर्ने सम्पूर्ण जातजाति तथा भाषाभाषीहरुलाई समेटेर संयुक्त र साझा लिम्बुवान बनाउने संगठनको अभियान रहेको बताउनु भयो । तर एकात्मकवादी अति हिन्दूवादीहरु फेरि पनि नेपाललाई एकात्मक हिन्दूराज्य बनाउने षडयन्त्रमा लागेकोप्रति सचेत गराउँदै लिम्बुवान लिम्बुवानमा बसोबास गर्ने सम्पूर्ण लिम्बुवानवासीको हुने र यसमा गैर लिम्बूहरुको पनि उत्तिकै पहुँच प्रतिनिधित्व र सम्मान हुने बताउनु भयो ।

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जनवर्गीय सङ्ठन संघीय लिम्बुवान बुद्धिजिबी परिषदका केन्द्रीय सदस्य भानु भट्टराईले खबरदारी आमसभालाई सम्बोधन गर्दै भन्नु भयो- 'हामी राष्ट्रको संवेदनशील मोडमा रहेको छौं ।' वहाँले वर्तमान सरकारका केही मन्त्रीहरुले मुलुक अब संघीयतामा जानको लागि जनमत संग्रहमा जानुपर्छ भन्ने गरेको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउनु भयो । यदि पूर्वमा संघीय लिम्बुवान राज्य घोषणा गरिएन भने जनताले सुनामी ल्याएर ती मुट्ठीभर एकात्मकवादीहरुलाई उडाउने चेतावनी दिनुभयो । पूर्वको नौ जिल्लाको लागि संघीय लिम्बुवान राज्य परिषदले आफ्नो संविधान तयार गरेकोले यदि संविधान नबनेमा र लिम्बुवान घोषणा नगरेमा सोही लिम्बुवानले लेखेको संविधान अनुसार चल्ने बताउनु भयो । यो लिम्बुवान सारा बाहुन-क्षेत्री सबैको पार्टी हो र यसले सबैको हक अधिकारको संरक्षण र स्थापना गर्ने बताउनु भयो । यो सरकार हरुवाहरुको भएको, हरुवाहरुले जनताको नेतृत्व र संविधान निर्माण गर्ननसक्ने ठोकुवा गर्नुभयो ।

संघीय धिमाल स्वायत्त परिषदका महासचिव केदार धिमालले 'इटहरीको नाम धिमाल इतिहास र भाषामा आधारित छ भन्दै इटहरी 'इताङही' यानेकी 'यही बस' भन्ने शब्दको अपभ्रंस भएर हाल 'इटहरी' भएको भन्नुभयो । यसर्थ जमिनको इतिहासको आधारमा यो इटहरी मधेश होइन लिम्बुवानअन्तर्गतको धिमाल स्वायत्त क्षेत्रमा पर्नुपर्दछ । हामी राष्ट्रवादको लागि लडिरहेको छौं, त्यो हाम्रो माटो, भाषा, लिपि र सम्पूर्णमा भएको शोषण दमनबाट मुक्तिको लागि हो' धिमालले भन्नु भयो ।

याक्खा स्वायत्त परिषदका केन्द्रीय संयोजक तथा संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य निङ्लाहाङ् याक्खा यो देशमा केही वर्षअघि नेपाली जनताले संयुक्त रुपमा लडेर धर्म सापेक्षता, राजतन्त्र र एकात्मकतालाई बडारेका थियौं तर आज केही एकात्मकवादी तथा हिन्दू अतिवादीहरुले त्यही पुरानो अवस्थामा नेपाललाई फर्काउने षडयन्त्र र दुस्साहस गरिरहेकोप्रति आक्रोस व्यत्त गर्दै सजग गराउनु भयो । अब यसको विरुद्धमा लिम्बुवानबाट जनसागर ओरालेर ती सबै एकात्मकवादी हिन्दू अतिवादीहरुलाई बडार्नुपर्ने बताउनु भयो । यहाँ लिम्बुवान हुनुहुँदैन भनिन्छ, संघीता र धर्मनिरपेक्षता हुनुहुँदैन भनेर कुर्लिरहेको छन् तर अब लिम्बुवान संघीयता र धर्म निरपेक्षता होइन त्यसका विरोधी एकात्मकवादी संघीयता विरोधी र हिन्दू अतिवादीहरु नहुँदाचाहिँ के हुन्छ भनेर प्रतिप्रश्न गर्नुभयो । सङ्खुवासभाको 'सङ्खुवा' र 'सभाया' भन्ने खोलाहरुको नाम नै याक्खा भाषामा बनेकाले ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खवासभाका सम्पूर्ण भूभाग लिम्बुवानअन्तर्गत याक्खा स्वायत्त क्षेत्रमा पर्नुपर्ने बताउनु भयो ।

संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले सभालाई सम्बोधन गर्दै भन्नुयभो- 'हामीले बाराम्बार पटक पटक विभिन्न आन्दोलनहरुमार्फत चिच्याई चिच्याई अरुणपूर्वको सम्पूर्ण भूभाग लिम्बुवान हुनुपर्दछ भनेर माग गरिरहेको छौं ।' तर यहाँ लिम्बुवानका नाममा विभिन्न षडयन्त्रहरु भइरहेका छन् । यदि साँचै लिम्बुवान नदिने षडयन्त्र जारिरहयो भने नानीको क्रोक्रो हल्लाउने र कुटो कोदालो चलाउने हातहरु बन्दुक चलाउन पनि पछि नपर्ने बताउनु भयो । हामी पनि हाम्रो भाषामा बोल्न लेख्न चाहन्छौं । यसको मतलब यो खश भाषालाई चाहिँ मास्नुपर्छ भनेको होइन । धर्मनिरपेक्ष भनेर मुखले बोलिन्छ तर व्यवहार धर्मसापेक्ष राज्यको रुपमा गरिन्छ । यदि म मेरो धर्मलाई स्वीकार्नु पाउँदिन भने, यदि हामी आफ्नो भाषामा पढ्न पाउँदैनौ भने यहाँ अरु धर्म र भाषाहरु पनि नरहन सक्छ । यदि एउटा धर्म भाषा रहन्छ पनि त्यस्तै अरु धर्म र भाषाले पनि त्यतिकै महत्व र सम्मान पाउनु पर्दछ भन्नु भयो । आमसभामा देखिएका हजारौ महिलाहरुको उपस्थितप्रति गौरन्वावित हुँदै महिला मुक्तिको लागि पहिला जातीय मुक्ति र लिम्बुवान मुक्ति तथा भूमिको मुक्ति हुनुपर्ने बताउनु भयो ।

चलचित्र निर्देशक तथा कलाकार महासंघका केन्द्रीय महासचिव दशगजा फिल्मका निर्देशक नवल खड्काले इटहरीको लिम्बुवानी खबरदारी आमसभालाई सम्बोधन गर्दै भन्नुभयो- 'कोही यहाँ जुकाझैं टाँसिने कोही किर्नाझैं ढाडिने अब यो हुनुहुँदैन । लिम्बुवान सुनिश्चित हुनुपर्दछ यसमा हामी चलचित्रकर्मीहरुको साथसहयोग छ । खड्काले थप भने- यहाँ राष्ट्रियताको कुरा उठ्छ । राष्ट्रियताकै सवालमा जल, जङ्गल र जमिनको रक्षाको लागि बनाइएको दशगजा चलचित्रलाई चलाउन दिइएको छैन, सेन्सर गरिएको छ । एउटा चलचित्रसँग डराउने सरकारले के गर्न सक्दछ भन्दै प्रतिप्रश्न गरे । खङ्काले लिम्बुवानको आन्दोलनप्रति समर्थन जनाउँदै यहाँ साँस्कृतिक परिवर्तन हुनुपर्ने बताए ।

आमभालाई सम्बोधन गर्नेक्रम्मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य लोकसागर साम्बाले आज आदिवासी/जनजातिहरुको बौद्धिकतामाथि आक्रमण गरिएको र अब हामीले ती सबै आक्रमणको विरुद्धमा आक्रमण गर्नुपर्ने दिन आएको बताउनु भयो ।

सचिवालय सदस्य विशेन्द चेम्जोङले एकात्मक, हरुवा र विखण्डनकारीहरुले कम्तीमा लिम्बुवान जे मन लाग्यो त्यही गर्न नपाउने चेतावनी दिनुभयो । लिम्बुवान अस्ति स्वतन्त्र र सार्वभौम थियो, हिजोसम्म स्वायत्त र सार्वभौम थियो आज एकात्मकरण गरिएको छ तर भोलि लिम्बुवान पुनः स्वायत्त हुनेछ । सरकारमा बसेर यदि लिम्बुवानप्रति कुठाराघात र षडयन्त्र गरिन्छ भने लिम्बुवानले आफ्नो संविधान तयार गरिसकेको छ, त्यही संविधान जारिगरेर लिम्बुवान साचालन गर्नेसमेत वहाँले बताउनु भयो ।

आमसभामा संघीय लिम्बुवान कलाकार परिषदको तर्फबाट 'अरुणपूर्व मेचीवारि तिम्ले जोतेको खेतबारी सबै सबै माटोको नाम लिम्बुवान…' भन्ने 'जय लिम्बुवान' चलचित्रको गीतमा रोचक नृत्य प्रस्तुत गरिएको थियो । साथै, लिम्बुवान भोलेण्टियस्र दमक नगर कमाण्डको बेजोड खेल प्रस्तुतीसमेत रहेको थियो ।

आमसभा लिम्बुवान भोल्युण्टियस्रका केन्द्रीय कमाण्डर फक्ताङलुङको अध्यक्षतामा भएको थियो भने सो सञ्चालन एलभी कमिसार प्रेमदीपले गरेको थिए।

-DB Angbung Limbu in Sunsari

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?