NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"अब यो लिम्बुवान प्राप्तिको आन्दोलन कसैले रोकेर रोक्नसक्दैन"- कुमार लिङदेन 'मिराक', केन्द्रीय अध्यक्ष, संघीय लिम्बुवान राज्य परिषद PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Friday, 11 December 2009 18:53

विर्तामोड- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने प्रमुख जिम्मेवारी र नेतृत्व पाएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान निर्माण र शान्ति प्रक्रियालाई बाजी राखेर पद र कुर्सीको खेलमा रमिरहेको बेला संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदले झापाको विर्तामोडमा आफ्नो निरन्तर आन्दोलनको कार्यक्रमस्वरुप हजारौं कार्यकर्ता तथा जनताको समुपस्थितिमा विशाल लिम्बुवान आमसभा सम्पन्न गरेको छ ।


 


लिम्बुवानकै प्रमुख आन्दोलकारी राजनीतिक संगठन मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् झापा जिल्ला कार्य समितिको आयोजना र परिषद् केन्द्रको विशेष सहयोगमा सम्पन्न सो आमसभा मंसिर २६ गते झापाको विर्तामोडस्थित अग्रसेन मैदानमा सम्पन्न भएको थियो ।

संविधान सभामार्फत् राज्यको पुनर्संरना गरी स्वायत्त राज्यहरुको निर्धारण गर्ने क्रममा झापा, मोरङ र सुनसरीलाई ऐतिहासिक लिम्बुवान राज्यबाट टुक्राउने षडयन्त्र भइरहेको बेला त्यहाँका स्थानीय जनतालाई लिम्बुवान र लिम्बुवान आन्दोलनबारे सुसूचित गर्न सो आमसभाको आयोजना गरिएको आयोजकले जनाएको छ ।


परिषद् झापा जिल्लाका अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'ले आमसभालाई सम्बोधन गर्दै भन्नुभयो- 'अब यो लिम्बुवान प्राप्तिको आन्दोलन र कसैले रोकेर रोक्नसक्दैन । बरु, हामी आन्दोलनकारी लिम्बुवानवादी संगठनका नेतृत्वहरु दश टुक्रा हुन तयार छौं तर लिम्बुवानलाई टुक्राउने षडयन्त्र हामीलाई कुनै हालतमा पनि स्वीकार्य छैन ।'

त्यसैगरी, संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिवद्धता जनाउँदै लिङदेनले भने- 'हामी हिजो पनि संघीय लोकतान्त्रिक गणतन्त्रवादी थियौं, आज छौं र भोलि पनि हुनेछौं ।' त्यही दिन एनेकपा माओवादीले गरेको लिम्बुवानमा कोचिला गणराज्यको घोषणाप्रति कटाक्ष गर्दै लिङदेनले माओवादीको र्सवसत्तावादी नीति र हेपाहा प्रवृत्तिको खुलेर विरोध गरे । सम्बोधनकै क्रममा जोसुकैले जेसुकै घोषणा गरे र भने पनि आखिरीमा यो झापा, मोरङ र सुनसरी लिम्बुवान नै हो, हुनुपर्छ र हुन्छ भन्ने कुरामा जोड दिए ।


आमसभालाई सम्बोधन गर्ने क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिमले हालै निर्माण गरिएको आदिवासी/जनजाति वृहत मोर्चाको औचित्य र यसको आगामी आन्दोलनबारे लिम्बुवानी जनतालाई जानकारी दिँदै सो आन्दोलनमा सक्रियाताका साथ सहभागी हुन आह्वान गरे । त्यस्तै, संयुक्त लिम्बुवान मोर्चा, नेपालद्वारा भर्खरै घोषित आन्दोनलको कार्यक्रमलाई पनि सफल पार्नुपर्ने कुरामा जोड दिए ।

मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रथम उपाध्यक्ष ज्ञानबहादुर गुरुङले गुरुङ जाति र लिम्बुवानको सम्बन्ध बारे प्रष्ट पार्दै सम्पूर्ण लिम्बुवासी गुरुङलगायतलाई लिम्बुवानको आन्दोलनमा सरिक हुन अनुरोध गरे । त्यसैगरी, परिषदका द्वितीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले यी आजसम्म शासन र सत्तामा हाली मुहाली गर्ने मुख्य दलहरुले जानी जानी शान्ति प्रक्रियालाई भाँड्ने र संविधान निर्माण नगर्ने खेलमा लागेकोप्रति आक्रोस व्यक्त गर्दै त्यसप्रति लिम्बुवानी जनताहरु सजग र सचेत रही आन्दोलनमा आउन अपील गरे ।

परिषदका प्रथम महासचिव र्सूय माखिमले आफूहरुले जतिसुकै शालीन र शान्तिपूर्ण आन्दोलनका साथ सरकारसमक्ष राजनीतिक मागहरु राख्दा पनि सरकारले नसुन्ने र सुनेपनि उल्टो मात्र बुझ्ने भएकोले लिम्बुवानी जनताहरु अझ वृहत्तर रुपमा एक भई सशक्त रुपमा आन्दोलन गर्नुपर्ने खाँचो औल्याउनु भयो ।

परिषदका महिला सचिव शान्ता योङहाङले सभालाई सम्बोधन गर्ने क्रममा सम्पूर्ण लिम्बुवानवासी महिला लिम्बुवानको झण्डामा गोलवद्ध भई आन्दोलनमा नलागी नभएको कुरा निवदेन गर्नुभयो । त्यस्तै, संघीय लिम्बुवान महिला परिषद्का संयोजक निर्मला लिम्बूले महिला एकता र राजनीतिक सहभागितामा जोडदिनुहुदै आगामी मंसिर २९ र ३० गते झापाको दमक लिम्बुवानमा हुनगइरहेको महिला परिषदको सम्मेलनमा सहभागी हुन सम्पूर्णलाई अनुरोध गर्नुभयो ।

आमसभामा संघीय लिम्बुवानमा लेप्चा परिषदबाट डुपछिरिछङ लेप्चा, धिमाल परिषदबाट बाङगाई धिमाल र केदार धिमाल, याक्खा परिषदबाट निङलाहाङ याक्खा र अन्यबाट समुदायबाट नेत्र ढकाल, संगम खनाललगायतले आफ्नो सम्बोधन मन्तव्य राख्दै अरुणपूर्व लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने र त्यसमा आफूहरुको अधिकार सुनिश्चित र सुरक्षित हुने भएको बताउनु भयो ।

विभिन्न झाँकी र नृत्यसमेत प्रस्तुत गरिएको यस ऐतिहासिक आमसभाको उद्घोषण परिषद झापा जिल्लाका सचिव सुवास राइले गरेका थिए ।

-DB Angbung Limbu in Kathmandu


General Secretary of FDNF Khagendra Makhim Addressing the Mass Meeting of Limbuwan. Photos: DB



Lasim Palungwa 2nd G Secretary of Limbuwan

Nirmala Limbu coordinator of Federal Limbuwan Women's Council





Netra Dhakal Central Member of Limbuwan

Surya Makhim First General secretary of Limbuwan. Photos: DB

Comments

avatar dipesh limbu
0
 
 
keep it up limbuwan, we just have to walk one more step. Then no force on the earth could stop our destiny.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Khambe Thegim
0
 
 
Let the world know eatern Nepal is Autonomus limbuwan. No force on the Earth can stop it. We always had/ have/ will have. Limbus never surrender, not surrender, will never do so. Let me know, and rulars of Nepal, LIMBUWAN is free, limbuwan is free from you culprite of killing one-another. Limbuwan will be an exampler state of Nepal soon world will know where is Nepa.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?