NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवान शिक्षक परिषद र युवा मञ्चको राष्ट्रिय भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Saturday, 19 March 2011 10:06

विर्तामोड, झापा- लिम्बुवान शिक्षक परिषद र युवा मञ्चको प्रथम राष्ट्रिय भेला २०६७ फागुन २७ र २८ गते लिम्बुवानको विर्तामोड झापामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।

The Limbuwan National Council President Kumar Lingden 'Mirak' at Limbuwan teachers' converence in Jhapa. Photos: Dinesh Tumbapo


लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन "मिराक" को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा २४० वर्षदेखि एकात्मकवादीहरुले बिगारेको देश र बिगारेको युवा शक्तिलाई संघीयवादीहरुले सही गोरेटोमा ल्याउने प्रयास गरिरहेको कुरा अध्यक्ष लिङ्देनले बताए । साथै, अहिलेको लिम्बुवानको प्रमुख लक्ष्य ऐतिहासिक पृष्ठभूमिको आधामा अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्त गर्नु भएको पनि प्रमुख अतिथिले दर्शाए ।

भेलालाई शुभकामना मन्तव्य दिने अन्य वक्ताहरुमा राष्ट्रिय पार्षद दिलकेशर थापा, महिला महासचिवः अमृता थेबे महिला, अध्यक्षः शान्ता योङहाङ, परिषदका द्वीतीय महासचिव तथा एलभी कमाण्डर फक्ताङलुङ योङहाङ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ रहेका थिए ।

Limbuwan teachers in Jhapa. Photos: Dinesh Tumbapo

भेलामा झापा जिल्ला अध्यक्ष मानबहादुर साँवा, उपाध्यक्षः भक्त मेन्याङ्बो, एलभी उपकमाण्डर राजु राई, दमक नगर अध्यक्षः देउकुमार नेम्बाङ, एलभी उपकमाण्डरः मोहन बेघा र एलभी उपकमाण्डर सुमन नेम्बाङलाई सम्मान पनि गरिएको थियो ।

सो भेलाले भक्ति नेम्बाङको अध्यक्षतामा उपाध्यक्षः राम सुहाङ, उपाध्यक्ष लक्ष्मी तुम्बाहाङ, महासचिव नरेन्द्र केरुङ, महासचिव कमल पौड्याल र सचिवालय सदस्यहरु जय लिङ्देन, देबेन्द्र लिम्बू, नारायण नेम्बाङ, हेमकुमार आङ्ला, खगेन्द्र दहाल, हिमाल श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु एम. बी. लिङ्देन कृष्णप्रसाद रिमाल, सूर्य अधिकारी, दिलु निङ्लेकू, प्रेम राई, देवेन्द्र आङ्बो र श्रीमान चोङ्बाङ रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान शिक्षक परिषद गठन गरेको छ ।

Limbuwan activists honored at Limbuwan teachers' conference. Photos: Dinesh Tumbapo

यसैगरी, सुनिल लिम्बूको अध्यक्षतामा उपाध्यक्ष मानव युवराज लामा, उपाध्यक्ष तुलसी परा, महासचिव आइतराज थोप्रा र सचिवालय सदस्यहरु प्रेमपुत्र लावती, कुमार लिम्बू, शिवकुमार इजम, जसकुमार तामाङ, सुमन लावती, सागर तुम्सा, नारायण लावती, निश्चल लावती, विनोद चोङ्बाङ, तारा लिम्बू, याम लिम्बू, नारायण अर्याल, दिपेश राई, सुरेन्द्र यादव, टेकराज लिम्बू, सन्तमणि राई, चन्द्र माबो जितकुमारी राई, कमल चोङबाङ, अशोक योङहाङ, रहेको संघीय, लिम्बुवान युवा मञ्चसमेत गठन गरेको छ ।

-DB Angbung Limbu in Jhapa

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?