NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानलाई टुक्राउन नदिने प्रतिवद्धता PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Tuesday, 18 January 2011 04:56

लिम्बुवान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभामा जिल्ला कार्य समितिको आयोजनामा सङ्खुवासभाको बाह्रबीसे, सिद्धपोखरी र नुनढाकीमा लिम्बुवानी आम सभा सन्पन्न भएको छ ।



Limbuwan rally in Sangkhuwasabha. Photos: Muksang Labung.

पुस २५ गते सङ्खुवासभाको बाह्रबीसे बजारमा गंगा थोप्राको अध्यक्षतामा, पुस २८ गते सिद्धपोखरी ५ को बत्तासेमा श्याम वनेमको अध्यक्षता र पुस २९ गते नुनढाकी १ को विहीबारे बजारमा देवेन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा उक्त आमसभाहरु सम्पन्न भएका हुन् ।

तीनवटै आमसभाहरुलाई प्रमुख अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सम्बोधन गरेका थिए । सम्बोधनकाक्रममा प्रमुख अतिथि मिराकले स्वायत्त राज्यहरुको निर्माणमा इतिहासनै मुख्य आधार हुने कुरा बताउनु भयो । एकसय वर्षपछि हङकङ र मकाउ इतिहासकै आधारमा मुख्य भूमि चीनसँग समाहित भएको भन्दै यसरी हङकङ र चीनमा समाहित हुनुमा इतिहासकै मुख्य भूमिका भएको बताए । त्यसरी नै सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाको भूमिलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गरिनुपर्ने कुरामा जोड दिँदै सोकालागि सशक्त सङ्घर्षमा उत्रन सङ्खुवासभावासीलाई आह्वान पनि गर्नुभयो । अतिथि मिराकले थपे "यस क्षेत्रमा लिम्बुवानको इतिहास जिउँदो छ । यो इतिहासलाई कायम गर्न सबै लागि परौं । सङ्खुवासभाका सबै भूभागलाई लिम्बुवानमै समाहित गर्न गराउन प्रतिवद्धता जाहेर गरौं ।"


Limbuwan leader Kumar Lingden 'Mirak'. Photos: Muksang Labung.

संविधान सभा राज्य पुनसंरचना समितिले लिम्बुवानको सङ्खुवासभालाई तीनटुक्रामा विभाजित गरेकोमा असमति जनाउँदै र त्यसलाई सच्याउन दवाब दिन सो कार्यक्रमहरु आयोजना गरिएको कुरा मञ्च सम्बद्ध लिम्बुवान सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले बताएका थिए ।

यसैगरी, सोही आमसभाहरुमा सङ्खुवासभाको केही भू-भागलाई टुक्राएर अन्य प्रदेशमा गाभेको विरोधमा परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्यहरु प्रेमदीप थाम्सुहाङ र शान्ता योङहाङ तथा एलभी कमाण्डर मुक्साम लाबुङ र लिम्बुवान युवा मञ्चका सुनिल खेवालेसमेत बोलेका थिए ।


Photos: Muksang Labung.

विभिन्न र्याली नारा जुलुश र साँस्कृतिक कार्यक्रमकासाथ सम्पन्न उक्त लिम्बुवान सङ्खुवासभा मिशनलाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभा जिल्ला कार्य समितिका अध्यक्ष इन्द्रमान लिङ्थेपले नेतृत्व गरेका थिए । योभन्दा पहिले लिम्बुवान मिशन डीएसअन्तर्गत लिम्बुवानी सेनापति काङसोरेले एकात्मक शासक पृथ्वीनारायण शाहका सेनाहरुसँग सङ्घर्ष गर्दा सहादत प्राप्त गरेको ठाउँ सभाया खोला-अरुण नदीको किनारमा श्रद्धाञ्जलि सभा र खाँदबारीमा लिम्बुवानी आमसभा गरिएको थियो । अब अन्य ठाउँमा पनि लिम्बुवानी आम सभाहरु आयोजना गर्दै जानेसमेत परिषद सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले जनाएका छन् ।

-DB Angbung in Kathmandu
Photos: Muksam Labung in Limbuwan

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:



Muksam Labung, LV Cammandar.


Photos: Muksang Labung.


Shanta Yonghang, President of Limbuwan Women's Council addressing the program. Photos: Muksang Labung.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?