NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मोरङको गाउँगाउँमा लिम्बुवान मुक्तिकालागि स्वयमसेवी लडाकुहरु सङ्गठित हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prem Tumbapo   
Friday, 25 March 2011 14:50

टाँढी, मोरङ- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उप-कमान्डर प्रेम तुम्बापोको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको टाँढी गाविस वार्ड नं. ४ ढाँडे गाउँमा प्राइमरी कमाण्ड इञ्चार्ज, प्राइमरी कमान्डर, प्राइमरी सहायक कमान्डरलगायत २१ सदस्यीय एल. भी. प्राइमरी कमाण्ड गठन भएको छ ।

Limbuwan volunteers in Morang. Photo: Prem

उक्त कमाण्ड गठन कार्यक्रमका अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङले संघीयता र भावी लिम्बुवानकासाथै संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नको निमित्त गरिँदै आएको चरणवद्ध शान्तिपपूर्ण आन्दोलनको विषयमा प्रकाश पार्नुभएको थियो ।

नव निर्वाचित प्राइमरी कमाण्ड इञ्चार्ज पूर्ण राइले मन्तव्य जाहेर गर्दै लिम्बुवान मुक्तिकालागि सङ्गठनको विधानसम्मत रहेर लिम्बुवान प्राप्तिकालागि आन्दोलित हुन सम्पूर्ण ढाँडे गाउँवासीलाई सामूहिक नेतृत्वको विकास गर्दै अघि बढ्ने र लिम्बुवानी आन्दोलनलाई अघि बढाउने क्रममा आउँदो वैशाख महिनाको पहिलो हप्तामा एक लिम्बुवानी साँस्कृतिक कार्यक्रम गर्नेसमेत बताउनुभयो।

नव गठित सङ्गठनमा एल. भी. प्राइमरी कमाण्डमा इञ्चार्ज पूर्ण राइ, प्राइमरी कमान्डर किरण राइ, प्राइमरी सहायक कमान्डर जीतबहादुर राइ र एलभीहरू अनिल बी. क., लोकेन्द्र राइ, सन्तोष राइ,  हर्क बी. क., पूर्ण धमला, बलबहादुर बी. क., दीपक सेंचौरी, मिलन बी. क., गमू र्राई, सन्त र्राई,  इशा राइ, लंका राइ,  र बबीन राइ, बिपना धमला रहेका छन् । यसैगरी, दलबहादुर धमलालाई सल्लाहकारमा राखिएको छ ।

-Prem Tumbapo in Morang

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?