NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानी विद्यार्थीहरु प्रशिक्षित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dinesh Tumbapo   
Saturday, 02 April 2011 18:29

दमक, झापा- संघीयता, संघीय शिक्षा प्रणाली तथा आत्मनिर्णयको अधिकार र स्वशाससहितको स्वायत्ततावादी विद्यार्थीहरूको लिम्बुवानस्तरीय सङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य कार्य समितिको आयोजनामा तीनदिने लिम्बुवान माङतोक-मनिल लेक्चर सेरिज २०६७ चैत्र १२, १३, १४ गते दमक झापामा सम्पन्न भयो ।

Limbuwani students. Photo: Dinesh


संघीय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रीय अध्यक्ष जेन्टल लावतीको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन संघीय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रीय सचिव दिनेश तुम्बापोले गरेका थिए ।

लिम्बुवानस्तरीय विद्यार्थीहरूलाई प्रशिक्षणकालागि आयोजित सो शहीद माङतोक-मनिल लेक्चर सेरिजका प्रशिक्षकहरूमा परिषदका महासचिव तथा एलभी केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङले 'लिम्बुवान भोलेण्टियर्स एलभी र लिम्बुवानी विद्यार्थी बीचको सम्बन्ध'; लिम्बुवानका केन्द्रीय अर्थ सचिव नोनाम लिम्बूले 'लिम्बुवान आन्दोलन, आर्थिक सहयोग सङ्कलन र यसको पारदर्शिता'; लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले 'सङ्गठन र अनुशासन'; र प्रमुख प्रशिक्षक अध्यक्ष कुमार लिङदेन 'मिराक'ले ''प्रस्तावित लिम्बुवान राज्यको खाका, संघीय नेपालको प्रस्तावित स्वरुप, संघीय सह-अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, लिम्बुवानी राष्ट्रवाद, संघीय शिक्षाप्रणाली, समानुपातिक एवम् व्यवहारिक शिक्षा, मध्यममार्गीय जीवनदर्शन'' बारे प्रशिक्षण दिएका थिए ।

लिम्बुवानका नौवटै जिल्लाबाट विद्यार्थीको जिल्ला सचिवालयसम्मको पाँच-पाँच जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै, विद्यार्थीहरूको तर्फबाट पनि प्रशिक्षक द्वय कुमार लिङदेन र ज्ञानबहादुर गरुÞङलाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले सेरिजको समापन सत्रमा लिम्बुवानी शहीदहरू माङतोक र मनिलको सपनालाई कहिल्यै मर्न नदिने, लिम्बुवान विश्व विद्यालयक स्थापना गर्न जस्तोसुकै कठिन आन्दोलन पनि गर्ने, स्ववियु चुनाव समानुपातिक आधारमै गराउने, लिम्बुवानभर माङतोक-मनिल लेक्चर सेरिज सञ्चालन गर्ने र लिम्बुवानका सबै शैक्षिक संस्थामा अनुगमन गरी व्यवस्थित पर्ढाई भए नभएको, शिक्षण सामग्री भए नभएको र फूलबारी र शौचालयको व्यवस्था गर्न दवाव र सहायोग गर्नेसमेत सामुहिक प्रतिवद्धता गरिएको थियो ।

-Dinesh Tumbapo in Damak

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?