NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवानको नयाँ नारा- 'भदौदेखि सुरु हुने निर्णायक लिम्बुवानी आन्दोलनको तयारीमा जुटौं' PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung   
Monday, 15 June 2009 00:03
विजयपुर, धरान- लिम्बुवान नेपालमा संघीयता र जातीय स्वायत्तताका लागि विगतदेखि आन्दोलनरत् राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनपछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरान-हरियाली सामुदायिक भवनमा विभिन्न समसामयिक एवम् महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
विस्तारित बैठक उद्घाटन-सत्रको प्रमुख अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष लक्ष्मण थारु, र अथितिहरुमा मञ्चका अध्यक्ष मण्डल सदस्य, भूतपूर्व कार्यकारी अध्यक्ष तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट तामाङ, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष इन्द्रहाङ खम्बू, अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाम्फे र मञ्चका कार्यबाहक महासचिव खगेन्द्र माखिम रहेका थिए ।
विस्तारित बैठकको उद्घाटन सत्रको उद्घाटन प्रमुख अतिथि लक्ष्मण थारुले पानसमा द्वीप प्रज्वलन गरेर गर्नुभएको थिायो । यही उद्घाटन सत्रमा नै मञ्चका भूतपूर्व अध्यक्ष डी. के. बुद्धिष्ट तामाङलाई लिम्बुवानको तर्फाट विदाई तथा धन्यवाद र नव स्थापित अध्यक्ष लक्ष्मण थारुलाई स्वागत तथा बधाई ज्ञापन गर्ने कार्यक्रम समेत सम्पन्न भयो ।
बैठकमा लिम्बुवानका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रगति प्रतिवेदनका साथ प्रस्ताव र सुझावहरु पेश गरेका थिए । त्यसैगरी, जनसंगठनहरु संघीय विद्यार्थी, युनियन लिम्बुवान रज्य समिति; संघीय लिम्बुवान पत्रकार परिषद, संघीय लिम्बुवान महिला परिषद्, लिम्बुवान भोल्युण्टियर्सलगायतको तर्फाट सांगठानिक प्रतिवेदन तथा अवधारणा पत्र पेश गरिएको थियो । साथमा, अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट संघीय लिम्बुवान राज्य परिषद्को समग्रमा सांगठानिक प्रतिवेदन तथा बैठकका लागि प्रस्तावहरु प्रस्तुत गरिएको थियो ।
Limbuwan martyr Mangtok. Photos: DB
संघीय लिम्बुवान महिला परिषद लागि निर्मला लिम्बू र महिला विभागको तर्फाट शान्ता योङहाङद्वारा प्रस्तुत गरिएको प्रतिवेदन तथा अवधारण पत्रलाई विस्तारित बैठकले अत्यन्तै सकारात्मक रुपमा लिँदै सो प्रतिवेदनमा आएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी निम्नानुसारको संघीय लिम्बुवान महिला परिषद् केन्द्रीय संयोजन समितिको गठन गरिएको छ :
१. संयोजकः निर्मला लिम्बू, ताप्लिजोङ
२. सह संयोजकः सुनिता केरुङ, पान्थर
३. सदस्यः सेमिमा लिम्बू, उपत्यका केन्द्रीय
४. सदस्यः सविता पङ्धाक, उपत्यका, केन्द्रीय पार्ष
५. चन्द्रा नेम्बाङ, झापा, के. स.
६. उमा कुरुम्बाङ, मोरङ, जिल्ला सदस्य
७. निर्मला लिम्बू, इलाम, जिल्ला सदस्य
८. सर कुमारी र्राई, धनकुटा, जिल्ला सदस्य
९. उमाकला लिम्बू, संखुवासभा, जिल्ला सदस्य
१०. इन्दिरा मेन्याङ्बो, ताप्लिजोङ, जिल्ला सदस्य
११. गीता र्राई, इलाम, जिल्ला सदस्य
१२. श्रीमती सावित्रा लिम्बू, सुनसरी
१३. सुस्मा लिम्बू, पान्थर, के. पार्ष
त्यसैगरी, पत्रकार परिषदबारे दिल कुमार लावतीद्वारा पेश गरिएको प्रतिवेदन तथा अवधारणा पत्र अनुसार निम्नानुसारको संघीय लिम्बुवान पत्रकार परिषद केन्द्रीय संयोजन समिति समेतलाई पूर्णता दिइएको छ:
१. अध्यक्षः दिलकुमार लावती
२. उपाध्यक्षः गणेश खम्बू
३. सदस्य सचिवः निङ्लाहाङ याक्खा
४. सदस्यः अजित धिमाल
५. सदस्यः देबु गड्सन
६. सदस्यः याम माबुहाङ
७. सदस्यः सुशिल र्राई
८. सदस्यः इन्दिरा मेन्याङ्बो
९. सदस्यः चन्द्रसिङ् नेम्बाङ्
१०. सदस्यः निरज लिबाङ
११. सदस्यः राम लावती
१२. सदस्यः निश्चल चेम्जोङ
१३. सदस्यः मैतु आठपहरिया
१४. सदस्यः मनु याक्थुम्बा
१५. सदस्यः विचारसिङ् लावती
त्यसरी नै, संघीय लिम्बुवान शिक्षक परिषद गठन सम्बन्धमा छलफल गर्दा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको विधान अनुसार निम्नानुसारको संघीय लिम्बुवान शिक्षक परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ :
१. संयोजकः भक्तिप्रसाद नेम्बाङ, पान्थर
२. सह संयोजकः रामप्रसाद सुहाङ, झापा
३. सचिवः नरेन्द्र केरुङ, पान्थर
४. सह सचिवः जय लिङदेन, पान्थर
५. कोषाध्यक्षः सुन्दर लावती, इलाम
६. सदस्यः सुवर्ण घिसिङ, सुनसरी
७. सदस्यः हिमाल श्रेष्ठ, ताप्लिजोङ
८. सदस्यः चन्द्र सङमी, मोरङ
९.सदस्यः देवेन्द्र लिम्बू, संखुवासभा
१०. सदस्यः हेमकुमार आङ्ला, धनुकुटा
११. सदस्यः एम. बी. माखिम, पान्थर
संघीय लिम्बुवान तुम्याहाङ परिषदको गठन सम्बन्धमा छलफल गर्दा परिषदको विधान अनुसार निम्नानुसारको संघीय लिम्बुवान शिक्षक परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ :
१. संयोजकः डी.बी. खुदाङ, ताप्लिजोङ
२. विष्णु यक्सो, ललितपुर
३. लोकेन्द्र तिगेला, धनकुटा
४. पूर्णबहादुर इङनाम, झापा
५. इन्द्रबहादुर थेबे, ताप्लिजोङ
६. लक्ष्मीप्रसाद यक्पाङदेन, पान्थर
७. प्रेम लावती, इलाम पशुपतिनगर
८. रामहर्क र्राई, मोरङ
त्यसैगरी, संघीय लिम्बुवान खेलकुद परिषद केन्द्रीय संयोजन समितिमा संयोजकः यलम्बर खम्बू र सह संयोजकमा सुन्दर लिम्बू; संघीय लिम्बुवान स्वास्थ्यकर्मी परिषद केन्द्रीय संयोजन समितिमा संयोजकः दिलकुमार फोम्बो, सुनसरी; संघीय लिम्बुवान जातीय समन्वय परिषद्को केन्द्रीय संयोजन समितिमा संयोजकः डम्बर राइ केन्द्रीय सदस्य; परिषदका केन्द्रीय सदस्य तेन्धङहाङ मिभकको संयोजकतत्वमा संघीय लिम्बुवान मजदुर परिषद केन्द्रीय संयोजन समितिको गठन गरिएको छ भने संघीय लिम्बुवान उद्योग वाणिज्य परिषदका लागि परिषदका केन्द्रीय सदस्य हरि श्रेष्ठको संयोजकत्वमा संयोजन समिमिको गठन गरिएको छ ।
एल. भी. केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङद्वारा प्रस्तुत गरिएको प्रस्ताव र परिषदको विधान अनुसार निम्न बमोजिमका कमाण्ड र कमाण्डरहरुको गठन गरिएको छ :
एल. भी. केन्द्रीय कमाण्ड
१. केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङ
२. केन्द्रीय सहकमाण्डरः मुक्कुम नेम्बाङ
३.  केन्द्रीय सहकमाण्डरः प्रेमदीप थाम्सुहाङ
केन्द्रीय उपकमाण्डरहरु:
१. मिलन नाल्बो
२. गणेश आङदेम्बे
३. तुम्याहाङ नेम्बाङ
४. मुक्साम लाबुङ
५. जितेन्द धिमाल
६. जर्मन थेबे
७. मणि लिम्बू
८. प्रेम तुम्बापो
साथै, यसै प्रस्तावअर्न्तर्गत् एलभी प्रवत्ता, एलभी कमिसार र स्वायत्त परिषदअर्न्तर्गत् गठन गरिने एल भीहरु बारे र सुरक्षा परिषद बारे स्पष्ट उल्लेख रहने गरी यथासीघ्र यस सम्बन्धी विनियम जारि गर्ने निर्णय गरिएको छ ।
संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय समितिको तर्फाट लिम्बुवानका सबै जिल्लाहरुमा संगठन विस्तार, प्रशिक्षण, अनुशासन, आचारसंहिता र राजनीतिक अनुगमन गर्नका लागि टोलीहरु निर्माण गरी खटाइएको छ ।
यही विस्तारित बैठकबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिम्बुवानको तर्फाट प्रतिधित्व गरिरहेका तर लिम्बुवानको केन्द्रीय समितिमा नरहेका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे, कार्यवाहक महाससचिव खगेन्द्र माखिम र संघीय सदस्य विवश हेल्लोकलाई संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय सदस्यसमेत रहने गरी मञ्चको मञ्चमा प्रतिनिधित्व गराइएको छ । संघीय लिम्बुवान राज्य परिषदमा पुर्‍याउँदै आएको योगदानलाई मध्यनजर गरी परिषदको विधान अनुसार क्याप्टेन शिवकुमार पङगेनहाङ, सविता पङ्धाक, शान्ता राई, दलप्रसाद थाम्सुहाङ, सुकबहादुर थेगिम, ताराहाङ पङधाक, लिचन थेबे र चन्द्रगोपाल चेम्जोङलाई परिषदको राष्ट्रिय पार्ष सदस्यमा मनोनय गरिएको छ ।
मञ्चका सचिवालय सदस्य बुद्धछिरिङ मोक्तानले बैठकमा एक राजनीतिक तथा दार्शनिक अवधारणा पत्र पेश गर्नुभएको थिाये । यसलाई थप बहस र छलफलका लागि लिम्बुवाका ९ वटै जिल्लामा लैजाने निर्णय गरिएको छ ।
आर्थिक पारदर्शिताका लागि विभिन्न निर्णय र आचारसंहिता तय गर्दै यो बैठकभन्दा अगाडि वितरण गरिएका सबै आर्थिक सहयोग रसिदलाई बदर र प्रयोगका लागि निषेध गरी नयाँ वैज्ञानिक व्यवहारिक किसिम्को रसिद वितरण गरिएको छ । साथै, आर्थिक अनुशासनको लागि केन्द्रमा एउटा कालो खाता राखिने र आर्थिक हिनामिना भएको पुष्टि भएमा जुनसुकै स्तरको नेता कार्यकर्ताको नाम चढाइने, उक्त कालो खातामा सूचीकृत व्यक्तिहरुलाई मञ्चसम्वद्ध परिषदको सम्मेलन र अधिवेशनमा उम्मेदवारको लागि अयोग्य ठहरिने निर्णय गरिएको छ ।
परिषदको उपत्यका समिति गठन गर्ने बारे छलफल गर्दा उपत्यकामा ३ वटा जिल्लामा लिम्बुवानवासीहरुको बसोबासलाई मध्यनजर गर्दै उपत्यकास्तरीय संगठन निर्माण गर्ने निर्णय गरिएको छ । र, यसको सांगठाकि हैसियत बारे सचिवालयले निर्णय गर्ने निर्णय गरिएको छ ।
आगामी आन्दोलनको रणनीति बारे छलफल गर्दा 'भदौदेखि सुरु हुने निर्णायक लिम्बुवानी आन्दोलनको तयारीमा जुटौं' भन्ने नाराका साथ तयारीमा जुट्ने निर्णय गरिएको छ । उक्त निर्णायक संघर्षका लागि परिषद आन्तरिक सशक्त तयारीमा रहने सोही अनुसार जिल्ला संगठन र भातृ संगठनलाई पनि सशक्त तयारीमा राख्ने, निर्णायक आन्दोलनका लागि लिम्बुवान स्तरीय लिम्बुवानी मोर्चावन्दीलाई थप व्यापक गर्दै लैजाने, राष्ट्रिय मुक्ति आन्दोलनका लागि नेपालका सबै जातीय, भाषिक संघीयतावादीहरुबीच वृहत् मोर्चावन्दीको तयारीमा जुट्ने निर्णय गरिएको छ ।
मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले सेनापति सम्बन्धी राष्ट्रपतिले लिएको कदम असंवैधानिक कदम हो भन्ने ठहर गरेको छ । यो परिषदले सरकार ढाल्ने र बनाउने अंकगणितीय खेलमा सामेल नहुने प्रष्ट गरेको छ । वर्तमान सरकार नेपालको र्सार्वभौमसत्ता र राष्ट्रिय अस्मितालाई दिउँसै कुल्चँदै विदेशीहरुको इसारामा बनेकोले त्यस्तो सरकारप्रति मञ्चसम्वद्ध परिषदको कुनै  र्समर्थन नहुने निर्णय गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद एवम् लिम्बुवानवासीलाई धोका दिने सभासद राजकुमार लिम्बू (नाल्बो) सभासद पद रिक्त गराउने कानुनी प्रक्रिया सभामुखसमक्ष पेश गरि सकिएकोले  तुरुन्त सो सभासद रिक्त गर भन्ने मागलाई पारित गरिएको छ ।
हाल नेपालको सिमानामा भइरहेको भारतीय अतिक्रमणको मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको कडा विरोध गरेको छ । त्यसको विरुद्ध राज्यलाई तत्कालै साविक सीमा निर्धारण गर्ने पहल कदमी लिन आग्रह गरिएको छ ।
विस्तारित बैठकको अन्तमा, परिषदका सक्रिय सदस्यहरुलाई क्रियाशील सदस्यता वितरण गर्दै परिषदको दोस्रो राष्ट्रिय सम्मेलन प्रस्तुत र पारित राजनीतिक प्रतिवेदको मुद्रित दस्तावेजहरु सबै जिल्ला र गाउँका लागि वितरण गरिएको थियो । साथै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फाट निर्माण गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फाट निर्माण गरी संविधान सभा संवैधानिक समितिमा पेश गरिएको लिम्बुवान स्वायत्त राज्यको संविधानका मुद्रित दस्तावेजहरुसमेत सबै जिल्ला र गाउँकाल नेता कार्यकर्ता तथा र्सवसाधारण सबैका लागि वितरण गरिएको थियो । उक्त निर्णय र दस्तावेजहरु यही जेठ २९ गते दमक झापा लिम्बुवानमा परिषदको तर्फाट एक पत्रकार सम्मेलनको आयोजना गरी र्सार्वजनिक गरिएको छ ।
-DB Angbung in Dharan, Limbuwan

Comments

avatar limbu dipesh
0
 
 
Dear DB,
great job and we support you from buttom of our heart. In USA also, we trying to convience and explain our demand. I personally always appreciate your effort and dedication. For USA, we are doing every thing whatever we can do.
Jay Limbuwan.

dipesh limbu
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?