NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सरकार विघठन नभई दमन गर्ने दुष्प्रयास गरेमा आन्दोलनमा उत्रने- तामाङसालीङ स्वायत्त राज्य परिषद PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Wednesday, 05 May 2010 07:18

काठमाडौं- वर्तमान सरकारको विरुद्धमा एनेकपा माओवादीले सुरु गरेको आमहड्तालको चौथो दिन बितिसक्दा पनि सरकारले कुनै निकास नदिई कानमा तेल हालेर बसेको भन्दै सरकार विघठन नभई दमन गर्ने दुष्प्रयास गरेमा आन्दोलनमा उत्रने चेतावनी तामाङसालीङ स्वायत्त राज्य परिषदले दिएको छ ।

प्रेस विज्ञप्तिमा थप भनिएको छ- ''वर्तमान सरकार निर्माण हुदाँ नै अप्राकृतिक रुपले निर्माण भएको थियो । लोकतन्त्रको उपहास गर्दै दुई ठाउँबाट हारेका व्यक्तिको नेतृत्वमा सरकार बन्नु, कृतिम बहुमत जुटाउन आन्दोलनरत् पार्टीहरुलाई तोडफोड गर्नु, अन्तरिम संविधानमा उल्लेख भइसकेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा सरकारका मन्त्रीहरु नै खुल्लमखुल्ला भाषण गर्दै हिँड्नु, जमिम शाह हत्यामा प्रहरीका उच्च अधीकृतहरु संलग्न रहनु, बर्दियामा तीनजना दलित महिलाहरुलाई सेनाले रहस्यमय तरिकाले हत्या गर्नु एम.आर.पी. छपाई सम्बन्धी राष्ट्रघाती निर्णय गर्नु र आइ.एल.ओ. महासन्धि १६९ को कुनै नियम नबनाउनु यो सरकारको गद्दारीपूर्ण कार्यहरु हुन्, जुन कार्यहरुप्रति तामाङसालीङ स्वायत्त राज्य परिषद पूर्ण असहमत छ ।''

यो सरकार तुरुन्त विघठन गरी नयाँ राष्ट्रिय सरकार बन्नुपर्ने र यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने नैतिकता नभएको भन्दै एनेकपा माओवादीले चलाइरहेको अहिलेको आमहड्ताल र आन्दोलनप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद नैतिक समर्थन जाहेर गरेको छ । तामाङसालीङ स्वायत्त राज्य परिषदः सिन्धुली, दोलखा, रामेछाप, काभ्रे, धादिङ, मकवानपुर, रसुवा, चितवन, नुवाकोट र सिन्धुपाल्चोकसहितको १० वटा जिल्लाहरुलाई तामाङसालीङ स्वायत्त राज्य घोषणा गरिनुपर्दछ भनी संघर्षरत् राजनीतिक शक्ति हो ।

तामाङसालीङ स्वायत्त राज्य परिषदको छाता संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि यो आन्दोलनलाई नैतिक समर्थन दिइसकेकोले सरकार तुरुन्त विघठन नभएमा वा दमन गर्ने दुष्प्रयास गरेमा मञ्चसम्बद्ध लिम्बुवान, खम्बुवानसंगै यस तामाङसालीङ स्वायत्त राज्य परिषद पनि सम्पूर्ण शक्तिका साथ आन्दोलनमा उत्रने जानकारीका साथ सोको चेतावनी दिइएको छ ।
यस्तो चेतावनीसहित प्रेसित विज्ञप्तिमा तामाङसालीङ स्वायत्त राज्य परिषदका कार्यवाहक अध्यक्ष सिङमान ख्युङ्बा तामाङले हस्ताक्षर गरेका छन् ।

-DB Angbung Limbu in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?