NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पृथ्वीनारायण शाहका फौजसँग लडाइँ गर्ने लिम्बुवानी सेनापति काङसोरेप्रति श्रद्धाञ्जलि PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by DB Angbung Limbu   
Saturday, 17 April 2010 01:52

सङ्खुवासभा, लिम्बुवान- संविधान सभाअन्तर्गत् राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तयार गरेको प्रस्तावित राज्यको पुनर्संरचनामा लिम्बुवानको पश्चिमी भूभागहरु धनकुटा र सङ्खुवासभाका केही भूभागहरुलाई टुक्र्याएर अन्य राज्यमा गाभेकोप्रति गम्भीर असहमति जनाउँदै ऐतिहासिक भूमि लिम्बुवानलाई टुक्र्याउन नदिने आन्दोलनस्वरुप तयार गरिएको दुई मिशनमध्ये 'मिशन डीएस'लाई पूरा गर्न एकात्मकवादी पृथ्वीनारायण शाहका फौजसँग लडाइँ गर्ने लिम्बुवानी सेनापति काङ्सोरेले युद्ध गरी सहादत् प्राप्त गरेको ठाउँ सभायाखोला दोभान- अरुणनदीको किनारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६६ चैत्र २६ गते एक श्रद्धाञ्जलि सभा गर्दै कुनै हालतमा पनि लिम्बुवानलाई टुक्र्याउन नदिने प्रतिवद्धता जनाएको छ ।



Paying tribute to Commander Kansorey. Limbuwan leaders and activists promising to establish Limbuwan by touching the water of Arun River. Photos: DB

चैत्र २५ गते धनकुटाको पाख्रीवासमा विशाल लिम्बुवानी आमसभा गरेर २७ गते सङ्खुवासभाको खाँदवारीमा अर्को आमसभा गर्न जानेक्रममा सो श्रद्धाञ्जलिसभा गरिएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष उपाध्यक्ष महासचिव सचिवालय सदस्य केन्द्रीय सदस्य राष्ट्रिय पार्षद सदस्य र विभिन्न जनवर्गीय सङ्गठनका नेतृत्वहरु सम्मिलित रहेको सो सभालाई संघीय मञ्च तथा मञ्च सम्बद्ध परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले सम्बोधन गरेका थिए ।

लिम्बुवानी वीर सेनापति काङसोरेले एकात्मकवादी पृथ्वीनाराण शाहका फौज रघु रानासँग मल्ल युद्ध गरी शत्रूलाई परास्त गरेर पनि आखिरमा षडयन्त्रपूर्वक मारिएका काङ्सोरेको युद्धस्थल सभाया खोला दोभान-अरुणनदीको किनारमा मञ्च र परिषद दुवैको झण्डा गाडेर अरुण नदीको पानी छोई कुनै हालतमा पनि लिम्बुवानको आन्दोलनलाई धोका नदिइकन सफल पारेरै छाड्ने कसम खाँदै एक मिनेट मौनधारण गरेर शहीद काङ्सोरे माङ्तोक र मनिल तामाङलगायत ज्ञातअज्ञात शहीदहरुलाई सम्झिँदै सो श्रद्धाञ्जलिसभालाई अघि बढाइएको थियो ।


Limbuwan Mission DS at the Edge of Sabhaya Arun River to remember and follow the way of Martyr Kangsorey. Photos: DB

लिम्बुवानका महासचिव सूर्य माखिमद्वारा उद्घोषण गरिएको सो सभामा साहित्यकार धनहाङ सुब्बाले 'म काङसोरे' शीर्षकको मार्मिक कविता वाचन गर्नुभएको थियो ।

श्रद्धाजलिसभालाई सम्बोधन गर्नेक्रममा संघीय मञ्च र सम्बद्ध परिषदका अध्यक्ष कुमार लिङदेनले उक्त ठाउँमा पुगेर उभिँदा भावविभोर हुँदै भने- ''सायद यही कतै वीर सेनापति काङसोरेले लिम्बुवानको भूमिलाई बचाउन सत्रूसँग घमासन युद्ध लडेका थिए । त्यतिखेरै काङसोरेले लिम्बुवानको लागि लडेर लिम्बुवानको भूमि, पहिचान र उन्नतिका लागि बाटो देखाएका थिए । तर हामी लिम्बुवानवासी जनताहरु विभिन्न बहानामा आजसम्म टुकि्ररह्यौं । हामी कहिल्यै एक हुन सकेनौं । बल्ल २५० वर्षपछि हामी यहाँसम्म आइपुग्यौं । अब हामीले यो नेपालकै संघीयवादी आन्दोलनलाई थेग्ने र मार्गप्रशस्त गर्ने यो लिम्बुवानी आन्दोलनलाई कुनै हालतमा पनि त्यतिकै सेलाउन दिने छैनौं । हामी हरहालतमा एक थोपा रगत र एक मुठी श्वास बहे रहेसम्म हामी अविचलित भई लिम्बुवानीको पुनस्र्थापना र विकासको महान अभियानमा लागिरहनेछौं ।''



अध्यक्ष लिङदेनले लिम्बुवानको स्थापनापश्चात वीर लिम्बुवानी शहीद सेनापति काङसोरेको स्मृतिमा विभिन्न ऐतिहासिक कार्यहरु गर्ने प्रतिवद्धतासमेत जनाए ।

वि. सं. १८२९/१८३०/३१ ताका लिम्बुवान भूमिमा आक्रमण गर्ने उद्देश्यले पृथ्वीनारायण शाहका फौजहरु अरुण नदी तरे । जब लिम्बुवानका राजनेताहरुले यो थाहा पाए तिनीहरु पनि आफ्नो फौज उठाई सभाया खोला र अरुणनदी तीरमा निर्णायक युद्ध लडे । लिम्बू फौजको सेनापति साङ्वोटरे, तेक्सापरे, काङकारे र काङसोरे थिए । तिनीहरुले आफ्नो प्रतिरक्षा सभाया खोला र अरुणनदी तटमा बनाई आक्रामक पृथ्वीनारायण शाहका फौजविरुद्ध वीरतापूर्वक लडे । लिम्बू धनुर्धारीहरुको प्रत्येक काँडले शत्रूपक्षका आठ वा नौ योद्धा ढल्थे । अब पृथ्वीनारायण शाहका फौजले लिम्बुवान भूमि विजय गर्न सकेन । युद्धमा लिम्बूहरुले शत्रूहरुलाई आफ्नो भूमिबाट पछि लखेटे र थप पृथ्वीनारायण शाहका सेनाहरु बारम्बार आउँदा पनि लिम्बुहरु तीनवर्षसम्म लडिरहे । त्यस अवधिमा लिम्बूहरुले शत्रूलाई आफ्नो भूमिबाट लगभग आठ-नौ दिनको बाटोसम्म पछि अनियमित युद्धद्वारा धपाए । यसरी चैनपुर र दुम्जाबीचको जग्गाहरु उनीहरुको युद्धभूमि भयो ।


Kumar Lingden 'Mirak' (center) expressing condolence to Kangsorey at the banks of Savaya Khola and Arun River. Photos: DB

पृथ्वीनारायण शाहको फौजका सेनापति रघु रानाले लिम्बू फौजको सेनापतिलाई केवल सेनापतिबीचमा मात्र प्रतिस्पर्धा गर्न मिति तोक्नु भने । उनले सम्पूर्ण योद्धाहरुले आफ्नो हतियार घरैमा राखी उनीहरुका दुई सेनापतिको मल्ल युद्धको दर्शकको रुपमा मात्र उपस्थित होऊन् भने । अनि जुन सेनापति त्यो मल्ल युद्धमा विजयी हुन्छ उसले दुवै पक्ष-विपक्ष सेनालाई आदेश गर्नसक्नेछ भने । यदि लिम्बू सेनापतिले जिते पृथ्वीनारायण शाहका सेनापतिको सम्पूर्ण सेना उसको खटनमा हुनेछ । त्यसैगरी यदि पृथ्वीनारायण शाहका सेनापतिले जिते लिम्बू सेनापतिको सम्पूर्ण सेना उसको खटनमा हुनेछ । यो शर्त भएको मल्ल युद्ध दुवैतर्फका सेनापतिले मन्जुर गरे ।

लिम्बू सेनापति काङसोरे युद्धकी देवी 'नाहाङ्मा'ले अचानक प्रेरित गरेको हुनाले 'म उसलाई तुरुन्त टुक्रा-टुक्रा पारेर काट्छु' भनेर करायो तब उसले रातो रङ लगाएको तरवार थुत्यो देब्रे हातले उसको ढाल उठायो र मल्ल युद्धको लागि तयार पारिएको ठाउँमा दगुर्यो । तर पृथ्वीनारायण शाहका सेनापति रघु रानाले विपक्षीलाई धोका दिएर जहाँ मल्ल युद्धको आयोजना गरिएको थियो त्यो ठाउँमा बाटोको माथिल्लोपट्टि एकदिन अगाडि आफ्नो हतियार तथा युद्ध सामग्री लुकाएर राख्न उसको फौजलाई आदेश गर्यो । त्यो षडयन्त्र लिम्बू सेनापतिलाई थाहा भएन ।


Photos: DB

यसरी विसं १८३१ साल वैशाख २५ गते बिहान तदानुसार सन् १७७४ मे महिनाको पहिलो हप्ता चैनपुर बजारको खखिनपट्टि सबै योद्धाहरु उभिए र लिम्बू सेनापति काङसोरे र पृथ्वीनारायण शाहका सेनापति रघु रानाबीच मल्ल युद्ध शुरुभयो, ती सेना पहरा दिएर उभि रहे । ती दुई सेनापति बिहानदेखि अपरान्हसम्म लडे । अपरान्ह हुँदा काङसोरेले रघु रानालाई अन्तिम रुपले यस्तो प्रकारले प्रहार गर्यो कि ऊ मर्यो । तिनीहरुका सेनापतिको पराजय भएको देखेर पृथ्वीनारायण शाहका सेनाले उनीहरुको अघिल्लो दिननै लुकाएर राखेको हतियार निकाले र अचानक काङसोरे र उनको फौजउपर हमला गरे । तथापि लिम्बू पक्षले उनीहरुको शत्रूहरुलाई तम्बर (याम्धाङ्वा/तमोरनदी) नदीतर्फको बाटोमा घेरे र बाटो बन्द गरी तिनीहरु सबैलाई मारे ।

त्यसपछि लिम्बूहरुले ती दुईजना वीरहरुको लासलाई थुतेर निकाले र तिनीहरुलाई गाडे । तिनीहरुले काङसोरे र रघु रानाको लासलाई युद्ध मैदानको तल्तिर र मास्तिर गाडी उनीहरुको सम्मानमा चिहानमाथि ढुङ्गाको स्मृति स्तम्भ उठाए । त्यसपछि लिम्बूहरु आफ्नो गाउँमा फर्के ।
यो समाधिस्थल अहिलेपनि छ भनिन्छ । कतै समाधिस्थलमा बर र पिपलको रुख रोपी चौतारासमेत बनाइयो भन्ने कुरा उल्लेख छ । स्थानीयवासीहरु युद्धस्थलभन्दा केही टाढा रहेको उक्त समाधिस्थललाई नाम्सुवा गन्देपानी भन्दछन् जहाँ चौताराको अवशेष र वरपिपल पनि भएको स्थानीय लोकेन्द्र तिगेला भन्दछन् ।

तत्कालीन पृथ्वीनारायण शाहका फौजले वल्लो किरात, माझ किरात र पल्लो किरात लिम्बुवानलाई कसरी आक्रमण गरे भन्नेबारे औपचारिक रुपमा अध्ययन अध्यापन गरिने विद्यालयका कोर्षहरुमा राखिएको पाइँदैन ।
उपरोक्त पृथ्वीनारायण शाहको फौज र लिम्बुवान सेनाबीचको युद्धको वर्णन किरात इतिहासकार इमानिसंह चेम्जोङद्धारा लिखित पुस्तक 'किरातकालीन विजयपुरको इतिहास', 'किरात इतिहास र संस्कृति' तथा शिवकुमार श्रेष्ठद्वारा लिखित पुस्तक 'लिम्बुवानको ऐतिहासिक अध्ययन' आदिमा सविस्तार वर्णन गरेको पाइन्छ ।

वीर योद्धा लिम्बुवानी सेनापति काङसोरेप्रति हार्दिक श्रद्धाञ्जलि !

-DB Angbung Limbu in Sankhuwasabha

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?