NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयता र लिम्बुवानसम्बन्धी संघीय लिम्बुवान महिला परिषदद्वारा प्रशिक्षाण कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Saturday, 19 March 2011 11:19

दमक, झापा- 'संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको आन्दोलनमा लिम्बुवानी महिलाहरुको भूमिका' विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम २०६७ फागुन २७ गते लिम्बुवानको केन्द्रीय सम्पर्क कार्यालय दमक, झापामा सम्पन्न भयो ।

Workshop on Limbuwan & federalism in Jhapa. Photo: Chandra Nembang.


लिम्बुवानका सबै भातृ सङ्गठहरुलाई प्रशिक्षित गराई सशक्त बनाउने अभियानअन्तर्गत मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषदअन्तर्गत संघीय लिम्बुवान महिला परिषदको आयोजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र महिला परिषदका महासचिव अमृत थेबेको प्रशिक्षकत्व र महिला परिषदका केन्द्रीय सदस्य सावित्रा लिम्बूको अध्यक्षतमा सम्पन्न भएको हो ।

प्रशिक्षणमा प्रमुख प्रशिक्षक कुमार लिङ्देन "मिराक"ले नेपालको संघीयतावादी आन्दोलनमा लिम्बुवान र यसको भूमिका लिम्बुवानको आन्दोलनमा महिलाहरुको भूमिका र अब गर्नुपर्ने योगदान आदिबारे प्रशिक्षण दिएका थिए ।

संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङको उद्घोषणमा सञ्चालित यस कार्यक्रममा अर्का प्रशिक्षक महिला परिषदका महासचिव अमृता थेबेले लिम्बुवानी महिलाहरुमाथि एकात्मक कानुनले पुर्याइरहेको बाधाहरु र यसकालागि लिम्बुवानी महिलाहरुले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रमको समापन गर्ने बेलामा समापन मन्तव्य दिँदै प्रमुख प्रशिक्षक कुमार लिङ्देनले संघीयता भएर लिम्बुवान भएपछि काठमाडौले खोसेको हाम्रो अधिकारहरु हामीले पुनः खोसी लिम्बुवानमा ल्याउन सक्ने र यसरी लिम्बुवानमा अधिकार प्राप्त भइसकेपछि महिलाहरुले सङ्घर्ष नै गर्नु परेमा पनि पहुँच पुग्ने बताउँदै यसकारण संघीयता र अरुणपूर्व लिम्बुवान आजको अपरिहार्यता भएको सम्झाए ।

अन्तमा, प्रमुख प्रशिक्षक लिङ्देनले महिला परिषदको सक्रियतामा कम्तीमा दश हजार जना मातृ पार्टीका क्रियाशील सदस्य सङ्ख्या बनाउन आग्रह गर्दै जति धेरै क्रियाशील सदस्य हुन्छन् र महिला नेतृत्वहरुलाई जति धेरै जिताउन सक्षम हुन्छन् त्यतिनै महिलाहरुको राजनीतिक हैसियत पनि बढ्ने बताउनु भयो ।

-DB Angbung Limbu in Jhapa

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?