NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका आठ जनालाई नइ पुरस्कार प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Friday, 29 April 2011 12:27

बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, चित्रकार शसी शाह, प्रोफेसर माइकल हट, साहित्यकार कृष्ण प्रकाश श्रेष्ठलगायत सम्मानित
काठमाडौं- सुप्रसिद्ध राजनीतिज्ञ खनूपरुदे 'रामबाबू' प्रसाई, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला र संस्कृतिविद् सत्यमोहन जोशीले सयुक्तरुपमा राजधानीमा नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका आठ जना महानुभावहरूलाई २०६८ सालका नइ पुरस्कार प्रदान गर्नु भयो ।

The 10 honorees from Nepal and abroad at Nai Prakashan reception in Kathmandu. Photo coutesy: Narendraraj

उहाँहरुले तीन लाख रूपियाँ राशिको नइ देरुख अन्तर्राष्ट्रिय पुरस्कार बेलायतका प्रा.डा. माइकल हटलाई प्रदान गर्नु भयो । उहाँलाई सो पुरस्कार साहित्य र शिक्षासेवामा समर्पित भएबापत प्रदान गरिएको हो ।

Prof. Michael Hut receiving an honor from Satyamohan Joshi. Photo coutesy: Narendraraj

यसैगरी, दुई लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार रुसका कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली वाङ्मयको श्रीवृद्धिकालागि निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान गरेबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, चित्रकार शशी शाहलाई एक लाख रुपिया राशिको 'नइ खरा सुकीर्ति पुरस्कार' प्रदान गरिएको छ । उहाँलाई चित्रकलाका क्षेत्रमा समर्पित हुँदै अन्तर्राष्ट्रिय स्तरको चित्रकला सृजनागरी चित्रकलाका क्षेत्रमा नेपालको गौरव बढाउनमा महत्त्वपूर्ण योगदानका निम्ति सो पुरस्कार' प्रदान गरिएको हो ।

त्यसैगरी, नेपाली संस्कृतिलाई भेषभाषा तथा अभिनयका माध्यमबाट जीवन्त राख्न विशिष्ट योगदानका निम्ति चरित्र अभिनेत्री वसुन्धरा भुसाललाई पचास हजार रूपियाँ राशिको 'नइ खरा प्रदीप्ति पुरस्कार' प्रदान गरिएको छ ।

नेत्रविहीन भएर पनि नेपालको सामाजिक जागरणमा समर्पित हुँदै अपाङगहरुको हित, मर्यादा र अधिकारकालागि रातोदिन समर्पित भएवापत वीरेन्द्रराज पोखरेल तथा नरबहादुर लिम्बुलाई संयुक्त रुपमा पचास हजार रूपियाँ राशिको 'नइ खरा सुरभि पुरस्कार' प्रदान गरिएको छ । यो पुरस्कार नेत्रहीन तथा अपाङ्ग प्रतिभाहरुलाई मात्र प्रदान गरिन्छ ।

शिक्षासेवामा मन, वचन र कर्मले समर्पित हुँदै जनस्तरमा शिक्षाको जागरण ल्याउनकासाथै निम्न आर्थिकस्रोत भएका समूदायलाईसमेत शिक्षाको ज्योति प्रदान गर्न जागरुक भएवापत उत्तम सञ्जेललाई पच्चीस हजार रुपिया राशिको 'नइ खरा गौरव पुरस्कार' प्रदान गरिएको छ ।

यसैगरी, पन्ध्र हजार रुपियाँ राशिको 'नइ खरा पौरख पुरस्कार' नृत्य र पढाइकी प्रखर प्रतिभा अनुजा अग्रवाललाई प्रदान गरिएको छ ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले ल्युदमिला अलेक्सान्द्रोभ्ना आगानिनाद्वारा रुसी भाषामा लिखित तथा  कृष्णप्रकाश श्रेष्ठद्वारा नेपाली भाषामा अनूदित 'नेपालका महाकविको कथा’ नामक ग्रन्थको लोकार्पण गर्नु भयो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृत व्यक्तिहरु तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व मन्त्री तथा स्रष्टा डा. मोदनाथ प्रश्रित, संस्कृतिविद् सत्यमोहन जोशी, त्रिवि नेपाली विभागीय प्रमुख प्रा.राजेन्द्र सुवेदी, महाराजगन्ज मेडिकल कलेजका प्रमुख तथा तथा नइ प्रकाशनका उपाध्यक्ष प्रा. डा. रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्बोधन गर्नुभएको थियो ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?