Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

१०० जना नेपाली स्रष्टाहरुलाई महाकवि देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Narendraraj Prasai   
Thursday, 24 September 2009 03:02
काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले नेपाली भाषा साहित्यका १०० जना स्रष्टालाई महाकवि देवकोटा शताब्दी सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

२००० सालसम्म जन्मेका स्रष्टालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । आगामी चैतमा हुने अन्तर्राट्रिय नेपाली साहित्य सम्मेलनमा सो सम्मान प्रदान गरिने भएको छ । त्यस अवसरमा नेपाल बाहिरका ३५ जना स्रष्टालाई पनि महाकवि देवकोटा शताब्दी सम्मानले पुरस्कृत गरिने भएको छ । नेपाल बाहिरका स्रष्टालाई उमेरको सीमा तोकिएको छैन ।

महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रितिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो । सत्यमोहन जोशीको संयोजकत्वमा देवकोटा शताब्दी अन्तराष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको गठनसमेत भैसकेको छ ।

महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुनेहरूमा आर.डी.प्रभास चटौत, उपेन्द्र श्रेष्ठ, डा.ओमवीरसिंह वस्नेत, कञ्चन पुडासैनी, कमल दीक्षित, कुन्दन शर्मा, कालीप्रसाद रिजाल, केवलपुरे किसान, प्रा.डा.केशवप्रसाद उपाध्याय, कृष्ण जोशी, कृष्णप्रसाद पराजुली, कृष्णचन्द्रसिंह प्रधान, कृष्णभक्त श्रेष्ठ, खेमराज केशवशरण, गणेशबहादुर प्रसाई, गोपीकृष्ण शर्मा, गोविन्द भट्ट, गोविन्दबहादुर मल्ल 'गोठाले', गीताकेशरी, घनश्याम राजकणिर्कार, चन्द्रकला नेवार,
 
डा.चेतबहादुर कुँवर, प्रा.डा.चूडामणि बन्धु, चेतन कार्की, जगन्नाथ त्रिपाठी, प्रा. ठाकुर पराजुली, डायमनशमशेर राणा, प्रा.डा.तारानाथ शर्मा, तुलसी दिवस, तेजेश्वरबाबु ग्वङ्ग, प्रा.डा.दयाराम श्रेष्ठ, द्वारिका श्रेष्ठ, प्रा.डा.दुर्गाप्रसाद भण्डारी, दुर्गालाल श्रेष्ठ, देवकुमारी थापा, देवीप्रसाद वनवासी, देवी शर्मा, देवीचन्द्र श्रेष्ठ, जनकविकेशरी धर्मराज थापा, डा. ध्रुवचन्द्र गौतम, नगेन्द्र शर्मा, नित्यराज पाण्डे,
 
परशु प्रधान, पीताम्बरा पीयुष, पीटर जे.कार्थक, पुष्कर लोहनी, पुण्यरश्मि, पूर्णप्रकाश नेपाल यात्री, प्रकाश ए.राज, प्रेमविनोद नन्दन, फणीन्द्रराज खेताला, प्रा.बालकृष्ण पोखरेल, बुलु शर्मा, बैरागी काइँला, भानुभक्त पोखरेल, भीम विराग, प्रा.डा.भीष्मराज प्रसाई, भैरवनाथ रिमाल कदम, मनुजबाबु मिश्र, मनु ब्राजाकी, मदनमणि दीक्षित, मदन रेग्मी, डा.महेश्वर शर्मा, राष्ट्रकवि माधव घिमिरे, माधवलाल कर्माचार्य, माधव भँडारी, प्रा.मुकुन्दशरण उपाध्याय, प्रा.डा. मुरारीप्रसाद रेग्मी, प्रा.डा.मोहनहिमांशु थापा, प्रा.मोहनराज शर्मा, यादव खरेल, रत्नशमशेर थापा, रमा शर्मा, रमेश खकुरेल, रामचन्द्र भट्टराई, रामशरण दर्नाल, राधिका राय, रेवती राजभण्डारी,
 
डा.राममान तृषित, डा. रामदयाल राकेश, लक्ष्मण लोहनी, वसन्तकुमार शर्म्मा नेपाल, प्रा.डा.वासुदेव त्रिपाठी, विश्वम्भर चञ्चल, शरदकुमार भट्टराई, प्रा.शिवगोपाल रिसाल, शिव रेग्मी, पं.श्यामदास वैष्णव, श्रीकृष्ण गौतम, श्रीधर खनाल, श्रीहरि रूपाखेती, सत्यमोहन जोशी, सावित्री पोखरेल, सुन्दरप्रसाद शाह दुःखी, हंसपुरे सुवेदी, हर्षनाथ भट्टराई, हरिभक्त न्यौपाने, हरि श्रेष्ठ, हिरण्य भोजपुरे र हेम हमाल हुनुहुन्छ ।

-नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव 

-Narendraraj Prasai in Kathmandu
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?