Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
वासिङ्गटन डिसिमा अनेसासद्वारा १९७ औं भानु जयन्ती तथा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Gita Khatri   
Wednesday, 21 July 2010 10:55

वासिङ्गटन डिसि- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा गत जुलाई १८ मा अनेसास डिसी च्याप्टरको सहयोगमा उडबि्रज भर्जिनियाको रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९७ औं भानु जयन्ती तथा अनेसास केन्द्रको उन्नाइसौं साधारण सभा सम्पन्न गर्‍यो।



Newly elected President of INLS Gyanendra Gadal taking oath of his post. Photo courtesy: Gita Khatri

अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा. शंकर शर्माले व्यानर अनावरण गरेर सभाको उद्घाटन गर्नुभयो । राजदूत शर्माबाट आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्नुभयो ।

पहिलो सत्रमा अनेसास केन्द्रका भूपू अध्यक्ष तथा अमेरिका नेपाल सोसाइटीका अध्यक्ष खॆम भट्टचनले स्वागत भाषण गर्नुभएको थियो । अनेसास निर्वाचन आयोगका अध्यक्ष डा. श्याम कार्कीले अनेसास केन्द्रका २०१० देखि २०१२ सम्मकालागि नव निर्वाचित पदाधिकारीको घोषणा गर्दै अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव श्रीमती गीता खत्रीलाई शपथ ग्रहण गराउनुभयो ।


Newly elected General Secretary Gita Khatri taking oath of her post. Photo courtesy: Gita Khatri

कथाकार विश्वम्भर चन्चल विशेष अतिथि भएको सो सभाको सभापतित्व अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदालले गर्नुभएको थियो ।

पहिलो चरणमा नेपाली महामहिम राजदूत शर्मा र उपनियोग प्रमुख कालिप्रसाद पोखरेल, अनेसास महासचिव श्रीमती गीता खत्री, डा. श्याम कार्कीले अनेसासको विश्वव्यापी आकर्षण बढेको चासोको उल्लेख गर्दै यसको उत्थानको वारेमा बोल्नुभएको थियो ।

विशेष अतिथि  विश्वम्भर चन्चलले अनेसासबाट प्रकाशित 'प्रथम अन्तर्राष्टिय नेपाली साहित्य सम्मेलन न्युयोर्क अमेरिका' स्मारिकाको विमोचन गर्नुभयो । विमोचित पुस्तकबारे होमनाथ सुवेदीले टिप्पणी गर्नुभएको थियो ।

क्रृष्ण बजगाईबाट प्राप्त पुरानो कार्यकारी समितिको कार्य प्रगति र मूल्याङ्कन विवरण सन्देशको रुपमा कार्यक्रमका सन्चालक तथा विओटीका उपाध्यक्ष भीम रेग्मीले प्रस्तुत गरिदिनुभएको थियो ।

नयाँ महासचिव गीता खत्रीले पक्ष विपक्षको भेद नराखी सम्पूर्ण नेपाली डायास्पोरालाई समेटेर हामीले काम गर्नेछौं भन्नुभयो ।

सभाध्यक्ष ज्ञानेन्द्र गदालले अनेसासमा काम गर्ने मौका दिनुभएकोमा धन्यवाद ज्ञापन र आगामी कार्यक्रम कासको बैठक गरी सबैको अगाडि ल्याउने र उहाँको तर्फबाट सबैकोलागि काम गर्ने वचन दिदै सभा विसर्जन गर्नुभएको थियो ।

अनेसासका नयाँ कार्यकारी पदाधिकारी यस प्रकार रहेका छन्ः अध्यक्ष ज्ञानेन्द्र गदाल- कोलोराडो; वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाइ- बेल्जियम; क्षेत्रीय उपाध्यक्ष अनन्त रिसाल- अमेरिका; क्षेत्रीय उपाध्यक्ष- युरोप जया राई; क्षेत्रीय उपाध्यक्ष पुनम क्षेत्री- एशिया; क्षेत्रीय उपाध्यक्ष रन्जना उदास- अफ्रिका र ओसेनिया; महासचिव गीता खत्री- न्युयोर्क; सचिव हरि मानन्धर- इजराइल र कोषाध्यक्ष कृसु क्षेत्री- म्यान्मार ।

दोश्रो चरणको सभापतित्व अनेसास केन्द्रका अध्यक्ष ज्ञानेन्द्र गदालले गर्नु भएको थियो । अनेसासको यो साधारण सभामा बिओटीका कोषाध्यक्ष तथा काकास ट्रेजरी कमिटीका सदस्य बासु सत्यालले अनेसासको आर्थिक विवरण प्रस्तुत गर्दै भन्नुभयो - 'जुलाई १७, २०१० को रेकर्डअनुसार अक्षयकोषको खातातिर सन्ट्रस्ट  बैंक (Sun Trust) को सीडीमा १०,१७१.८१ डलर र चेकिङ्गमा ५००.०० डलर छ भने भाकोविया (Wachovia) बैंकको सिडीमा २५,७२१.३७, चेकिङ्गमा २,८५४.९९ डलर छ । पेपलतिरको पैसा जम्मा हुने खाता जुन तत्कालको काकासको निमित्त रहेको छ । त्यो भाकोवियाकै (Wachovia) चल्ती खातामा ६,९४४.४१ डलर छ । 'अन्तर्द्रिस्टी' को हिसाब प्रधान सम्पादक प्रकाश माइलासित नै छ र काकासका कोषाध्यक्ष कमला प्रसाईको सिटी बैंकको आयव्यय हिसाब उहाँसंग नै छ । आय व्ययको सम्पृ्र्ण बिबरण अन्तर्द्रिस्टीको आगामी अंकमा प्रकाशित हुनेछ ।'

ग्लोबल नेटवर्क कोअर्डिनेटर पुरुषोत्तम सुवेदीले भन्नुभयो- 'काकासको अनुरोधमा मैले यो वेभको काम गर्दै आउन परेको हो । अब क्षेत्रीय उपाध्यक्ष पनि थप भइसकेको अवस्थामा मेरो आवश्यकता पनि नरहला र आशा गर्छु उहाँहरुले यसलाई सुचारु रुपले संचालन गर्नुहुनेछ ।'

अनेसासका ट्रस्टी बोर्डका सभापति होमनाथ सुवेदीले अनेसासको उन्नाइसौं साधारण सभाको अन्तमा पुरस्कार प्रायोजकहरु, निर्वाचन समिति र पर्यवेक्षण समितिका सदस्यहरु, कास र अन्य पदाधिकारीहरु, अनेसासको रातोदिन लगाएर काम गर्ने सबैलाई धन्यवाद दिदै भन्नुभयो- 'मेरा वा मेरा सहकर्मी सबैका काममा त्रुटी भएका भए त्यस्ता भुलचुकहरुमा क्षमा चाहन्छु र भन्छु अनेसासलाई नै बलियो बनाउन लागिपरेका कोही पनि हारेका छैनौं । अब सबै मिलेर अगाडि बढ्नुपर्छ । नेपाली डायास्पोराको भाषा र साहित्यको विकासको निरन्तरता नै हाम्रो जीत हो ।'

उक्त अवसरमा 'मुरारीप्रसाद शर्मा सापकोटा वयस्क कविता प्रतियोगिता' भएको थियो । त्यसमा रमेश खकुरेल, विश्वम्भर चन्चल तथा नेपाली दूतावासका प्रथम सचिव आनन्द शर्माको आतिथ्यमा अप्रतियोगी कविता वाचन पनि गरिएका थिए । अनेसासका ट्रस्टी रोहिणी शर्मा (अरिजुना) को प्रायोजनमा भएको यो कविता प्रतियोगितामा जितेर प्रथम हुने 'साक्षी' कविताकोलागि नारायण श्रेष्ठ, द्वितीय हुने 'नेता भए के भयो' कविताकोलागि दुर्गा रिजाल, तृतीय हुने 'समुद्रको लहरहरु' मन्जु निरौला र चतुर्थ स्थान प्राप्त गर्ने 'प्यारो मेरो जन्म गाउँ' कविताकोलागि मनमती मन्जुलॆ क्रमशः १००, ७५, ५०, २५ डलर नगद पुरस्कार जित्नुभयो । यसका निर्णाक विश्वम्भर चन्चल, शरद निरौला, तीर्थ पाण्डे हुनुहुन्थ्यो ।

त्यस्तै, वालकविता प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता शहीद दशरथचन्दको स्मृतिमा कवि तीर्थ पाण्डेले प्रायोजन गर्नु भएको थियो । यसमा प्रथम मदन बस्ताकोटी, द्वितीय आयाम शर्मा, तृतीय कृति ज्ञवाली र चतुर्थ स्थान प्राप्त गर्ने पि्रया सुवेदीले क्रमशः ४०, २५, २०, १५ डलर नगद पुरस्कार र शात्वना पुरस्कार आकाश सुवेदी स्मारिका शर्मा र आलोक सुवेदी तीन जनालाई प्रतिव्यक्ति ८, ८ डलर प्रदान गरियो । यसका निर्णाक गोपाल रेग्मी, गीता खत्री, विमला निरौला हुनुहुन्थ्यो ।

सो अवसरमा १० वर्षकी प्रिय सुवेदीले लेखेको पुस्तक SUPER GAL कोलागि र १४ वर्षकी कृति ज्ञवालीको पुस्तक Poems From My Heart को लागि सम्मानित गरिएको थियो ।

दोश्रो सत्रको सन्चालन भीमप्रसाद रेग्मी, बासु श्रेष्ठ र नारायण अधिकारीबाट भएको थियो ।

वनभोज र भलिवल खेलले युवा, वाल र वृद्धमा पनि यौटा रौनक थपेको थियो ।

गीता खत्री

महासचिव
केन्द्रिय कार्य समिित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama