NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Dr. Shashi Sigdel: 2nd Anniversary Poetry: देश आज पनि बन्द छ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dr. Shashi Sigdel   
Sunday, 06 December 2009 06:55

सारा शहरभरी ठस् ठस् गन्हाउने नमीठो गन्ध छ
सवारी ठप्प, गर्मी हप्प, प्रगति जहाँ मन्द छ ।
तैपनि मतलव छैन कसैलाई यहाँ
सतीले सरापेको देश आज पनि बन्द छ ।

प्रसव पीडाले गरिवीको यो रातभरी कन्दछ
आफ्नै दुनो सोझ्याउने सुरुङ्ग त्यो नेता खन्दछ ।
राजनीति चाँही गजवले मौलाएको छ
मतीले सरापेको देश आज पनि बन्द छ ।

खाने खाना छैन, लाउने नाना छैन, त्यसैले रातमा धन्दा छ
सोझा र लाटाको घाँटीमा मात्र कानुनको फन्दा छ ।
तैपनि भाषणमा गाली र ताली चलेकै छ
खतीले सरापेको देश आज पनि बन्द छ ।

स्वर्ग हुन्छ देश केही बर्षमै एउटा बहुलठ्ठी भन्दछ
जीन्दगीले नै हराइदिएको मान्छे आँफूलाई महामानवमा गन्दछ ।
वनले बाउलाई वोलाउँदा कुपात्रहरु लिमोजिनमा मौलाउँछन्
गति फालेको अनौठो देश आज पनि बन्द छ ।

अस्थिरता अनि आश्वासनको कति मिलेको छन्द छ
शिक्षा छैन, स्वास्थ्य छैन 'सर्वोच्चता'को आडमा द्वन्द् छ ।
सबै कान चिरेका जोगी जस्ता
जति टाले पनि उध्रने देश आज पनि सकुशल बन्द छ ।

देश टुक्र्याउने बाजा घन्किरहेछ, गाउँ गाउँ रन्किरहेछ
बस्ती बस्ती अव सन्किरहेछ, कलमको मसी दन्किरहेछ ।
आफ्नै मरणलाई धिक्कार्छन् शहिदहरु
किनकि देश आज पनि हल्लैहल्लामा बन्द छ ।

कमाइ ठप्प, महङ्गी हप्प, विकास यहाँ मन्द छ
जनताको नाममा राजनीति गर्नेहरु …॥
तिमीहरुको खोपडी के साँच्चै अझ पनि बन्द छ ?
जनताको नाममा राजनीति गर्नेहरु …॥
तिमीहरुको खोपडी के साँच्चै अझ पनि बन्द छ ??

-Dr. Shashi Sigdel in Jersey City, NJ


Dr. Shashi Sigdel. Photo: Lab K. Budhamagar

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read related news:

युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न

"तिमी माग मात्र मसंग मन मात्र हैन
माया र मुटु पनि दिन्छु संगै
नरोज्नु रोजेपछि तिमीलाई
बोल मात्र धरोधर्म
ज्यु ज्यानै दिन्छु तिमीलाई..."

Special photo feature (73 photos) न्यू योर्क- बाहिर चिसो जाडो, भित्र मायाको न्यानो बान्की! हिजो साँझ मायाको यस्तै समर्पण देखियो। प्रसंग, विश्वको राजधानी भनेर चिनिने न्यू योर्क शहरबाट बिगत दुई बर्षदेखी सन्चालित USNepalOnline ले आफ्नो दुई बर्ष पुरा गरेको अबसरमा आयोजित कार्यक्रमको हो।


The guests and members of US Nepal Media Center at the 2nd Anniversary of USNepalOnline.com in New York on December 6, 2009. Photo: eEyeCam.com. ठुला फोटोहरु हेर्न यो लिङ्कमा जानुहोस्: View large photos

उक्त कार्यक्रममा नेपालकि सुप्रसिद्ध अभिनेत्री बसुन्धारा भुसाललाई बिशेष सम्मानित अतिथी (Guest of Honour) को रुपमा निम्त्याइएको थियो। उहाँ आफ्नो श्रीमान चेतनारायण भुसालसंग उपस्थित हुनु भएको थियो।

कार्यक्रममा न्यू योर्कमा कृयाशिल ३० भन्दा बेशी नेपाली संघ संस्थाका अगुवा र प्रतिनिधिहरुले आ-आफ्नो शुभ-कामना मन्त्बयद्वारा  USNepalOnline.com ले सामुदायीक प्रकारिता (Community Journalism) मार्फत पुर्याएको योगदानको मुक्त कन्ठले प्रसंसा गरे। Read more

Read our related news:

-दुई पाते सुइरो, दुई हात तिम्रो...
युएस नेपाल अनलाइन प्रकाशनको दोश्रो बर्ष पुरा, चुनौती, सम्भाबना र उज्यालो भबिश्यको आशा

Read our last year's 1st Anniversary celebration news:

-न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे (46 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?