Inside

All Time Top 75 News

४ साहित्यिक पत्रकारहरूलाई देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Monday, 05 October 2009 14:29
काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले २००० सालसम्म जन्मेका चारजना साहित्यिक पत्रकारहरूलाई महाकवि देवकोटा शताब्दी सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि निरन्तर साहित्यिक पत्रकारितामा नै आबद्ध भई नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण सेवा गर्ने साहित्यिक पत्रकारलाई सो सम्मान प्रदान गरिने भएको हो ।

महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुने साहित्यिक पत्रकारहरूमा रचनाका सम्पादक रोचक घिमिर, रत्नश्रीका संस्थापक सम्पादक मदनदेव भट्टराई, अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा र जुहीका सम्पादक चूडामणि रेग्मी हुनुहुन्छ ।

महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव 

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Find Us at Facebook